
धवल अन्नपूर्णाको हृदयोत्पन्न नारा हो सेती गण्डकी
अविचल अनि अक्षय आस्थाको भारा हो सेती गण्डकी
तिमी यस्को प्रवाहलाई अनादर गर्ने प्रयास नगर
युगौंयुगदेखिको सतत जीवनधारा हो सेती गण्डकी ।
अन्धविश्वास होइन सद् धर्मोत्पन्न नारा हो सेती गण्डकी
मनुष्य जीवनका लागि अत्युक्तम भारा हो सेती गण्डकी
धरतीमा फुक्दै, गहिरिदै बग्नुको अर्थ बुझ्न सक्यो भने
चर्मचक्षुले पनि देखिन्छ, मातृ दुग्धधारा हो सेती गण्डकी ।
जन्मदेखि मृत्युसम्म समयोत्पन्न नारा हो सेती गण्डकी
कुन सृष्टिबाट अवतीर्ण दिब्य भारा हो सेती गण्डकी
हृदयको रक्तप्रवाह विना कहाँ जीवन चल्नसक्छ र
यस्तै यस कर्मभूमिको लागि अमृतधारा हो सेती गण्डकी ।
स्थावर–जङ्गमभित्र प्रेमोत्पन्न नारा हो सेती गण्डकी
विनाश हैन जीवन–सिर्जनाको भारा हो सेती गण्डकी
हिमाली करूणाको रसलाई डकैती नगर्नु कसैले
सौन्दर्य शक्तिको अनुपम प्रेमधारा हो सेती गण्डकी ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…