
कुकुरका छाउराहरू चञ्चल हुन्छन । खेल्न मन पराउँछन् । चाहे बलसँग होस, चाहे डोरीतान्ने खेल होस् वा साना साना गुडियाहरूलाई च्यातच्युत पार्ने कामहरूमा रमाइरहेका हुन्छन् । मानिसहरू यिनै कुकुरसँग खेल्दा आनन्द मान्छन् र हौसला बढेको ठान्दछन् । अध्ययनहरूले कुकुर पाल्ने मानिसहरू बिरालो पाल्ने मानिसहरू भन्दा धेर खुसी हुन्छन् र बढी हाँस्छन् भन्ने देखाएको छ।
कुकुरहरू मानिसहरूसँग खेल्न इच्छुक हुन्छन् । यो नै कुकुरहरूलाई घरपालुवा बनाउनुको मुख्य कारण भएको अध्ययनहरूको निष्कर्ष छ। यसैकारण नै मानिसहरूले कुनै निश्चित प्रयोजनका लागि कुकुरहरूको प्रजनन गराउँदै आएको कुरा बायलजी लेटर नामक जर्नलमा सन् २०२० मा प्रकाशित लेखमा उल्लेख छ।
यसरी झुम्मिएका बथानबाट मानिसहरूसँग नडराउने ब्वाँसाहरू त्यहीँ नै बसोबास गर्दै गए र यिनमा तर्सने वा लजाउने जस्ता ब्वाँसोका आचरणहरू बिस्तारै हराउँदै गए । यिनै ब्वाँसाहरू कालान्तरमा खुसी, मानव मैत्री र बफादार घरेलु कुकुरको रूपमा विकसित भए । जसले आज हाम्रो हृदय र हार्दिकतालाई न्यानो बनाउँदै आएका छन्।
अनुसन्धानकर्ताहरू बिच कहिले कहाँ र कसरी कुकुरहरूलाई घरपालुवा बनाइयो भन्ने विषयमा विचार विमर्श हुँदै आइरहेको छ। अधिकांश वैज्ञानिकहरू ब्वाँसोका पुर्खाहरूलाई घरपालुवा बनाउन सुरु भएको कुरामा सहमत छन् । यो नै अहिले हामीले पालेको कुकुर भएको कुरामा अधिकांशको एकमत रहेको छ ।
ब्वाँसोको हालसम्म पत्ता नलागेको कुनै एक प्रजातिका बथान बिस हजारदेखि चालिस हजार वर्ष अगाडि जर्मनी अथवा साइबेरियाको मानव बस्तीको वरिपरि रहेका फोहोर र बचेका खानेकुराहरूको वरिपरि झुम्मिन्थे । यसरी झुम्मिएका बथानबाट मानिसहरूसँग नडराउने ब्वाँसाहरू त्यहीँ नै बसोबास गर्दै गए र यिनमा तर्सने वा लजाउने जस्ता ब्वाँसोका आचरणहरू बिस्तारै हराउँदै गए । यिनै ब्वाँसाहरू कालान्तरमा खुसी, मानव मैत्री र बफादार घरेलु कुकुरको रूपमा विकसित भए । जसले आज हाम्रो हृदय र हार्दिकतालाई न्यानो बनाउँदै आएका छन्।
वैज्ञानिकहरूले गरेको अध्ययनअनुसार ब्वाँसाका छाउराहरूमा समेत मानिसहरूसँग बल कसरी खेल्ने भन्ने ज्ञान रहेको पत्ता लागेको थियो । यसले पनि आधुनिक कुकुरहरू ब्वाँसाबाटै विकसित भएको आधारलाई पुष्टि गर्दछ।
कुकुरहरूको मानिससँग खेल्ने इच्छाशक्ति यसलाई घरपालुवा बनाउने समग्र प्रक्रियाको महत्त्वपूर्ण पक्ष रहेको स्वीडेनको स्कटहोम्स विश्वविद्यालयका इभोलुसनरी बायलोजिष्ट निकोलस कोल्मको भनाई छ । आजका आधुनिक कुकुरका जातबिच विकासवादी सिद्धान्तको विश्लेषण गरेपश्चात् वैज्ञानिकहरूले उनीहरूका साझा पुर्खाहरू पत्ता लगाउन सफल भए । जुन आजको बसेन्जी (अफ्रिकी गोठाला कुकुरको एक प्रकार) कुकुरसँग मिल्ने खालको थियो जसले मानिसहरूसँग खेल्ने गर्थ्यो।
