
मध्यपुरथिमि: भक्तपुरको नगरकोट, तेलकोट र छालिङलगायतका क्षेत्रमा बँदेलले मकै नष्ट गरिदिएपछि किसान समस्यामा परेका छन् । ती क्षेत्रका सयौँ रोपनी जग्गामा लगाइएको बालीलाई जङ्गली बँदेलले नष्ट गरिदिने गरेको उनीहरुको गुनासो छ ।
हरेक वर्ष बँदेलले मकै, कोदो, आलुलगायतका बाली नोक्सान गरेको तेलकोट छालिङका श्याम पुरीले जानकारी दिनुभयो ।
रात परेपछि बँदेलको समूह नै मकै बारीमा पसेर मकै खाने र नष्ट गरिदिने गरेको उहाँले बताउनुभयो। डिभिजन वन कार्यालय तथा नगरपालिकालाई पटकपटक नियन्त्रण गर्न आग्रह गरिएकामा हालसम्म सम्बोधन नभएको उनीहरुको गुनासो छ ।
चाँगुनारायणका बद्री अधिकारीले जङ्गलबाट राति आउने बँदेलको झुण्डले आलु, कोदो मकै खाइदिने गरेको र थाल ठटाएर भगाउने गरे पनि दुःख दिन नछाडेको बताउनुभयो ।
नगरकोटका सन्त लामा भन्नुहुन्छ, ‘मकै खान बँदेल राति आउँछ । बँदेलको झुण्ड एकैपटक मकै बारीमा छिरेर मकै खाने र नष्ट गर्छ । राति थाल बजाएर धपाउनुपर्छ, डर हुन्छ।‘ बँदेलले बाली नष्ट गरेको क्षतिपूर्ति पाउनुपर्ने यहाँका किसानको माग छ । रासस
(सांकेतिक तस्बिर)



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…