
नेपालको वहुसंख्यक जनसंख्या कृषिमा संलग्न छ र मनसुनको आवागमनसँग खेतबारीमा कामको चटारो बढेको छ। यो मौसममा धेरै किराफट्याङ्ग्रा पनि घरभित्र आउँछन्। यसैबेला राति बत्तीको उज्यालो वरिपरि चमेरा घुमेको र किराफट्याङ्ग्रा समातेको¸मकैको चाङ्गमा लाग्ने घनपुतला समातेको र झुन्डिएर खाएको परिदृश्य गाउँ घरतिर देख्न सकिन्छ।
सन २०१४ को एक अध्ययनअनुसार विश्वभरि बार्षिक खाद्य उत्पादनको १८ देखि २६ प्रतिशत किराफट्याङ्ग्राले नोक्सान गर्छ जसको मूल्य ४ सय ७० अर्व डलर बराबर हुन्छ।
किराफट्याङ्ग्राले खेतबारीमा बाली नोक्सान गर्छन् र बालीमा विभिन्न किसिमका रोग सार्छन् । तसर्थ चमेराले किराफट्याङ्ग्रा खाएर¸त्यसको संख्या नियन्त्रण गर्छ र तिनले बालीमा सार्ने रोग पनि कम गरेर किसानलाई फाइदा पुर्याउँछ।

धेरै वर्षअघि कसैकसैले खेतबारीको नजिक भएका गुफाबाट चमेराको विष्टा सोहोरेर खेतबारीमा प्रयोग गर्ने गर्थे। अचेल यस्तो गरेको पाइँदैन । चमेराले धेरै किराफट्याङ्ग्रा खाने हुनाले यसको विष्टामा नाइट्रोजनको मात्रा अधिक हुन्छ। तसर्थ चमेराको विष्टा उत्कृष्ट प्राङ्गारिक मल हो।
सन २०१४ को एक अध्ययनअनुसार विश्वभरि बार्षिक खाद्य उत्पादनको १८ देखि २६ प्रतिशत किराफट्याङ्ग्राले नोक्सान गर्छ जसको मूल्य ४ सय ७० अर्व डलर बराबर हुन्छ।
उत्तर अमेरिकामा पाइने केही चमेरा प्रजातिहरूले आफ्नो शरीरको २५ देखि सय प्रतिशत वजन बराबरको किराफट्याङ्ग्रा खान्छन्। नेपालमा भने चमेराले नियन्त्रण गर्ने किराफट्याङ्ग्राको अनुपात अनुसन्धान हुन बाँकी छ। पोखराको महेन्द्र गुफा र काठमाडौको नागार्जुन गुफाका चमेराहरूले ९ वर्ग २५ परिवारका किराफट्याङ्ग्रा आहारको रूपमा प्रयोग गर्ने अनुसन्धानले देखाएको छ।

