
पृष्ठभूमि
वन प्राविधिकहरूको पैतालामा हरियो कोठी हुन्छ क्यार, जीवनभर हिँडिरहनु पर्ने । कर्मले हिँड्नु पर्ने । यद्यपि अफिस कोठामै घुम्न मन गर्ने वनकर्मीहरू पनि नभएका होइनन् । आजभोलि सामाजिक संजालमा घुम्नेहरु पनि छन् l तर ती अपवाद हुन् ।
नर्सरी व्यवस्थापन, वन संवर्द्धन कार्य, वन नाप जाँच, समुदाय सङ्गठन परिचालन र गस्तीमा धेरै यात्रा गर्नु पर्छ। वन क्याम्पसको शैक्षिक भ्रमण यस आजन्म यात्राको प्रस्थान विन्दु हो, जसले अल्लारे उमेरमा विद्यार्थीलाई भ्रमणको चस्का लगाइदिन्छ ।
बि.सं २०४२–४४ सालमा वन क्याम्पसले प्रति विद्यार्थी पच्चीस सय रुपैयाँ बराबरको इक्विपमेन्ट ग्रान्ट दिने गर्दथ्यो । प्राविधिक क्याम्पस भएकोले सरकारले दिएको अनुदान हो। त्यसले पाइन्ट, हरियो जुत्ता, टिसर्ट, हाफ पाइन्ट किनिन्थ्यो । त्यो युनिफर्म पिटी खेल्दा र शैक्षिक भ्रमणमा अनिवार्य लगाउनु पर्थ्यो।क्याम्पसको आफ्नै बसमा आफ्नो देश र छिमेकी भारतको विभिन्न वन क्षेत्र, संरक्षित क्षेत्रमा भ्रमण गर्न पाए पछि यात्रामा नलठ्ठिने कुरै भएन । कर्मचारी जीवनमा त यात्रा अपरिहार्य नै बन्छ । यो भूमिका बाँध्नुको कारण स्मृतिमा बसेका विगतका केही भ्रमणको बारे लेख्न हो । अर्थात यात्रा वृत्तान्त l यद्यपि ती सन्दर्भहरू विस्तृत छैनन्, न त सिलसिलेवार छन् ।
प्राविधिक क्याम्पस भएकोले सरकारले दिएको अनुदान हो। त्यसले पाइन्ट, हरियो जुत्ता, टिसर्ट, हाफ पाइन्ट किनिन्थ्यो । त्यो युनिफर्म पिटी खेल्दा र शैक्षिक भ्रमणमा अनिवार्य लगाउनु पर्थ्यो।क्याम्पसको आफ्नै बसमा आफ्नो देश र छिमेकी भारतको विभिन्न वन क्षेत्र, संरक्षित क्षेत्रमा भ्रमण गर्न पाए पछि यात्रामा नलठ्ठिने कुरै भएन ।
एक : मोहडाको कथा
हामी धेरैलाई थाहा छ, नेपाल जैविक विविधतामा समृद्ध छ । त्यसको सोझो अर्थ हो, विश्वका धेरै देशको तुलनामा क्षेत्रफलको आधारमा प्रजातिको सङ्ख्या नेपालमा अधिक छ । आईएस्सीमा वन वृक्षको वितरणमा उचाइ, धरातलीय स्वरूप, जलवायु, माटो आदिको प्रभाव हुन्छ भनी पढिएको थियो । धरातलीय स्वरूपमा मोहडाको पनि ठूलो भूमिका हुँदो रहेछ । दामन शैक्षिक भ्रमणमा त्यो प्रस्ट देखियो । बिस २०४२ को कुरा हो। दामनको शीतोष्ण बागवानी केन्द्रमा हाम्रो क्याम्प थियो । नजिकको यौटा डाँडामा हामीलाई लगियो । अरू आधारहरू लगभग छ– उचाइ, भौगोलिक क्षेत्र तर फरक मोहडा भएकै कारणले, डाँडाको दक्षिणी मोहडामा खोटे सल्ला र उत्तरी मोहडामा गोब्रे सल्लाको वन छ । संसद¸ प्रतिपक्षी र सत्तापक्ष सांसदहरू संसद भवनमा कित्ताकाट गरेर बसेजस्तो । मोहडाको कथा बिर्सेको छैन।
दुई : भोजपत्रको एकल वन
वन विज्ञानमा दुई वटा पदावली प्रचलित छ । मिश्रित वन र पियोर वन । मिश्रित वनमा एक भन्दा बढी वन प्रजातिहरू हुन्छन् भने पियोर वनमा एउटै प्रजाति हुन्छ । पिओरलाई नेपालीकरण गर्दा शुद्ध भन्न मन लागेन। कारण, मिश्रित वन अशुद्ध हुँदैन । तसर्थ एकल वन पदावली रोजेँ ।

