
पानी बिना सजीव प्राणीको कल्पना पनि गर्न सकिँदैन । पृथ्वी जीवनकालागि अद्भुत र महत्त्वपूर्ण हुनु नै पानी हुनुका कारण हो । यसैले पानी जीवन हो ।पृथ्वीमा रहेका पानीका स्रोत सिमसार यस कारणले मानिका लागि मात्र होइन सम्पूर्ण प्राणी जगतका लागि महत्त्वपूर्ण छ ।
पानीको शुद्धीकरण, मानवीय स्वास्थ्य र पर्यावरणीय सन्तुलनका लागि सिमसारले योगदान दिइरहेको छ । यसैले पानी शुद्धीकरणको लागि सिमसारको महत्त्वपूर्ण भूमिका रहेको छ । छिपछिपे पानी दलदल, धाप, मूलबाट बगेर शुद्धीकरण हुँदै थोपा थोपा पानी मिसिएर ताल बनेको हुन्छ । यसै गरी खोला, नदी र पोखरी बनेका हुन्छन् । पछिल्लो समयमा देशभरका ओसिलो, धापिलो, दलदले सिमसार क्षेत्र पुरेर घरघडेरी बनाउने क्रम बढेको छ । सडक बनाउने क्रममा ताल, मूल, खोलाको मुहानमा डोजर चलाएर मूलहरू खलबल्याइएको छ ।
पहिरोको जोखिम बढाइएको छ । यसैले वर्षा याममा ९ तालको सहर पोखराका तालहरू पुरिने क्रम बढ्दो छ । देशका अन्य सिमसार क्षेत्र पनि उतिकै जोखिममा परेका छन् । सिमसार क्षेत्रको संरक्षणमा राज्यबाट जसरी ध्यान दिनु पर्ने हो त्यो रूपमा ध्यान नपुग्दा सिमसार क्षेत्र जोखिममा परेको सिमसार विज्ञ डा दीपेन्द्र जोशी बताउँछन् । तालको मुहानमा पर्यावरणीय जोखिमको अध्ययन नै नगरी डोजर चलेका छन् । ताल वरपर पर्यापर्यटनको नाममा पोखराका तालहरूमा सडक खनिएको छन् । गुँदे तालमा त पानीमै माटो खनाएर बाटो बनाइएको छ ।

ताल वरपर पर्खाल र बाँध लगाएर पोखरीमा परिणत गरिएको छ । यसैको कारण जमिन र पानी दुवै ठाउँमा बस्ने भ्यागुता जस्ता प्राणीकालागि पर्खाल फड्केर जमिनमा आउन र तालमा फर्कन सकस बन्दै गएको छ । तालको वरपर पर्यापर्यटन विकासको नाममा बनेका बाटोका कारण सवारी साधन गुड्दा र मानिसका गतिविधि बढ्दा चराका वासस्थान खल्बलीएको छ । यस्ता गतिविधिले पोखराका खास्टे, न्युरेनी, गुँदे, दिपाङ, मैदी, फेवाताल पानी चराको चरीचरणमा बाधा पुगेको चरा विज्ञ बताउँछन् ।
यसैले हिउँदमा जाडो छल्न पोखराका तालहरूमा आउने पाहुँना चराको आगमनमा प्रत्येक वर्ष ठूला सङ्ख्यामा कमी भएको सन् २००४ देखि पोखराका तालहरूमा चरा गणना गर्दै आएका चरा विज्ञ झलक चौधरी बताउँछन् । सन् २००४ को दर्शकमा ५ हजार भन्दा बढी पानी चरा देखिने पोखरा उपत्यका तालमा पछिल्लो समयमा यस्तै गतिविधिले घटेर ३ हजार वरपरको सङ्ख्यामा मात्र देखिने गरेको उनले सुनाए । पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे पनि झलककै भनाइमा सहमत छन् । पोखरा उपत्यकाका फेवा, बेगनास, रुपा, खास्टे, न्युरेनी, गुँदे, दिपाङ, मैदी र कमलपोखरी विश्व सिमसार दिवस २०७२ मा रामसारमा सूचीकृत भएका हुन् । अन्तर्राष्ट्रिय करण गर्ने तर त्यसको मर्म अनुसार संरक्षणमा ध्यान नदिँदा पोखरा उपत्यकाका तालहरू जोखिममा परेको सिमसार विज्ञ डा जोशी बताउँछन् ।

नेपालका १० सिमसार क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वको रामसारमा सूचीकृत छन् । ६० हजार ५ सय ६१ हेक्टर क्षेत्र रामसारमा पर्छ । सिमसारले मात्रै मुलुकको ७ लाख ५० हजार हेक्टर करिब ५ प्रतिशत ढाकेको छ । पहिरो पटक सन् १९८७ डिसेम्बर १७ मा कोसीटप्पु वन्यजन्तु आरक्षणलाई रामसारमा सूचीकृत गरिएको थियो । बीसहजारी तथा आसपासका तालहरू, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, रारा, फोक्सुन्डो, गोसाइँकुण्ड तथा आसपासका तालहरू, गोक्यो तथा आसपासका तालहरू, माई पोखरी र पोखरा उपत्यकाका ९ तालहरू रामसारमा पर्न सफल भएका छन् ।

पानीको शुद्धीकरणको मामलामा सिमसारलाई मानिसको शरीरको मिर्गौलासँग दाँजिन्छ । सिमसार धर्तीको मिर्गौला हो । जसरी मिर्गौला फेल भएपछि मानिसको जीवन जटिल बन्छ, त्यसरी नै सिमसार बिग्रे धर्तीको सन्तुलन खलबलिने मात्र होइन मानिस र सम्पूर्ण प्राणीको अस्तित्व पनि धरमराउँछ । यसैले सिमसार संरक्षणमा सबै आआफ्नो ठाउँबाट जुट्नुको विकल्प नरहेको सिमसार विज्ञ बताउँछन् । नेपालको दोस्रो ठूलो र कास्कीको सबैभन्दा ठूलो फेवाताल, सेती नदी र तालमा मिसिन फिर्के खोला, बुलौदी खोला पोखरा बजारको फोहोर पानी र फोहोर बिर्सजन गर्ने स्थलको रूपमा परिणत भएका छन् ।
यसैले तालहरू प्रदूर्षणको मारमा पनि परेका छन् । पानीका स्रोतहरूलाई थिच्दै र मिच्दै बस्ती बसालिनु आफ्नै अस्तित्व सङ्कटमा धकेल्नु हो । यसतर्फ सबै सचेत हुनुपर्छ । राज्य सञ्चालन गर्ने सरकार अझै धेरै सचेत भएर सिमसार क्षेत्रको संरक्षण गर्न तीनै तहका सरकारले योजना बनाएर कार्यान्वयनमा लाग्न ढिला गर्नु हुँदैन । पानीको स्रोत समाप्त भएर प्राणी जगत् काकाकुल हुने अवस्था आउने गरी बेलाघरकेपछि छटपटाउनुको कुनै अर्थ रहँदैन । यसैले दलदल, पानी, पोखरी र खोला संरक्षण गरे सर्वहित होला भन्ने यस वर्षको सिमसार दिवसको नारालाई मनन गर्दै संरक्षणमा जुट्न ढिलाई गर्नु हुँदैन ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…
नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को…