कृषि

सुन्तला महोत्सवमा एकै दिनमा १५ लाखको कारोबार

पोखरा : सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको पोखरा २१ दोपहरेमा पहिलो सुन्तला महोत्सव भएको छ । किसानलाई सुन्तला खेतीमा लाग्न प्रोत्साहन गर्न सुन्तला महोत्सवको आयोजना भएको हो । महोत्सवमा किसानहरूले आफूले उत्पादन गरेको सुन्तला बिक्रीकालागि राखेका थिए । आफ्नो घर आँगनबाटै सुन्तला सोझै उपभोक्तालाई बिक्री गर्न पाएकोमा किसान खुशी भएको थिए । आफ्नै गाउँमा सुन्तलाबाट राम्रो आम्दानी हुनेभएपछि दोपहरेका धेरै जसो विदेशका काम छाडेर घर फर्केर सुन्तला खेती गर्दै आएका छन् । स्थानीय कृषक समूहका अध्यक्ष इन्द्रप्रसाद सुवेदी सुन्तला खेतीबाट… पुरा पढौ

म्याग्दीको तोरीपानी होमस्टेको कोशेली टिम्बुर, भागो, भटमास, घिउ, तरकारी

तोरीपानी म्याग्दी : बेनी नगरपालिका ९ तोरीपानीमा घरबास (होमस्टे) सञ्चालनको आएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सयपत्री होमस्टे सञ्चालनमा आएको हो । इको हिमाल नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो चरणमा पाँचवटा घरमा २१ ज्ना बस्न र खान सकिने गरी घरबास सञ्चालनमा आएको हो । पर्यटकको चापसँगै गाउँमा थप विस्तार हुने सयपत्री सामुदायिक घरबास समूहकी अध्यक्ष सीता खत्रीले बताइन् । घरबासमा आउने पाहुनालाई स्वागत तथा मौलिक कला र संस्कृतिको प्रदर्शनका साथै स्थानीय उत्पादन उपहार तथा बिक्री… पुरा पढौ

१३ औं संस्करणको लाटोकोसेरो उत्सव माघ तेस्रो साता

१३ औं संस्करणको नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव आगामी माघ २३ र २४ गते (२०२६ फेब्रुअरी ६ र ७ तारिख) मा जैविक विविधता ग्रित पार्क लमही दाङमा हुने भएको छ । अजम्बरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा प्रकृतिका साथीहरु संस्थाले नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो । लाटोकासेरो तथा हुचिल संरक्षणकालागि जनस्तरबाटै जनजागरण जगाउन प्रकृतिका साथीहरु नामक संस्थाले विभिन्न जिल्लामा संरक्षण उत्सव गर्दै आएको छ । उत्सवमा मुसा खाएर किसानको साथीको रुपमा महत्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो संक्षणमा नागरिककै… पुरा पढौ

एक्यापमा मानव–वन्यजन्तु द्वन्द्व : ४२ लाख ४१ हजार राहत वितरण

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा २०८१÷०८२ मा वन्यजन्तु आक्रमणबाट ३५८ चौपाया मरेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ र मनाङमा धेरै जसो चौपाया वन्यजन्तुबाट मारिएका हुन् ।  यसरी मारिएका चौपायाहरूमा भेडा, च्याङ्ग्रा, याक, गाई, भैँसी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । चौपायाहरू वन्यजन्तुबाट मरिदा धेरै हिउँचितुवाको आक्रमणमा परेका छन् । हिउँ चितुवाको आक्रमणबाट २०२ मारिएका छन् । यसै गरी चितुवाको आक्रमणबाट १२८ र ब्वाँसोको आक्रमणबाट २८ चौपाया मारिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा रविन कडरियाले जानकारी… पुरा पढौ

पोखरामा धेरै कोदो फलाउने किसानलाई सम्मान गरेर कोदो दिवस मनाइयो

 पोखरा : पोखरामा धेरै  कोदो वर्गका बाली फलाउने किसानलाई सम्मान गरेर प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको छ । “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” मूल नाराका साथ कोदो दिवस मनाइएको हो ।   कार्यक्रममा महानगरपालिकामा धेरै कोदो बाली लगाउने चार जना कृषकलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यबाट नगद पुरस्कार सहित सम्मान गरेका थिए । कार्यक्रममा कोदो बालीका जातहरू, कोदोका विभिन्न परिकारहरू समेत प्रदर्शन गरिएको थियो । कार्यक्रम स्थलमै कोदाका परिकारहरूको खाजा व्यवस्था गरिएको यस कार्यक्रममा कोदो बाली तथा जातहरूको प्रदर्शन… पुरा पढौ

