
पोखरा : वर्षा रोकिएपछि पोखराका किसानलाई धान काट्ने चटारो सुरु भएको छ । बेमौसमी वर्षाको कारण चाडै पाक्ने हाइब्रिड धान काट्न ढिलाभएको थियो ।
एक हप्ता अघि काटीसक्नु पर्ने धान झरीको कारण काट्न ढिलाइभएको कारण खेतमै झर्न सुरु भएको पोखरा २५ हेमजाकी किसान विष्णुमाया तिमिल्सिनाले बताइन् ।बेमौसमी वर्षाको कारण पोखरा महानगरपालिकामा ५ सय रोपनी क्षेत्रफलको धान काटेर खेतमा सुकाएको अवस्थामा झरीले भिज्दा क्षति पुगेको छ ।

यसै गरी जेठोबुढो, गुर्द्धी लगायत १२ यस रोपनी क्षेत्रफलमा लगाएको धान ढलेको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरपालिकामा २५० टन जति धानबालीमा क्षति पुगेको उनले बताए । दसैं अघि धान काटेर खेतमा सुकाएको धान निरन्तरको वर्षाले खेतमै धान उम्रेर नोक्सान भएको थियो ।





यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…