
वीरगञ्ज मुर्ली नवकाटोला ईदगाहामा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ । भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनको शव प्रहरीले नियन्त्रणमा लिएको हो । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि ९ जनालाई नियन्त्रणमा लिएको छ ।
जस मध्य १ जना नेपाली र ८ जना भारतिय रहेको पर्सा प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेकोले उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएकोले घटना लुकाउन हतारमा शव गाड्न खोजेको भन्ने सूचनाको आधारमा शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।
‘शंकास्पद हर्कत भइरहेको सूचना पायौं । शव गाड्न लागेको बेलामा गएर ल्याएका छौं’ उनले भने ‘शव पोष्टमार्टमका लागि पठाएका छौं । थप अनुसन्धान भइरहेको छ । ’परिवारका सदस्यले भने युवतीको शरीरमा देखिएको दादको उपचार गर्ने क्रममा दिइएको औषधिका कारण समस्या भएको बताएका छन् । भारतको बेतिया लगेर दादको उपचार गराउँदा चलाएको औषधि खाएपछि जिउ सुन्निएको र रक्तस्राव भएको उनीहरूको तर्क छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …