
विश्वको सातौं अग्लो धौलागिरी हिमालको शिखरमा पहिलो पटक नेपाली महिलाको पाइला परेको छ । फोटो पत्रकार पूर्णीमा श्रेष्ठ र पासाङ लामु शेर्पा अंकिताले पहिलो पटक धौलागिरी हिमालको सफल आरोहण गरेर शिखर चुमेका हुन् ।
सफल आरोहण संगै पहिलो पटक नेपाली महिलाले धौलागिरी हिमालको आरोहण गर्ने किर्तिमान उनिहरुले बनाएका छन् । सेभेन समिट टे«किङ कम्पनीमार्फत श्रेष्ठ र शेर्पा असोज २ गते ८ हजार १ सय ६७ मिटर उग्लो धौलागिरी हिमालको आरोहणकालागि मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर आरोहणकालागि गएका थिए । पूर्णिमासहित २० जनाले आप्नो कम्पनीबाट शुक्रबार बिहान ५ बजे धौलागिरि हिमालको सफल आरोहण गरेको सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले बताएका छन् ।
यस अघि श्रेष्ठ र शेर्पा दुबै जनाले ८ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम एकै पटक आरोहण गरेर किर्तिमान कायम गरेका थिए । पेम्बार शेर्पाको सहयोगमा पत्रकार पूर्णीमाले सफल अरोहण गरेकी हुन् । पूर्णीमाले यस अघि सनु २०१८ मा सगरमाथा, स्न २०१७ मा मनास्लु र सन् २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन् । पासाङ विश्वकै दोस्रो सर्वोच्च शिखर माउन्ट के-२ लगायत चढ्ने प्रथम नेपाली महिला आरोही पनि हुन् ।

श्रेष्ठ र शेर्पा सहित ४ नेपाली महिलाले गत वर्ष अन्नपूर्ण प्रथम हिमालको सफल अरोण पछि धौलागिरी हिमालको अरोहण गर्न तयारी गरे पनि मौसमका कारण सफल हुन सकेको थिएन । आरोहणमा सहभागी माया शेर्पा लगायतले सफल अरोहण गरे नगरेको पुष्टि हुन बाँकी छ । माया शेर्पाले पनि गत वर्ष नै अन्नपूर्ण हिमालको सफल आरोहण गरेकी थिइन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…