
सप्तरीको शम्भुनाथ नगरपालिका कठौनामा गाडीको ठक्करबाट निलगाईको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कठौनामा एउटा निलगाई बुधबार बिहान मृत अवस्थामा फेला परेको हो ।
निलगाई सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिँदा मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ ।
घटना घटाउने गाडीका चालक गाडीसहित फरार रहेको बताइएको छ । चालकको खोजी भइरहेको प्रहरीले बताएको छ । मृत निलगाईलाई प्रहरीले शम्भुनाथ सबडिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । मृत निलगाईलाई आवश्यक प्रक्रिया पुरा गेरेर व्यवस्थापन गरिने डिभिजन वन कार्यालयले बताएको छ । तस्बिर : निलगाईकाे फाइल तस्बिर हाे ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…