
पृष्ठभूमि
वन प्राविधिकहरूको पैतालामा हरियो कोठी हुन्छ क्यार, जीवनभर हिँडिरहनु पर्ने । कर्मले हिँड्नु पर्ने । यद्यपि अफिस कोठामै घुम्न मन गर्ने वनकर्मीहरू पनि नभएका होइनन् । आजभोलि सामाजिक संजालमा घुम्नेहरु पनि छन् l तर ती अपवाद हुन् ।
नर्सरी व्यवस्थापन, वन संवर्द्धन कार्य, वन नाप जाँच, समुदाय सङ्गठन परिचालन र गस्तीमा धेरै यात्रा गर्नु पर्छ। वन क्याम्पसको शैक्षिक भ्रमण यस आजन्म यात्राको प्रस्थान विन्दु हो, जसले अल्लारे उमेरमा विद्यार्थीलाई भ्रमणको चस्का लगाइदिन्छ ।
बि.सं २०४२–४४ सालमा वन क्याम्पसले प्रति विद्यार्थी पच्चीस सय रुपैयाँ बराबरको इक्विपमेन्ट ग्रान्ट दिने गर्दथ्यो । प्राविधिक क्याम्पस भएकोले सरकारले दिएको अनुदान हो। त्यसले पाइन्ट, हरियो जुत्ता, टिसर्ट, हाफ पाइन्ट किनिन्थ्यो । त्यो युनिफर्म पिटी खेल्दा र शैक्षिक भ्रमणमा अनिवार्य लगाउनु पर्थ्यो।क्याम्पसको आफ्नै बसमा आफ्नो देश र छिमेकी भारतको विभिन्न वन क्षेत्र, संरक्षित क्षेत्रमा भ्रमण गर्न पाए पछि यात्रामा नलठ्ठिने कुरै भएन । कर्मचारी जीवनमा त यात्रा अपरिहार्य नै बन्छ । यो भूमिका बाँध्नुको कारण स्मृतिमा बसेका विगतका केही भ्रमणको बारे लेख्न हो । अर्थात यात्रा वृत्तान्त l यद्यपि ती सन्दर्भहरू विस्तृत छैनन्, न त सिलसिलेवार छन् ।
प्राविधिक क्याम्पस भएकोले सरकारले दिएको अनुदान हो। त्यसले पाइन्ट, हरियो जुत्ता, टिसर्ट, हाफ पाइन्ट किनिन्थ्यो । त्यो युनिफर्म पिटी खेल्दा र शैक्षिक भ्रमणमा अनिवार्य लगाउनु पर्थ्यो।क्याम्पसको आफ्नै बसमा आफ्नो देश र छिमेकी भारतको विभिन्न वन क्षेत्र, संरक्षित क्षेत्रमा भ्रमण गर्न पाए पछि यात्रामा नलठ्ठिने कुरै भएन ।
एक : मोहडाको कथा
हामी धेरैलाई थाहा छ, नेपाल जैविक विविधतामा समृद्ध छ । त्यसको सोझो अर्थ हो, विश्वका धेरै देशको तुलनामा क्षेत्रफलको आधारमा प्रजातिको सङ्ख्या नेपालमा अधिक छ । आईएस्सीमा वन वृक्षको वितरणमा उचाइ, धरातलीय स्वरूप, जलवायु, माटो आदिको प्रभाव हुन्छ भनी पढिएको थियो । धरातलीय स्वरूपमा मोहडाको पनि ठूलो भूमिका हुँदो रहेछ । दामन शैक्षिक भ्रमणमा त्यो प्रस्ट देखियो । बिस २०४२ को कुरा हो। दामनको शीतोष्ण बागवानी केन्द्रमा हाम्रो क्याम्प थियो । नजिकको यौटा डाँडामा हामीलाई लगियो । अरू आधारहरू लगभग छ– उचाइ, भौगोलिक क्षेत्र तर फरक मोहडा भएकै कारणले, डाँडाको दक्षिणी मोहडामा खोटे सल्ला र उत्तरी मोहडामा गोब्रे सल्लाको वन छ । संसद¸ प्रतिपक्षी र सत्तापक्ष सांसदहरू संसद भवनमा कित्ताकाट गरेर बसेजस्तो । मोहडाको कथा बिर्सेको छैन।
दुई : भोजपत्रको एकल वन
वन विज्ञानमा दुई वटा पदावली प्रचलित छ । मिश्रित वन र पियोर वन । मिश्रित वनमा एक भन्दा बढी वन प्रजातिहरू हुन्छन् भने पियोर वनमा एउटै प्रजाति हुन्छ । पिओरलाई नेपालीकरण गर्दा शुद्ध भन्न मन लागेन। कारण, मिश्रित वन अशुद्ध हुँदैन । तसर्थ एकल वन पदावली रोजेँ ।

