
सिरियाको जंगलमा सन् २०२० मा डढेलो लगाउने २४ जनालाई सिरियाको सरकारले फाँसीको सजाय दिएको बताएको छ । सिरियाको न्याय मन्त्रालयले हालै जारी गरेको विज्ञप्तीमा गत वर्ष जंगलमा डढेलो लगाउने २४ जनालाई अपराधी ठहर गर्दै फाँसीको सजाय दिएको बताएको हाे।
डढेलो लगाउन मद्दत गर्ने अन्य ११ लाई जन्म कैदको सजाय सुनाएको बताइएको छ । बाँकी ५ जनालाई १० देखि १२ वर्षसम्मको जेल सजाय सुनाएको मन्त्रालयको जनाएको छ । गत वर्ष सेप्टेम्बर र अक्टोबरमा सिरियाको उत्तरपश्चिम क्षेत्रको जंगलमा विनाशकारी डढेलो लागेको थियो । डढेलोबाट ३ जनाको मृत्यु भएको थियो । डढेलोपछि त्यहाँको जमिनमा हालसम्म खडेरी देखा परेको बताइएको छ ।
सिरियाको मानव अधिकार संस्थाहरुले २४ जनालाई मृत्युदण्ड दिएको खवर स्तब्ध पार्ने खालको भएको बताएका छन् । डढेलाेकाे कारण मान्छेकाे ज्यान गएकाे, सरकारी सम्पती आगोलगाएर ध्वस्त बनाएको लगायतका आरोप उनिहरुलाई लागेको थियो । समाचार तस्बिर सिरियामा सन् २०२० मा लागेकाे डढेलाे नियन्त्रण गर्दै सिरियाका सेनाकाे तस्बिर हाे । याे तस्बिर राेयटर्सबाट लिइएकाे हाे ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…