नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ


     नेचर न्युज    
     भाद्र २७ गते २०८२ मा प्रकाशित


नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्याल शितल निवासमा शुक्रबार पद तथा गोपनियताको शपथ लिएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका छन्् । कार्कीले शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।

शपथग्रहण कार्यक्रममा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह रात मञ्चमा थिए । सभामुख, उपसभामुख, एवं प्रतिपक्षी दलका नेता माञ्चमा थिएनन् । शपथग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, मुख्यसचिव, प्रधान सेनापति , कुटनीतिक नियोगका प्रमुखहरु लगायतका व्यक्ति उपस्थित थिए ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई पद तथा गोपनियताको शपथ गराउँदै राष्ट्रपति रामचन्द्र पौडेल ।