अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला मुख्यमन्त्री


     नेचर न्युज    
     भाद्र २ गते २०७८ मा प्रकाशित


नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छन् । शाक्यले आजै प्रदेश प्रमुख विष्णु प्रसाईंबाट पद तथा गोपनियताको सपथ लिएकी छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आज साँझ आयोजित सपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेललगायत प्रदेशका विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो । शाक्य यसअघि नेपाल सरकारको उद्योग र महिल, बालबालिका तथा समाज कल्याणमन्त्री इकसेकी छन् । शाक्य देशकै पहिलो महिला मुख्यमन्त्री बन्न पनि सफल भएकी छन् ।

नवनियुक्त मुख्यमन्त्री शाक्यको जन्म विसं २०११ को दशैँको अष्टमीका दिन काठमाडौँमा भएको थियो । आमा बुबाका आठ सन्तानमध्ये शाक्य दोस्रो सन्तान हुन्। आजै प्रदेश प्रमुख प्रसाईंले नेपालको संविधानको धारा १६९ को १ को ९क० बमोजिम प्रदेशका मुख्यमन्त्री पौडेलले दिएको राजीनामा स्वीकृत गरेका थिए । रासस