त्यसै गरी मनास्लु संरक्षण क्षेत्रका गुफाहरूका चमेराहरूले नौ वर्गका किराफट्याङ्ग्रा खाने गरेको अनुसन्धानले देखाएको छ। तर खेतबारीमा किसानले रासायनिक किटनाशक औषधिको प्रयोग गर्छन्¸जसले गर्दा किराफट्याङ्ग्राको शरीरमा विष जम्मा हुन्छ र उक्त किराफट्याङ्ग्रा खाएको चमेराको शरीर तथा प्रजननमा असर गर्छ। तसर्थ दिनानुदिन धेरै प्रजातिका किराफट्याङ्ग्राहरू र चमेराको संख्या घट्दै गइरहेको छ।
फलाहारी चमेराले विश्वभरी ५ सय २८ प्रजातिका फूल फुल्ने वनस्पतिमा परागसेचन तथा ६ सय ९० प्रजातिका वनस्पतिको विज वितरण गरेको तथ्याङ्क छ। नेपालमा भने चमेराद्वारा हुने परागशेचन तथा विज वितरणको अनुसन्धान भर्खरै सुरू भएको छ।
पोखराको राज चमेराको बगालले आठ परिवारका वनस्पतिहरूका फूलको रस तथा फल आहार गर्ने पाइएको छ। त्यस्तै काठमाडौ र भक्तपुरका राज चमेराको बगालले अठार परिवारका वनस्पतिहरूका फूलको रस तथा फल आहार गर्ने अनुसन्धानबाट खुलेको छ।
नेपालमा चार प्रजातिका फलाहारी चमेराले केरा (जङ्गली)¸ अम्बा¸ मसला¸ कदम¸ कटहर¸ आँप¸ लिचि¸चिउरी¸ रुद्राक्ष¸ मेवा¸ सोइजन (मोरिङ्गा) आदि फलफूलहरू तथा बोटविरूवाको परागशेचन वा विजवितरण वा दुबै गरेर किसानलाई फाइदा पुर्याउँछ। फलाहारी चमेरा फलफूल खेती तथा बगैँचामा पाकेका फलफूलमा चरण गर्छन्। फलाहारी चमेराले वर¸ पीपल¸ तेजु¸ डुम्री¸ खस्रेटो¸ कफी¸ एभोकाडोका पाकेका फल मन पराउँछन्।
व्यवसायिक फलफूल खेतीमा फलफूल रुखमा नपाक्दै टिपिने हुनाले चमेराले धेरै नोक्सानी गर्दैन। तैपनि किसानहरू चमेराले फलफूल खेतीमा फलफूल सखापै पार्ने आरोप लगाउँछन् र फलफूल जोगाउन भन्दै लगाएको जालमा परेर चमेरा मारिन्छन्।
व्यवसायिक फलफूल खेतीमा फलफूल रुखमा नपाक्दै टिपिने हुनाले चमेराले धेरै नोक्सानी गर्दैन। तैपनि किसानहरू चमेराले फलफूल खेतीमा फलफूल सखापै पार्ने आरोप लगाउँछन् र फलफूल जोगाउन भन्दै लगाएको जालमा परेर चमेरा मारिन्छन्। फलफूलको बोटमा छर्किने रासायनिक किटनाशक औषधिको प्रयोगले विषाक्त फूलको रस तथा पराग र पात खाएका चमेराको शरीर तथा प्रजननमा असर गर्छ।

चिउरीको फूल फक्रिँदा फूलको रसको लागि र फल पाकेको बेलामा मिर्मिरे चमेरी र जिब्रो पड्काउने फलाहारी चमेरो चिउरीका बोटमा आउने गर्छ र त्यसैबेला चेपाङ्गहरू चमेराको शिकार गर्छन्। केही वर्षदेखि अत्यधिक शिकार भईरहेकाले चिउरी राम्ररी नफलेको अनुमान गरिएको छ।
Us Fish and wildlife service का अनुसार परागशेचनकर्ता (Pollinators) को जैविक विविधता र संख्यामा दिनानुदिन ह्रास भइरहेको छ। जसको एक मुख्य कारण रासायनिक किटनाशक औषधिको प्रयोग हो । त्यसैले किसानले अर्गानिक खेतीलाई प्राथमिकता दिनुपर्छ। सँगै खेतबारीमा चमेरा घर बनाउनु पर्छ। त्यस्ता चमेरा घरमा चमेरा बसेको खण्डमा¸ तिनीहरूले खेतबारीमा लाग्ने किराफट्याङ्ग्राको संख्या नियन्त्रण गर्छन्। यसरी चमेराको संरक्षणमा किसानले योगदान पुर्याउन सक्छन्।
(संजन थापा क्वानचाउ बिश्वविधालय, चीनमा चमेरामा विधावारिधि गरिरहेका छन् l उनी साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनका सह-संस्थापक हुन् l चमेरा लगायत अन्य स्तनधारी वन्यजन्तुको अनुसन्धान र संरक्षणमा क्रियाशील छन्l)




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…