
नेपाली युवा पछिल्लाे समयमा चरा हेर्ने, चराकाे तस्बिर खिच्न तर्फ आकर्षित हुँदै गएका छन् । युवाहरु फरक फरक चराकाे तस्बिर खिच्न रुचाउँछन् । काेही युवा भने आफूलाई मनपर्ने कुनै चरा हेर्न टाढा टाढासम्म पुग्छन् । मान्छेलाई आ-आफ्नै कारणले फरक फरक चरा मन पर्छ । सबै मान्छेलाई एउटै चरा मन पर्ने कुरै भएन ।
विदेशी पर्यटक पनि नेपालमा चरा हेर्न आउँछन् । युराेप, अमेरिकन पर्यटक चरा हेर्न बढी रुचाउँछन् । पछिल्लाे समयमा चिनियाँ पर्यटक पनि चराकाे तस्बिर खिच्न मात्र पनि नेपालमा आउने गरेका छन् । काेराेना कहरले अहिले भने पर्यटन उद्याेग ठप्प छ । चरा मन पराउने विषयमा मेराे धारणा भने यस्ताे छ ।
मलाई मनमर्ने चरा हो, गिद्ध । सिनो खाएर मानिसमा रेविज, प्लेग, हैजा, आउँ, झाडापखला र पशुचौपायाँमा एन्थेक्स, ब्रुसेलोसिस र क्षयरोग जस्ता रोगको संक्रमणले निम्त्याउन सक्ने महामारीबाट बचाउँछ, गिद्धले । समाजमा गिद्धलाई खराब मान्छेसँग तुलना गर्दा भने दिक्क लाग्छ । गिद्धलाई मानिसले फोहोरी, हिंस्रक र घिनलाग्दो चराको रुपमा हेर्छन्। यसैले नेपालीहरु घर वरपर गिद्ध देखिए र घरको छानोमा गिद्ध बसे अशुभ मान्छन्। स्वस्तीशान्ति नै गर्छन्। गिद्ध वास्तवमा फोहोरी पंछी नभएर सिनो खाएर वातावरण सफा गरी मानवलाई लाग्ने विभिन्न घातक रोगबाट जोगाउने गुनकारी पंछी हो ।
गिद्धले सिनो खाएर वातावरण स्वच्छ, सफा र सन्तुलित राख्छ। यसैले गिद्धलाई प्रकृतिको कुचीकार भनिन्छ। गिद्धले मानिसभन्दा ८ गुणा टाढासम्म देख्छ। सिनो खाई हाम्रो वरपरको वातावरण प्रदूषित हुनबाट जोगाउँछ। सिनोबाट हुने दुर्गन्धित अवस्था हुन दिँदैन। विभिन्न रोग फैलनबाट रोकी पर्यावरणीय चक्र खाद्यशृंखलाको सन्तुलन र गतिशीलताको संवाहकको रुपमा भूमिका निर्वाह गर्छ।
धार्मिक आस्थासँग पनि गिद्ध जोडिएको छ। शनि देवताको बाहनको रुपमा पनि गिद्धलाई पुजिन्छ। गिद्धका यिनै गुनका कारण गिद्ध पुजनीय भएकाे हाे । धर्मले सरक्षण गर भनेकाे हाे । तर मान्छे गर्छ अर्काे । गिद्ध मांसहारी पंछी हो तर सिकार गर्दैन। गिद्धले घाइते जनावरको मृत्यु कुर्छ तर जिउँदै लुछ्दैन। गिद्धले मरेको जनारको सिनो खाएर वातावरण सफा गर्छ।
गिद्धले मान्छेभन्दा ८ गुणा बढी टाढाको बस्तु नाङ्गो आँखाले देख्छ। आफ्नो आहारा कोसौं टाढाबाटै गन्धबाट थाहा पाउँछ। लंकाका राजा रावणले सीतालाई हरेर लैजादै गर्दा सीतालाई छुटाउन गिद्धले रावणसँग आकाशमा संघर्ष गर्दा पखेंटा काटिनु परेको र वीरगति पाएको रामायणमा उल्लेख छ। यसैले गिद्ध सत्य र न्यायको पक्षमा लड्ने मांसहारी तर अहिंसाको पुजारी पंछी हो। गिद्धका यिनै गुण खराब मान्छेसँग तुलना गर्न उपयुक्त, मानिँदै आएका हुन् त ?
कोरोनाको कारण मृत्यु त्रास बढेको बेलामा यस्ता गुनकारी पंछी र पृथ्वीमा रहेका अन्य जीवको संरक्षणमा लाग्ने दायित्व बढेर गएको छ । मान्छेले पृथ्वीका अरु समस्त प्राणीमाथि अन्याय गरिरहेको छ । वैज्ञानिक भन्छन्, ‘यस्तै व्यवहारले मान्छेले पछिल्ला दिनहरुमा कोरोनाभन्दा जटिल रोगसंग जुध्नु पर्नेछ ।’




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…