
सडकमा पैसा भेटियाे । त्याे पनि ५० हजार रुपैयाँ । अब के गर्ने ? यस्ताे बेलामा धेरैले आआप्नै तर्क, योजना बनाउलान । कसैले सडकमा भेटिएको पैसा त हो भन्दै आफै केमा खर्च गर्ने भन्ने योजना बुन्लान । त कसैले पैसा खसाल्ने मान्छे आफू नै भए कस्तो होला ? भन्ने प्रतिप्रश्न आफैलाई गर्लान फिर्ता गर्ने योजना बुन्लान । हो पोखरा ६ बैदामकी सृजनाले हराएको मान्छे भेटेर पैसा फिर्ता दिने योजना बुनिन् ।
पोखरा ६ बैदाम शान्तिपथ मार्गमा साउन १८ गते स्थानीय सृजना पराजुली बरालले नगद ५० हजार रुपैयाँ भेटिन । भेटिएको उक्त रकम सुरुमा फेसबुक ग्रुपहरुमा हराउने सम्म खवर पुगाेस भनेर फेसबुकमा राखिन। फेसबुकमा राख्दा कोही प्रमाण लिएर पैसा लिन आइपुगेन । त्यसपछी सृजनाले प्रहरीलाई बुझाएकाे बताएकी छन् ।
लेकसाइड शान्ति पथकी मनकारी सृजना पराजुली बरालले भेटेको उक्त रकम जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा र कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमाललाई हस्तान्तरण गरेकी हुन् । उक्त रकम स्कुटरबाट खसेको बरालले उल्लेख गरेकी छन् ।
बरालले सडकमा भेटेको भन्दैमा अरूको पैसा आफै प्रयोग नगर्न पनि सुझाइन् । कसैको समान भटे फिर्ता गर्न पनि उनले सबैमा आग्रह समेत गरिन । उक्त रकम जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । प्रमाण सहित लिन आउने सम्बन्धित व्यक्तिलाई ५० हजार रुपैयाँ फिर्ता गरिने कास्की प्रहरी प्रवक्ता हमालले बताए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…