
साँझकाे बत्तीमा झुम्मिएर
कीरा टिपिरहेका माउसुली
राेजि/राेजि सन्तुष्ट हुन
लालायित छन्
मानाैँ शुभ सन्ध्याकाे
स्पर्श जीवन निलेर
सुरुआत हुन्छ।
एकछाके व्रतको
भंग मांसाहारी
आन्दाेलनले गर्छ
एडेसिब प्याडले
सिलिङमा दाैडनु
हर्कुलसले
पृथ्वी थामेझैँ
तिनलाई पनि
सिलिङ थामेकाे
भ्रमले आक्रान्त
पारिरहन्छ।
****
पुच्छर लुकाउने
खाेलेर राख्ने गर्दा
कहिलेकाहीँ
कमिलाकाे जिब्रोले
मिठास लिन्छ
हाम्रो सरकार
झैँ यिनकाे नि
सरकार बन्छ
पुच्छर लुकाउने
पुच्छर जाेडेर
बलियाे सावित
हुने प्रतिस्पर्धा
हुन्छ
सत्ताकाे समय
नष्ट गरेर
भएकाे स्राेत
भ्रष्ट्राचार गरेर
सुइ माग्दै
हिड्ने बानी परेका
हामीलाई अनाैठाे
लाग्दैन
किनकि हाम्रो
प्रतिष्ठाकाे मापक
छर्लंंग छ।
****
हामी पुच्छर
नजाेडी सफल
हुनै सक्दैनाैं
पुच्छर जाेड्ने
नाउँमा हामीले
हाम्रो रंग नै फेरिसक्याैं
पुच्छर जाेड्नु नै
सफलताकाे सूचक
बनाएका हामीले
सानाेतिनाे पुच्छरले
कामै चलाउदैनाैँ
लामाे पुच्छर
जाेडेर भुँइ सफा गर्ने
कर्मले तखतरान
भएका हामीलाई
दुनियाँ हाँस्ने
बाँदरकाे पुच्छर
जाेडेर देखाउनु छ
हाम्रो सत्ता र
शासन गर्ने
अनुहार।
(अमृत देवकोटा अर्थशास्त्र र राजनीति शास्त्रमा स्नाकोत्तर हुन्। उनी प्रकृतीलाइ नजिकबाट नियाल्न रुची गर्छन्)




अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…