
जेठ ५, २०७८l सेतीपाखा ललितपुर निवासी यादव राउतले आफ्नो घरपछाडिको करेसा बारीमा कोचलगाँडे लाटोकोसेरोको बच्चा गुँडबाट झरेको अवस्थामा फेला पारेका थिए। आफ्नो माऊसँगै नजिकैको रुखको गुँडमा बसेको लाटोकोसेरोको परिवारबारे उनी सचेत थिए। त्यसैले उनले त्यस पन्छीलाई गुँडमा फर्काए। यस घटनालाई उनले सामाजिक संजालमा पनि पोष्ट गरे। मैले त्यस लाटोकोसेरोप्रति जिज्ञासा राख्दा उनले सहजै आफ्नो अनुभव सुनाए र यिनीहरुले वातावरणमा टेवा पुर्याउने बारे उनी सचेत रहेछन। मानिसलाई लाटोकोसेरोको महत्त्वबारे थाहा पाएको देखेर खुसी लाग्यो l तर सबै मानिसहरु यादव जस्ता प्रकृतिप्रेमी छैनन्l न त खसेको लाटोकोसेरोहरू नै आफ्नो गुँडमा फर्कन्छन् l

नेपालमा पाइने जम्मा २३ प्रजातिका लाटोकोसेरोहरू मध्ये कोचलगाँडे लाटोकोसेरो (Spotted owlet) मानवबस्ती र खेतहरूको वरिपरि गुँडमा बसोबास गरेको सहजै देख्न सकिन्छ। त्यसैले त बिहान बेलुकी यिनको आवाज सुन्ने मात्र होइन, माथि उल्लेखित दुर्घटनाहरु पनि मानवबस्ती नजिक हुने गर्छl
हिन्दू धर्मअनुसार लाटोकोसेरोलाई धनकी देवी लक्ष्मीको वाहान भनी मान्यता दिए तापनि यिनीहरू मानव समाजमा त्यति लोकप्रिय भने छैनन। कसैले यिनीहरूको आवाजलाई डरलाग्दो मान्छन्। कसैले यिनीहरूले घर वरिपरि गुँड बनाएको अशुभ ठान्छन्।
यिनीहरूलाई नेपालको ३७ जिल्लाहरू लगायत ६ वटा राष्ट्रिय निकुञ्जहरू, एक संरक्षण क्षेत्र र एक मात्र शिकार आरक्षणमा पाइने अभिलेख गरिएको छ।
यिनीहरूको शरीरको लम्बाई सामान्यतया २१ सेमी हुन्छ भने तौल १ सय १० देखि १ सय १४ ग्राम सम्म हुन्छ। यिनीहरूको अनुहार खैरो हुनुका साथै तालुमा सेता थोप्लाहरू र घाँटीमा सेतो धर्सा हुन्छन्। खैरो शरीरको माथिल्लो भागमा भएको सेतो मैलो थोप्लाहरूको उपस्थितिले यिनीहरूलाई अरु लाटोकोसेरोबाट सहजै छुट्याउन सकिन्छ।
रातको समयमा सक्रिय हुने यिनीहरूले एकचोटीमा ३ देखि ५ वटासम्म अन्डा पार्ने गर्छन। यिनीहरूले मुसा, कीरा, छेपारो, सर्पजस्ता जीवहरूको शिकार गर्छन र यसरी शिकार प्रजातिहरूको नियन्त्रण गरी वातावरणको महत्त्वपूर्ण अंशको रूपमा भूमिका खेल्छन। वास्तवमा भन्नुपर्दा यिनीहरू किसानका साथी हुन्। यिनीहरूले मुसाजस्ता कृषिलाई हानी गर्ने जीवहरूको प्रभावकारी रूपमा नियन्त्रण गर्नुका साथै बालीनालीमा मुसा मार्नका लागि प्रयाग हुने हानिकारक रसायनको आवश्यकतालाई कम गर्न मद्धत गर्छन्। एक जोडी लाटोकोसेरोले आफ्नो बच्चा हुर्काउने समयमा २ हजारदेखि ३ हजारवटासम्म मुसा खाएर हामीलाई सहयोग गर्छन्।
हिन्दू धर्मअनुसार लाटोकोसेरोलाई धनकी देवी लक्ष्मीको वाहान भनी मान्यता दिए तापनि यिनीहरू मानव समाजमा त्यति लोकप्रिय भने छैनन। कसैले यिनीहरूको आवाजलाई डरलाग्दो मान्छन्। कसैले यिनीहरूले घर वरिपरि गुँड बनाएको अशुभ ठान्छन्। मानिसहरूको आँखामा कसिंगर बनेर बिझेको लाटोकोसेरोको जीवन कहाँ सहजपूर्ण छ र ? कतिले यिनीहरूले घर र रुखमा बनाएको गुँड नासिदिन्छन्। कोही त यिनीहरूको अवैध चोरी सिकारी, बेचबिखनमा संलग्न रहेका हुन्छन्।

पछिल्लो समयमा लाटोकोसेरोका बारेमा गलत धारणाहरू बिस्तारै मेटिन थालेका छन्। मानिसहरूमा उनीहरूको लाभदायक पर्यावरणीय भूमिकाबारे चेतना फैलिंदै गएको छ। यस्तै ज्ञानको र जागरूकताका कारण दक्षिण अफ्रिकाको कृषिजन्य क्षेत्रमा लाटोकोसेरोका लागि कृत्रिम गुँड निर्माण गरिन्छ। परिणामस्वरुप खेतीपातीमा मुसा मर्ने विषादीमा हुने खर्च उल्लेखनीय रूपमा कमी भएको अनुसन्धानले देखाएको छ।
यसका साथसाथै नेपालमा पनि पहिलाको तुलनामा लाटोकोसेरोको अध्ययन, अनुसन्धान र संरक्षणमा आकर्षण बढेको पाईन्छ। कोचलगाँडे लाटोकोसेरो जस्ता कम चासो भएका प्रजाति भने ओझेलमा पर्न दिनु हुँदैन। विश्वव्यापी रूपमा यिनीहरू कम चासो भएका प्रजातिअन्तर्गत पर्दछन् र नेपालमा पनि सहजै देखिन्छन्l यो अवस्थामा अझ सुधार हुनु आवश्यक छ ।
(शितल बुढाथोकीले प्राणी शास्त्रमा स्नातकोत्तर स्तर पूरा गरेकी छिन। । उनी वन्यजन्तु अनुसन्धान र संरक्षणमा रुचि राख्छिन्।)




यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …