रसुवा लगायत क्षेत्रमा अकल्पनीय विनाशकारी बाढी , मानवीय तथा भौतिक रुपमा ठूलो क्षति


     नेचर न्युज    
     भाद्र १० गते २०८३ मा प्रकाशित



पोखरा : रसुवा लगायत क्षेत्रमा आएको अकल्पनीय बाढीले ५ जिल्लाका भोटेकोशी नदी वरपरका बस्तीमा मानवीय तथा भौतिक क्षति पु¥याएको छ ।अप्रत्यासिक रुपमा बुधबार बिहान करिव ९ बजे चीनको तिब्बतबाट भोटेकोशी नदीमा प्रवेश गरेको बाढीले नेपाली भूभागमा मानवीय तथा भौतिक क्षति गराएको छ । रसुवा लगायत क्षेत्रमा गएराति बाढी आउने गरी ठूलो वर्षा पनि भएको थिएन । सबै तटीय क्षेत्रका खेलाहरु औषत अवस्थामा शान्त भएर बगेका थिए ।

तिब्बत हुँदै रसुवा आएको बाढीले उत्पन्न गरेको अकल्पनीय दृश्य ।


तर तिब्बत हुँदै नेपालको भोटेकोशी नदीमा अप्रत्यासिक रुपमा ठूलो बाढी पस्दा ठूलो क्षति भएको छ । उद्दार र राहत तथा पुनस्र्थापनाका काम अगाडि बढाउन प्रधानमन्त्री बालेन्द्र शाहले सबै पक्षलाई सहयोग गर्न अनुरोध गरेका छन् ।अचानक भीषण बाढी आउनुमा हिमताल फुटेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । तर आधिकारीक रुपमा के भएको हो भन्ने एकिन हुन सकेको छैन । हिम पहिरोले नदी थुनिए अकास्मात रुपमा फुटेपछि एक्कासी ठूलो बाढी आएको प्रारम्भिक अनुमान भइरहेको छ ।

तिब्बत हुँदै रसुवा भएर नेपामा आएको बाढीले त्रिशुली बजारमा क्षति पु¥याउँदै गरेको दृश्य ।

तस्बिर : सामाजिक सञ्जाल ।


यस विषयमा चीन सरकारसँग समन्वय भइरहेको र आधिकारीक रुपमा के भएको भन्ने बारेमा जानकारी मिल्ने बताइएको छ । अहिले सम्म के कारणले यति ठूलो बाढी आयो भन्ने एकिन नभएको सरकारी अधिकारीले बताएका छन् । रसुवा बाढीका कारण धेरै जलविद्युत उत्पादन गृहमा क्षति पुगेको छ । रसुवा बाढीका कारण ४३१ मेघावाट बिजुली अवरुद्ध भएको प्रारम्भिक अनुमान गरिएको छ ।