
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण धन, जनको क्षति भएको छ । पहाडी र तराईका जिल्लामा वर्षाका कारण बाढीपहिरो जाँदा हिमाली जिल्ला मनाङ मुस्ताङमा भने शुक्रबारदेखि हिमपात भएको छ ।
हिमपातका बिच पदयात्रामा रहेका पर्यटक मनाङ हुँदै ५ हजार ४ सय १६ मिटर उचाइको थोरङ्ला पास गरेर मुस्ताङ पुगेका छन् । हिमपातका कारण चिसो मौसममा चिसो हिउँ छिचोल्दै पर्यटकहरू अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा गरेका हुन् । पुस, माघ र कहिलेकाहीँ फागुनमा हुने हिमपात यसपटक पहाड र तराईमा ठूलो वर्षा सँगै हिमाली क्षेत्रमा असोजमै हिमपात भएको छ ।
यस अघि २०७१ मा पनि असोजमा हिमपात भएको थियो । त्यति बेला आँधी सहितको हिमपातका कारण धेरै पर्यटकको ज्यान समेत गएको थियो । स्थानीयका अनुसार मनाङ जिल्लाको ङिस्याङ गाउँपालिकाको हुम्डेदेखि माथिल्लो क्षेत्र र नार्पाभूमि गाउँपालिकामा हिमपात भएको हो । हिउँ पर्दा हिमालपारिका नार र फू गाउँ पनि सेताम्मे भएका छन् । हिमपातको कारण केही पर्यटक भने फर्किएका छन् । पर्यटकलाई मौसमी अवस्था बुझेर मात्र अघि बढ्न र अन्यथा सुरक्षित स्थानमा बस्न सुझाएका छन् ।

तस्बिरहरु: टेक घर्ती मगर



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…