
गत साता ठुलो वर्षा हुँदा पोखरा २२ पिपलडाली नजिकै फुस्रे खोलाले मुहान क्षेत्रबाट गोरु बगाएर ल्याएर फाँटमा मिल्कायो। बुधवार मरेको गोरु खेतमै लडेको थियो। किसानहरू नजिकै खेतमा धान रोप्न व्यस्त थिए।
मरेको गोरुको दुर्गन्ध हावामा फैलिसकेको थियो। गिद्धहरू त्यही सिनोको गन्ध पछ्याएर सिनोमा झुम्मिएका थिए। खोला किनारमा रहेको सिमलका रुखमा बस्ने गिद्धको सङ्ख्या पनि उतिकै थियो। कुनै गिद्ध आकाशमा कावा खाँदै सिकार हेरिरहेका थिए भने कुनै सिनो भए तिर वेग हान्दै थिए।
१५-२० वर्ष पहिले सिनोमा डेढ दुई सय गिद्ध आउँथे। २-३ घण्टामै सिनो खाएर हाड र छाला मात्र बाँकी राख्थे। गिद्ध घटेर सिनो खाएर वातावरण सफा गर्ने समय पनि बढ्यो बास्तोलाले सुनाए।
मरेको गोरु खान अघिल्लो दिन १२ बजे देखि सिनोमा गिद्ध झरेको स्थानीय मित्रप्रसाद बास्तोलाले सुनाए। १५-२० वर्ष पहिले सिनोमा डेढ दुई सय गिद्ध आउँथे। २-३ घण्टामै सिनो खाएर हाड र छाला मात्र बाँकी राख्थे। गिद्ध घटेर सिनो खाएर वातावरण सफा गर्ने समय पनि बढ्यो बास्तोलाले सुनाए।
पहिले भैँसी, गाई, गोरुकालागि पोखरामा चरन क्षेत्र हुन्थ्यो। खेतबारी, चौरमा मरेका जनावर गिद्धले खान्थे। चौरमा रहेका ठुला सिमलका रुखमा बस्थे। हिजो आज विकाससँगै चौर, खेत र सिमलका रुखहरू हराए। चरन क्षेत्र हरायो। गिद्धले खाने आहारा र वासस्थान कम हुँदै गएकोले गिद्ध हराउँदै गएको फुस्रे खोलामा माछा मार्दै गरेका कुमार आले मगरले सुनाए।
सिना भएको फुस्रे खोला किनारमा धान रोप्ने, माछा मार्नेको बाक्लो चहलपहल थियो। खोला नजिकै बस्ती पनि छ। गिद्धले सिनो खाँदै गर्दा कुकुर झम्टन पुग्थे । गिद्ध उडेर टाढा भाग्थे। ठुला गिद्ध पनि साना कुकुरको धम्की सँग डराएर भाग्थे। ठुला गिद्ध साना कुकुरसँगै डराएर नजिकैका सिमलको रुखमा बस्न पुग्थे। सिनो खान कुकुर डिस्टर्ब गर्दा र मान्छेको चहलपहलका बिच दुई दिनमा गिद्धले हाड र छाला मात्र बाँकी राखेर वातावरण सफा बनायो । सिनोको गन्ध हरायो। गिद्धको भोको पेट भरियो।
सिनो गिद्धले खाएपछि मानिस र जनावरका फैलन सक्ने सङ्क्रामक रोग पनि फैलन पाएन। गाउँ, खोला नजिकैका यस्तो सिनोबाट मानिसमा रेबिज, प्लेग, हैजा, आउँ, झाडापखाला र पशु चौपायाहरूमा एन्थेक्स, ब्रुसेलोसिस र क्षयरोग जस्ता रोगहरू निम्त्याउन सक्छ। गिद्धले सिनो खाएर यस्ता रोग फैलनबाट जोगाउँदै आएका छन्। यही दृश्य फुस्रे खोला किनारमा देखियो।
गिद्ध मांसाहारी प्राणी हो तर सिकार गर्दैन। जनावरको मृत्यु कुर्छ तर भोक मेटाउन सजीव प्राणीलाई झम्टदैन्। शरीर र पखेटा ठुला भएका। घाँटी लामो, टाउको खुइलिएको सामान्यतया गिद्ध यस्तै हुन्छन्। नेपालमा पाइने ९ प्रजातिका गिद्धमा सेतो गिद्ध र हाड फोर गिद्ध भने चील जस्तै देखिन्छन्। यिनीहरूको अरू ७ प्रजातिका गिद्धका जस्तो घाँटी लामो र टाउको खुइलिएको भने हुँदैन। सेतो गिद्ध परिपक्व हुँदै गएपछि प्वाँख र ठुडको रङ परिवर्तन हुँदै जान्छ। प्वाँख खैरोबाट सेतो हुँदै जान्छ भने ठुड पहेँलो हुँदै जान्छ।

हाड फोर गिद्धले मरेका जनावरको हाड खुट्टाले बोकेर उड्दै चट्टानमा बजारेर हाडसँगै तल झर्छ र हाडभित्रको मासी खान्छ। यस प्रजातिको गिद्धको ठुड भन्दा मुनी दारी जस्तो रौँ हुन्छ। यसैले यस हाड फोर गिद्धलाई अङ्ग्रेजीमा बियरडेड भल्चर भनिन्छ।
विश्वका २३ प्रजातिका गिद्ध पाइन्छन्। दक्षिण एसियामा ९ प्रजातिका। नेपालमा पनि ९ प्रजातिकै गिद्ध पाइन्छन्। पोखरा गिद्ध र महाचिलकालागि स्वर्ग नै भएको चरामा विद्यावारिधि गरेका डा. हेमसागर बराल बताउँछन्। पोखरामा नेपालमा पाइने ९ प्रजातिकै गिद्ध पाइन्छन्।
सिनो खाएर तिनमा हुने कीटाणु गिद्धले पचाउन सक्छ। यसैले सिनो व्यवस्थापन गिद्धले सहज रूपमा गर्दै आएको हो। यसरी फुस्रे खोलामा खोलाले बगाएर मिल्काएको सिनो गिद्धले नखाएर कुकुर, स्यालले खाँदा कुकुर स्याल हुँदै मान्छेमा रेबिज सङ्क्रमण बढ्न सक्थ्यो। खोला र बस्ती नजिकै भएकोले झाडापखाला लाग्न सक्थ्यो। रेबिज र झाडापखाला मात्र होइन अन्य रोग पनि जनावर र मानिसमा सर्थे। यसैले गिद्ध मानिस र जनावरको स्वास्थ्यकालागि महत्त्वपूर्ण पन्छी हो । गिद्ध संरक्षण गरौँ, वातावरण जोगाउ, मानव र जनावरलाई लाग्ने रोगबाट जोगाउ।




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…