उनीहरूले अस्ट्रेलियाका गोठाला कुकुरहरू जस्तै हङ्गारियन भिज्स्लास र अस्ट्रेलियन सेफर्डस्हरू पनि खेलप्रिय, छिटो र सक्रिय रूपमा खेलमा सहभागी हुने पाएका थिए। कोल्मकाअनुसार यसले निकै ठूलो व्यवहारिक अर्थ राख्छ। यदि कुकुरहरू मानिसहरूसँग खेल्न चाहन्छन् भने तालिम दिन पनि सजिलो हुन्छ। गोठाला कुकुरहरूलाई उनीहरूका मालिकसँग बलियो सम्बन्ध हुनु आवश्यक छ। कुकुरहरूसँग नियमित खेल्नाले सम्बन्ध बलियो हुने उनीहरूको तर्क छ।
प्राय सबै प्रकारका स्तनपायी जनवारका बच्चाहरू उही प्रजातिका अन्य बच्चाहरूसँग खेल्न रुचाउँछन्। तिनीहरू वयस्क भइसकेपश्चात् बिरलै मात्र खेल्ने गर्दछन् किनकि तिनीहरूको समय खाना, वासस्थान, क्षेत्र निर्धारण र जीवनसाथी खोज्नमा व्यथित हुन्छ।
तर कुकुरहरूको बानीव्यहोरा धेरै प्रजातिका जीवहरूको बानीव्योहरासँग मिल्ने खालका हुन्छन्। चाहे मानिस होस वा कछुवा होस वा कुखुरा । कुकुरका यस्ता बानीव्योहरालाई युट्युब च्यानलहरूमा राम्रोसँग सङ्गृहित गरिएका छन् । सताब्दीयौदेखि फार्ममा एक अर्कासँग पालेका कुकुरहरू र घोडाहरू सँगै खेल्छन् र एक अर्कालाई सम्मान गर्छन्।
खेल्न अत्यन्तै मन पराउने कुकुरका छाउराहरूमा मानव निर्देशित खेल व्यवहारहरू कसरी विकसित भए भन्ने सम्बन्धमा कोल्म र उनका सहकर्मीहरूले आधुनिक अमेरिकाको केनेल क्लबका १ सय ३२ विभिन्न जातका कुकुरहरूमा अध्ययन गरेका थिए। यी विभिन्न जातका कुकुरहरूलाई कामअनुसारका विभिन्न ग्रुपहरूमा जस्तै गोठालो, सिकार, सुरक्षा, सहकार्य र खेलकुदजस्ता समूहहरूमा विभाजन गरी अध्ययन गरिएको थियो। अध्येताहरूले विभिन्न नस्लहरूका अनुवांशिक तथ्याङ्कहरूलाई कम्प्युटरमा राखी मोडलहरूको अध्ययन गर्दा कुन जातका कुकुरहरूमा बढी चञ्चल गर्ने आनुवंशिक गुणहरू थिए भन्ने पत्ता लगाएका थिए।
यिनै वैज्ञानिकहरूको टोलीले स्वीडिस केनेल क्लबका १ सय ३२ जातका ८९ हजार कुकुरहरूका आनीबानी र चञ्चलपनको अध्ययन गरेका थिए। सन् १९९७ देखि २०१३ सम्म गरिएको अध्ययनमा कुकुरहरूलाई उनीहरूसँग अपरिचित मानिसहरूसँग रस्साकस्सी (डोरी तान्ने) खेल्न लगाइएको थियो। अपरिचित मानिसहरूसँग सक्रियताका साथ खेल्नका लागि कुकुरहरूले देखाएको इच्छाशक्तिका आधारमा उनीहरू कति चञ्चल छन् वा कति मानवमैत्री छन् भनी पत्ता लगाइएको थियो ।