सन् २०१८ मा राराको पदयात्रा गरेका थियौँ । कर्णाली हाइवे मै ओर्लिई, गोरुसैना, चुच्चेमारा भएर पदयात्रा थाल्यौँ । निर्णय बडो सही थियो । आनन्दको आखिरी हद अनुभव भयो । गोरुसैना सानो सुन्दर उपत्यका। त्यहाँबाट मध्यम उकालो चढेपछि चुच्चेमाराको थुम्को पुगिन्छ ।
मुस्ताङमा याक चौँरीको घिउ सुरक्षित राख्न भोजपत्रको बोक्राले बेरिन्छ । त्यो हिमाली क्षेत्रको परम्परागत ज्ञान हो । बोक्रा कागजजस्तै खुम्च्याउन मिल्ने भएको साथै घिउमा लिपिक्कै टाँस्सिनाले धुलो मैलोबाट जोगाउन यो प्रभावकारी कायदा हो ।
क्षयीकरणले तिखा तिखा भू -आकृति निर्माण भएकोले चुच्चेमारा भनिएको हो कि ? त्यसपछि क्रमशः चार पाँच घण्टा ओरालो झरेपछि सुन्दर रारा दृष्टिमा उक्लन्छ । गोरुसैनाको उकालो चढ्दा बायाँ दिशातर्फ भिरालोमा भोजपत्रको एकल वन देखिन्छ । वन सानो क्षेत्रफलमा फैलिएको छ तर भोजपत्रको एकल वन दुर्लभ दृश्य हो । एउटा कारण यसको उचाइ हो । दोस्रो कारण प्रजातिको अन्तरमुखी स्वभाव हो कि ? रुखको पातलो बोक्रा केही उप्किएको देखिन्थ्यो । मुस्ताङमा याक चौँरीको घिउ सुरक्षित राख्न भोजपत्रको बोक्राले बेरिन्छ । त्यो हिमाली क्षेत्रको परम्परागत ज्ञान हो । बोक्रा कागजजस्तै खुम्च्याउन मिल्ने भएको साथै घिउमा लिपिक्कै टाँस्सिनाले धुलो मैलोबाट जोगाउन यो प्रभावकारी कायदा हो ।

तीन : नारायण दैलेख–दुल्लु
कर्णाली प्रदेशको पर्यटन गुरुयोजना निर्माणको क्रममा ६ जिल्ला पुग्ने अवसर मिल्यो । दैलेख एक जिल्ला। प्राकृतिक, जैविक विविधता मात्र नभई धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वका स्थानहरूको अवलोकन गर्ने र सरोकारवालाहरूसँग इतिहास बुझ्ने पनि काम भयो । पञ्चकोशी धाम, पञ्च देवल उत्खनन गर्दा भेटिएका स्मारक, गढी तथा स्थापत्यहरू नजिकबाट नियाल्यौँ, फोटो खिच्यौँ ।
विगतमा दुल्लु दैलेख जिल्लाको सदरमुकाम रहेछ । सिंजाली खस राजाको हिउँदे दरबार रहेको दुल्लु लगभग समथर भागमा रहेको छ । नारायण दैलेख फर्कँदा बाटामा पहाडे साल सक्किँदै सल्लाको पातलो वन प्रारम्भ भएको देख्न सकिन्छ । वन वृक्षहरू पनि अनुकूल जलवायु, धरातलीय स्वरूप, माटो पाए, गजक्क उभिएर शाखा सन्तान फैलाउने, उपयुक्त वातावरण नपा, पाइतालै नराख्ने । यो तथ्य, कम्ता रोचक छैन । ठाउँ चिनेर यथास्थान वा क्षेत्रमा बस्ने वनस्पतिहरू ज्ञानी जीव हुन् । मान्छेको सहोदरजस्ता मिचाहा प्रजातिको कुरा भने बेग्लै ।
चार : लालीगुराँस र धूपी
गन्जला पदयात्राको पर्यटन पूर्वाधार अध्ययन भ्रमणमा हामी तार्के घ्याङ (२,६०० मि) मा थियौँ । कोभिडको दोस्रो लहर अगाडि । उक्त पदमार्गमा तार्के घ्याङ अन्तिम बस्ती रहेछ । झन्डै एक घण्टाको उकालो चढेपछि मनोरम फाँट चोमोथाङ (३,११० मिटर) आउँछ । त्यसबाट पनि अगि बढ्दा, फेदी र दार्जिलिङको (३,७०० मि) मध्यतिर यस्तो स्थान आउँछ जहाँ लालीगुराँसको वन सक्किएर धुपी झाडी सुरू हुन्छ । अनुमानित ३ हजार ३ सयदेखि ३ हजार ४ सय मिटरको रेन्जमा । एक प्रजाति सक्किएर अर्को प्रजाति प्रारम्भ हुने त्यस्ता क्षेत्रलाई ट्रान्जिसन जोन भनिन्छ, वन अध्ययन संस्थान हेटौँडामा पढेका थियौँ । त्यस्ता क्षेत्र साँगुरो, फराकिलो, कहीँ प्रजाति मात्र छुट्टिने कहीँ त इकोसिस्टम नै छुट्टिने खालका हुन्छन् । मोटामोटीमा यस्ता क्षेत्रलाई ईकोटोन भनिन्छ । काठमाडौँ नजिकै भेटिएको यो ईकोटोन पनि कम्ता रोचक थिएन ।

(डा. रोशन शेरचनले त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागबाट वातावरणीय विज्ञानमा विद्यावारिधि गरेका हुन । उनी साढे दुई दशक देखि जैविक विविधता, वन र पर्यटन क्षेत्रमा कार्यरत छन् ।)




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…