
पोखरा : चीनमा ह्यसमन मृटाप्युमो भाइरस (एचएमपीभी) नामक नयाँ संक्रमण फैलिएको छ । एचएमपीभी भाइरस फैलिएपछि कोरोना जस्तै भयानक त हुने होइन भन्ने प्रश्न उठ्न थालेको छ । चिनियाँ अस्पतालमा बिरामी भरिभराउ भएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । यसले कोरोना जस्तै भयानक त हुँदैन भन्ने चिन्ता बढाएको छ ।
भारतमा पनि यस संक्रमण देखिएपछि नेपाल लगायत छिमेकी देशहरुमा चिन्ता बढाएको छ । एचएमपीभीका बिरामीहरु प्लु जस्तै लक्षण देखिएका छन् । चीनका स्वास्थ्य अधिकारीहरुले यो भाइरससँग लड्न केही प्रोटोकल लागू गरेका छन् । नेपालका स्वास्थ्य अधिकारीले भने अहिले फैलिएको भाइरस नौलो नभएको बताएका छन् । यस अघि सन् २०११ देखि २०१४ सम्म भएको अध्ययनले नेपालका बालबालिकामा यो संक्रमण पुष्टि भइसकेको देखाएको बताइएको छ । चीनमा मान्छेहरुको स्वास्थ्य अवस्था बिग्रनुमा यसलाई कारक मानिएको हो भने यस भाइरसको स्वरुप परिवर्तन भएको हो ? भन्ने प्रश्न नेपालका स्वास्थ्य अधिकारीले गरेका छन् ।
यो श्वासप्रश्वासमा संक्रमण गर्ने भाइरस भएको बताइएको छ । यसको प्रभाव सामान्यतया जाडो र वसन्तमा बढी देखिने पनि स्वास्थ्य अधिकारीले बताएका छन् । साइन्स डाइरेक्टमा प्रकाशित एक रिपोर्ट अनुसार यो भाइरस वषौंं पहिले चराबाट फैलिएको मानिन्छ । यो भाइरसले सबैभन्दा बढी बालबालिका प्रभावित हुन्छन् । यसको साथै वृद्धवृद्धा, दीर्घरोग भएका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा पनि यसको जोखिम बढी हुने स्वास्थ्य अधिकारीले बताएका छन् ।
यस भाइरसको लक्षण नाकबाट पानी बग्ने घाँटी दुख्ने, टाउँको दुख्ने, थकान, खोकी लाग्ने, ज्वरो आउने वा चिसो लाग्ने र सास फेर्न गाहे हुने जस्ता लक्षण देखिन्छ । यो संक्रमण मुख्यतया खोकी र हाच्छियुँ गर्दा निस्कने थुकको कणबाट मानिसमा सने र सङ्क्रमित गराउछ् । हात मिलाउँदा, अँगालो हालेर वा एक अर्कालाई छुँदा पनि यो संक्रमण फैलन सक्ने भएकोले यस तर्फ ध्यान दिनु पर्ने स्वास्थ्य अधिकाीले बताएका छन् ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…