
मानव खप्पर र हड्डीको पनि तस्करी भएको पाइएको छ । भारतबाट नेपालतिर मानव खप्पर एवं हड्डी तस्करी भएर आएको पाइएकाे हो । हालै सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको वस्तु अनुसन्धानबाट मानव खप्पर एवं खुट्टा र हातको नली हड्डी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विराटनगर महानगरपालिका १५ बाट सोमबार राति खप्परजस्तो देखिने २८ पिस र नली खुट्टा एवं हातको हड्डीजस्तो देखिने वस्तु १० पिस सशस्त्र प्रहरी बलले बरामद गरेको थियो । भारतको जोगवनीबाट नेपाल प्रवेश गरेको को २ च ९६४८ नम्बरको मारुती भेनलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटमा रोकेर चेकजाँच गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताएका छन् ।
सशस्त्र प्रहरीले चेकजाँच सुरु गरेपछि सवारी चालक भागेका थिए । बरामद गरेको वस्तु सुरुमा कछुवाको ढाडको हड्डी र वन्यजन्तुको नली र खुट्टा भएको अनुमान गरिएको थियो । जाँचबुझ गर्न वन्यजन्तु विज्ञ, चिकित्सक, वनका कर्मचारी र प्रहरीको संयुक्त टोली खटिएका थिए । प्रारम्भिक अनुसन्धानबाट उक्त वस्तु वन्यजन्तुको अंग नभएको निस्कर्ष निकालिएको बताइएको छ। डिभिज वन कार्याल मोरङले बरामद भएको वस्तु वन्यजन्तुको अंगसँगै नमिल्ने बताएको छ । प्रारम्भिक अनुसन्धानबाट मानव शरीरमा भएको अंगसँग मिल्दोजुल्दो भए पनि थप अनुसन्धानपछि मात्रै यकिन हुने बताइएको छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…