
पोखरा : चीनमा ह्यसमन मृटाप्युमो भाइरस (एचएमपीभी) नामक नयाँ संक्रमण फैलिएको छ । एचएमपीभी भाइरस फैलिएपछि कोरोना जस्तै भयानक त हुने होइन भन्ने प्रश्न उठ्न थालेको छ । चिनियाँ अस्पतालमा बिरामी भरिभराउ भएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । यसले कोरोना जस्तै भयानक त हुँदैन भन्ने चिन्ता बढाएको छ ।
भारतमा पनि यस संक्रमण देखिएपछि नेपाल लगायत छिमेकी देशहरुमा चिन्ता बढाएको छ । एचएमपीभीका बिरामीहरु प्लु जस्तै लक्षण देखिएका छन् । चीनका स्वास्थ्य अधिकारीहरुले यो भाइरससँग लड्न केही प्रोटोकल लागू गरेका छन् । नेपालका स्वास्थ्य अधिकारीले भने अहिले फैलिएको भाइरस नौलो नभएको बताएका छन् । यस अघि सन् २०११ देखि २०१४ सम्म भएको अध्ययनले नेपालका बालबालिकामा यो संक्रमण पुष्टि भइसकेको देखाएको बताइएको छ । चीनमा मान्छेहरुको स्वास्थ्य अवस्था बिग्रनुमा यसलाई कारक मानिएको हो भने यस भाइरसको स्वरुप परिवर्तन भएको हो ? भन्ने प्रश्न नेपालका स्वास्थ्य अधिकारीले गरेका छन् ।
यो श्वासप्रश्वासमा संक्रमण गर्ने भाइरस भएको बताइएको छ । यसको प्रभाव सामान्यतया जाडो र वसन्तमा बढी देखिने पनि स्वास्थ्य अधिकारीले बताएका छन् । साइन्स डाइरेक्टमा प्रकाशित एक रिपोर्ट अनुसार यो भाइरस वषौंं पहिले चराबाट फैलिएको मानिन्छ । यो भाइरसले सबैभन्दा बढी बालबालिका प्रभावित हुन्छन् । यसको साथै वृद्धवृद्धा, दीर्घरोग भएका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा पनि यसको जोखिम बढी हुने स्वास्थ्य अधिकारीले बताएका छन् ।
यस भाइरसको लक्षण नाकबाट पानी बग्ने घाँटी दुख्ने, टाउँको दुख्ने, थकान, खोकी लाग्ने, ज्वरो आउने वा चिसो लाग्ने र सास फेर्न गाहे हुने जस्ता लक्षण देखिन्छ । यो संक्रमण मुख्यतया खोकी र हाच्छियुँ गर्दा निस्कने थुकको कणबाट मानिसमा सने र सङ्क्रमित गराउछ् । हात मिलाउँदा, अँगालो हालेर वा एक अर्कालाई छुँदा पनि यो संक्रमण फैलन सक्ने भएकोले यस तर्फ ध्यान दिनु पर्ने स्वास्थ्य अधिकाीले बताएका छन् ।



पोखरा : जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा प्रकृति प्रकोपका घटना बढ्न थालेको विषयमा पोखरामा सम्पन्न भएको अन्नपूर्ण जलवायु सम्मेलनले…
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…