उनीहरूको अध्ययनको सबैभन्दा चाखलाग्दो कुरो के थियो भने बसेन्जीस जातको अफ्रिकी सिकारी कुकुर समेत चञ्चल र खेलप्रमी थियो। कुकुरको यो जातलाई नै कम्तिमा अठारौँ शताब्दी पहिलेदेखि नै पहिलो घरपालुवा कुकुर बनाइएको विश्वास गरिन्छ।
जुन कुकुरहरू गोठालो ग्रुपमा थिए यिनीहरू खेलमा रुची राख्ने स्वभावका थिए भने पर्स र पेपिलियोनहरू कम चञ्चल स्वभावका थिए । यिनीहरू साना र वरिपरि डुलाउने खालका थिए तर यिनका लागि खेल महत्त्वपूर्ण थिए। कोल्म त्यतिबेला अचम्मित भए जब टेरियर जातहरू जस्तै स्टाफोर्डशाएर जो खास रूपमा लडाइका लागि थिए । तिनीहरू समेत चञ्चल र खेल प्रेमी भेटिए । त्यसबाट उनले अनुमान गरे कि तिनीहरू खेललगायतका मानिसका निर्देशनहरू पालना गर्नका लागि हुर्काइएका थिए।
उनीहरूको अध्ययनको सबैभन्दा चाखलाग्दो कुरो के थियो भने बसेन्जीस जातको अफ्रिकी सिकारी कुकुर समेत चञ्चल र खेलप्रमी थियो। कुकुरको यो जातलाई नै कम्तिमा अठारौँ शताब्दी पहिलेदेखि नै पहिलो घरपालुवा कुकुर बनाइएको विश्वास गरिन्छ। यद्यपि लिबियाका गुफामा भेटिएका चित्रकलाका आधारमा अनुसन्धानकर्ताहरुले कुकुरको यो जात मानिसका वरिपरि कम्तिमा पच्चीस सय वर्षपहिले देखि थियो भन्ने विश्वास गरेका छन्।
अहिले आएर यो बसेन्जीस जातको कुकुरले पहिलेकाको जस्तो व्यवहार गरेको छ या छैन भन्ने जान्न असम्भव भए तापनि यसको इतिहास र चञ्चलतालाई अध्ययन गर्दा मानिसहरूले भावनात्मक मनोरञ्जनका लागि लामो समयदेखि कुकुरहरू पाल्दै आएको निष्कर्ष निकाल्न सकिन्छ।
टेनेसी विश्वविद्यालयका नीति¸ विज्ञान तथा पशु खेल विशेषज्ञ गार्डन बर्गहार्टले यस अध्ययनलाई कुकुरहरूको खेल अध्ययनमा राम्रो प्रगति भएको मान्छन् । कोलोराडो विश्वविद्यालयका इकोलोजी एण्ड इभोलुसनका अवकाश प्राप्त प्राध्यापक मार्क बेकोफ स्वीडेनी अध्ययन टोलीको कुकुरहरूको खेल्ने स्वभाव नै यिनीहरूलाई घरपालुवा बनाउनुको प्रमुख कारण रहेको निष्कर्ष सही मान्दछन्।
मानिसहरूले समय क्रममा यस्ता ब्वाँसाहरू छान्दै गए जसलाई कुनै न कुनै रूपमा खेल्ने कुकुरका रूपमा विकास गर्न सकिन्थ्यो । वैज्ञानिकहरूले आधुनिक कुकुरका आनी बानी, रहन सहन र तिनीहरूमा रहेका थुप्रै क्षमताहरूको अध्ययन अनुसन्धान गर्दै आएको भए ता पनि आज हामीलाई यस्तै चञ्चल र खेल प्रेमी कुकुरहरू दिने तिनै ब्वाँसाहरूको अध्ययन अनुसन्धान भने अत्यन्तै कम भएको बताएका छन्।
(नेसनल जियोग्राफिमा प्रकाशित लेखको नेपाली अनुवाद अशोक सुबेदीले गर्नु भएको हो)




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…