
दाङ जिल्लाको लमहीमा भएको १३ औं लाटोकोसेरो संरक्षण उत्सवमा चार संरक्षणकर्मीलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको छ। यस वर्ष प्रकृति संरक्षण पुरस्कारबाट नर्वेजियन प्राणीशास्त्री र अन्तर्राष्ट्रिय रूपमा सम्मानित उल्लू अनुसन्धानकर्ता डा. रोअर सोलहेमलाई सम्मानित गरियो।

नेपालतर्फ संरक्षणविद् डा. हुमबहादुर गुरुङलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरियो। उनी बर्डलाइफ इन्टरनेसनलमा वरिष्ठ एसिया साझेदारी प्रबन्धकका रूपमा कार्यरत छन्।

यस्तै नेपालका अग्रणी ¥याप्टर वैज्ञानिकहरूमध्ये एक र हिमालयन ¥याप्टर्सका प्रमुख डा. तुलसीराम सुवेदीलाई पनि पुरस्कृत गरियो। साथै वन्यजन्तु संरक्षणका मुद्दाहरूलाई जनतामा ल्याउने लेखक र पत्रकार ददी सापकोटा पनि पुरस्कृत भएका छन्। लाटोकोसेरो संरक्षण जनचेतना जगाउँन १५ वर्ष अघिदेखि हुँदै आएको संरक्षण उत्सवमा प्रत्यक वर्ष यसरी पुरस्कृत गरिन्छ।

शुक्रबारदेखि सुरु उत्सवमा शनिवार पनि लाटोकोसेरो संरक्षणबारे जनचेतना कार्यक्रम गरिएको थियो। संरक्षण नाटक, संरक्षण संस्कृति कार्यक्रम, विज्ञबाट लाटोकोसेरो लगायत चरा, वन्यजन्तु संरक्षणका विषयमा प्रवचन कार्यक्रम पनि भएको थियो।
प्रकृतिका साथीहरू नामक संस्थाको आयोजना र अजम्बरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा भएको नेपाल लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव १५ वर्ष अघिदेखि प्रत्येक वर्ष फरक फरक जिल्लामा हुँदै आएको छ। संरक्षण उत्सवलाई अर्को वर्ष पनि निरन्तरता दिने प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले बताए।




अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…