बाँदरले मकै खाँदा हैरान किसानलाई कागुनोले दियो खुशी

पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले जसरी पनि मकै खाइदिने भएकाले केही किसानले त मकै नै लगाउन छाडेका थिए। तर अहिले भने काफलघारीका किसानमा कागुनाेले खुसी दिएकाे छ। कागुनाे बाँदरले नखाने भएकाेले मकैकाे विकल्पमा किसानले कागुनाे खेती गरेका थिए । कागुनाे उत्पादन राम्रो हुनुकाे साथै बाँदरले पनि नखनाएपछि किसानमा खुशी छाएकाे हाे । स्थानीय अम्बिका भण्डारीले आफ्नी आमाबाट सल्लाह पाएपछि २०७४ सालमा माइती गाउँबाट २ माना कागुनोको… पुरा पढौ

खाद्यन्नमा परनिर्भरता बढ्दाे

कृषि प्रधान देश नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गथ्यो । नेपालमा समय अनुसार वैज्ञानिक खेती प्रणाली र भूमिको वर्गिकरण गरेर कृषि भूमि जोगाउन नसक्दा खाद्यन्नमा परनिर्भरता प्रत्येक वर्ष बड्दै गएको छ । दक्षिण कोरियालाई समेत धान, चामल निर्यात गरेको नेपाल अहिलेआफै धान, चालम आयात गर्ने अवस्थामा पुगेको छ । परनिर्भरता हटाउन सरकारले नीति तथा कार्यक्रम ल्याएपनि आधुनिक कृषि र सिंचाइँ सुबिधा पुगेको कृषि भूमि समेत जोगाउन सकेको छैन् । तराईलाई अन्न भण्डार भनिन्थ्यो । तर पछिल्ला वर्षहरुमा… पुरा पढौ

पोखरा वडा नम्बर २५ को वडा पन्छी गोठे लाटोकोसेरो र वडा सर्प राजगोमन

सर्पमा पनि अति विषालु सर्पको प्रजाति राजगोमन र नेपाली समाजमा होच्याउन प्रयोग हुने पन्छीको प्रजाति लाटोकोसेरो संरक्षणकालागि पोखरा वडा नम्बर २५ ले वडा सर्प र पन्छी घोषण गरेर संरक्षणको थालनी गरेको छ । मानिस, पर्यावरण र जैविक विविधतामा महत्वपूर्ण योगदान दिने सर्प र चराको संरक्षणको साथै पर्यापर्यटनको विकास गर्न वडाले वडा सर्प र वडा पन्छी घोषणा गरेको हो । पोखरा महानगरपालिका वडा नम्बर २५ ले शनिबार वडा पन्छी गोठे लाटोकोसेरो र वडा सर्प राजगोमनलाई घोषणा गरेको हाे । पोखरा २५… पुरा पढौ

बमबारी, मिसाइल आक्रमण सहितका युद्धले वातावरण र जैविक विविधतामा गम्भीर असर

यति बेला इजरायल र इरानबीच बढ्दो द्वन्द्वचलेकाे छ । जहाँसुकै हुने बमबारी, मिसाइल आक्रमण सहितका यस्ता युद्धले केवल मानव जीवनमा मात्र होइन वातावरणमा पनि गहिरो प्रभाव पार्ने विज्ञले बताएका छन् । युद्धका कारण प्राकृतिक स्रोत, वन्यजन्तु, जलस्रोत, वायु र माटोमा दीर्घकालीन असर पर्ने विज्ञहरू बताउँछन्। यस्ताे युद्धले कहाँ कस्ताे असर गर्छ त ? प्राकृतिक प्रणालीमा विनाशयुद्धका क्रममा गरिने बमबारी, मिसाइल आक्रमण र सैन्य कारबाहीले वनजङ्गल, मरुभूमि तथा जैविक विविधतायुक्त क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याउँने विज्ञ बताउँछन् । यसले वन्यजन्तुहरूको बासस्थान विनाश… पुरा पढौ

साना भ्यागुता, ठूलो महत्त्व

के तपाईंलाई थाहा छ? संसारभरि लोप हुने खतरामा परेका जनावरमध्ये सबैभन्दा धेरै संख्यामा पर्ने समूह हो,उभयचर, जसमा भ्यागुता पनि पर्छन्। यी साना प्राणीहरू पानी र जमिन दुवैमा बाँच्न सक्छन्, तर आफ्नो जीवनचक्रको एउटा महत्त्वपूर्ण चरण पानीमै बिताउनुपर्ने भएकाले शुद्ध पानीको पहुँच यिनीहरूको अस्तित्वका लागि अनिवार्य हुन्छ। पानी प्रदूषित वा सुक्खा भयो भने भ्यागुताका अन्डा र भुरा नष्ट हुन्छन्। यसैले भ्यागुतालाई स्वस्थ वातावरणको संवेदनशील संकेत मानिन्छ। नेपालमा हालसम्म ५८ प्रजातिका भ्यागुता पाइएका छन्, जसमध्ये १२ प्रजाति रैथाने (केवल नेपालमा पाइने) हुन्।… पुरा पढौ