
पोखरामा बुधबार अस्ताउँदाे सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएकाे ५ । यहाँकाे फेवाताल किनारमा छठ पर्व मनाइएको हाे पोखराको केदारेश्वर मन्दिर नजिकै फेवा किनारमा २०६८ साल देखि निरन्तर रुपमा छठ पर्व मनाउन थालिएको हो ।
कात्तिक शुक्ल षष्ठी तिथिका दिन धुमधामका साथ छठ पर्व मनाइन्छ । यो पर्व नेपाल र भारतमा मनाइन्छ । यस पर्वमा सूर्यको उपसना गरी छठी माताको पूजा गरिन्छ । साँझ अस्ताउँदो र भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ सर्पण गरेर विसर्जन हुने गर्छ ।
फेवाताल किनारमा नेपाली र भारतीय गरी करिव ६ सय जनाले छठी माताको पूजा गरेको छठ पर्व पूजा समितिका संयोजक विश्राम कुश्वाहाले बताए । पछिल्लो समयमा पोखरेली पनि छठ पर्वमा सहभागी भएर पूजा गर्ने क्रम सुरु भएको उनले बताए ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…