सन् २०१८ मा राराको पदयात्रा गरेका थियौँ । कर्णाली हाइवे मै ओर्लिई, गोरुसैना, चुच्चेमारा भएर पदयात्रा थाल्यौँ । निर्णय बडो सही थियो । आनन्दको आखिरी हद अनुभव भयो । गोरुसैना सानो सुन्दर उपत्यका। त्यहाँबाट मध्यम उकालो चढेपछि चुच्चेमाराको थुम्को पुगिन्छ ।
मुस्ताङमा याक चौँरीको घिउ सुरक्षित राख्न भोजपत्रको बोक्राले बेरिन्छ । त्यो हिमाली क्षेत्रको परम्परागत ज्ञान हो । बोक्रा कागजजस्तै खुम्च्याउन मिल्ने भएको साथै घिउमा लिपिक्कै टाँस्सिनाले धुलो मैलोबाट जोगाउन यो प्रभावकारी कायदा हो ।
क्षयीकरणले तिखा तिखा भू -आकृति निर्माण भएकोले चुच्चेमारा भनिएको हो कि ? त्यसपछि क्रमशः चार पाँच घण्टा ओरालो झरेपछि सुन्दर रारा दृष्टिमा उक्लन्छ । गोरुसैनाको उकालो चढ्दा बायाँ दिशातर्फ भिरालोमा भोजपत्रको एकल वन देखिन्छ । वन सानो क्षेत्रफलमा फैलिएको छ तर भोजपत्रको एकल वन दुर्लभ दृश्य हो । एउटा कारण यसको उचाइ हो । दोस्रो कारण प्रजातिको अन्तरमुखी स्वभाव हो कि ? रुखको पातलो बोक्रा केही उप्किएको देखिन्थ्यो । मुस्ताङमा याक चौँरीको घिउ सुरक्षित राख्न भोजपत्रको बोक्राले बेरिन्छ । त्यो हिमाली क्षेत्रको परम्परागत ज्ञान हो । बोक्रा कागजजस्तै खुम्च्याउन मिल्ने भएको साथै घिउमा लिपिक्कै टाँस्सिनाले धुलो मैलोबाट जोगाउन यो प्रभावकारी कायदा हो ।

तीन : नारायण दैलेख–दुल्लु
कर्णाली प्रदेशको पर्यटन गुरुयोजना निर्माणको क्रममा ६ जिल्ला पुग्ने अवसर मिल्यो । दैलेख एक जिल्ला। प्राकृतिक, जैविक विविधता मात्र नभई धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वका स्थानहरूको अवलोकन गर्ने र सरोकारवालाहरूसँग इतिहास बुझ्ने पनि काम भयो । पञ्चकोशी धाम, पञ्च देवल उत्खनन गर्दा भेटिएका स्मारक, गढी तथा स्थापत्यहरू नजिकबाट नियाल्यौँ, फोटो खिच्यौँ ।
विगतमा दुल्लु दैलेख जिल्लाको सदरमुकाम रहेछ । सिंजाली खस राजाको हिउँदे दरबार रहेको दुल्लु लगभग समथर भागमा रहेको छ । नारायण दैलेख फर्कँदा बाटामा पहाडे साल सक्किँदै सल्लाको पातलो वन प्रारम्भ भएको देख्न सकिन्छ । वन वृक्षहरू पनि अनुकूल जलवायु, धरातलीय स्वरूप, माटो पाए, गजक्क उभिएर शाखा सन्तान फैलाउने, उपयुक्त वातावरण नपा, पाइतालै नराख्ने । यो तथ्य, कम्ता रोचक छैन । ठाउँ चिनेर यथास्थान वा क्षेत्रमा बस्ने वनस्पतिहरू ज्ञानी जीव हुन् । मान्छेको सहोदरजस्ता मिचाहा प्रजातिको कुरा भने बेग्लै ।
चार : लालीगुराँस र धूपी
गन्जला पदयात्राको पर्यटन पूर्वाधार अध्ययन भ्रमणमा हामी तार्के घ्याङ (२,६०० मि) मा थियौँ । कोभिडको दोस्रो लहर अगाडि । उक्त पदमार्गमा तार्के घ्याङ अन्तिम बस्ती रहेछ । झन्डै एक घण्टाको उकालो चढेपछि मनोरम फाँट चोमोथाङ (३,११० मिटर) आउँछ । त्यसबाट पनि अगि बढ्दा, फेदी र दार्जिलिङको (३,७०० मि) मध्यतिर यस्तो स्थान आउँछ जहाँ लालीगुराँसको वन सक्किएर धुपी झाडी सुरू हुन्छ । अनुमानित ३ हजार ३ सयदेखि ३ हजार ४ सय मिटरको रेन्जमा । एक प्रजाति सक्किएर अर्को प्रजाति प्रारम्भ हुने त्यस्ता क्षेत्रलाई ट्रान्जिसन जोन भनिन्छ, वन अध्ययन संस्थान हेटौँडामा पढेका थियौँ । त्यस्ता क्षेत्र साँगुरो, फराकिलो, कहीँ प्रजाति मात्र छुट्टिने कहीँ त इकोसिस्टम नै छुट्टिने खालका हुन्छन् । मोटामोटीमा यस्ता क्षेत्रलाई ईकोटोन भनिन्छ । काठमाडौँ नजिकै भेटिएको यो ईकोटोन पनि कम्ता रोचक थिएन ।

(डा. रोशन शेरचनले त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागबाट वातावरणीय विज्ञानमा विद्यावारिधि गरेका हुन । उनी साढे दुई दशक देखि जैविक विविधता, वन र पर्यटन क्षेत्रमा कार्यरत छन् ।)




अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…