वनस्पति

वैज्ञानिक वन कार्यविधि कायम गर्न माग

वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासङ्घले वैज्ञानिक वन कार्यविधि कायम गर्न माग गरेको छ । महासङ्घको प्रतिनिधिमण्डलले आज नयाँबानेश्वरस्थित सम्पर्क कार्यालयमा पुगी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई भेट गरी वन कार्यविधि तत्काल बहाली गराउन लागि सहजीकरण गर्न ध्यानाकर्षण गराएको होे । सोही अवसरमा उपसभापति निधिले वैज्ञानिक वनकार्यविधि बहाली गराउन आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष रेनु सेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हचुवाका भरमा निजी स्वार्थका लागि वैज्ञानिक वन कार्यविधि खारेज गरेको जानकारी दिनुभयो । तत्कालीन… पुरा पढौ

यार्सागुम्बाको संसार

यार्सागुम्बा उच्च हिमाली घांसेमैदानमा पाइने एक किसिमको बहु उपयोगी जडीबुटी हो । यो प्रकृतिको अद्भुत सृजना हो । आम जनमानसलाई सुन्दा अनि हेर्दा पनि अचम्म लाग्ने तर विश्वास गर्नुपर्ने । तपाइँले सायद यसको बारेमा औधी सुन्नु भएको होला र कतिले त  विभिन्न प्रयोजनका लागि प्रयोग पनि गर्नु भएको होला । संसारमा प्रकृतिको यस्तो पनि सृजना छ जुन आधा प्राणी, मोथ किरा (निशाचर पुतली) र आधा वनस्पति अर्थात् च्याउबाट मिलेर बनेको हुन्छ । संसारमा यसलाई विभिन्न नामले चिनिन्छ । अङ्ग्रेजीमा यसलाई… पुरा पढौ

वर पीपल बचाउ अभियान

भोजपुर : डिभिजन वन कार्यालयले वर , पीपल रोप्ने अभियान सञ्चालनमा ल्याएको छ । सडक विस्तार तथा मानवीय गविधिका कारण सयौँ वर्ष अगाडि रोपिएका त्यस्ता रुख मासिन थालेपछि कार्यालयले यस्तो अभियान सञ्चालनमा ल्याएको जनाएको छ । वरपीपलबाट प्रशस्त मात्रामा अक्सिजन दिने तथा वातावरणलाई हराभरा राख्न ठूलो टेवा पु¥याउने भएकाले सार्वजनिक तथा खुल्ला क्षेत्रमा रोप्ने गरी अभियान सञ्चालनमा ल्याइएको हो । धेरै मात्रामा वर, पीपल विस्तार गर्न सके बस्तीमा बाँदर आउने क्रम समेत रोकिने कार्यालयको दाबी छ । वर पीपलको फल… पुरा पढौ

चिउरीको बिरुवा संरक्षण हुन नसक्दा मह उत्पादनमा कमि

चितवन  : बहुउपयोगी चिउरीका बिरुवा संरक्षण हुन नसक्दा यहाँका किसानले पर्याप्त मात्रामा मह उत्पादन गर्न सकिरहेका छैनन् । चितवनको कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का सामुदायिक वनमा चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी आएको हो ।     कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा पशुचौपाया छाडा छोड्दा, डढेलो लगाउँदा तथा बर्सेनि आउने बाढीपहिराका कारण चिउरीका बोटबिरुवाको संरक्षण हुन नसकेको बताउनुहुन्छ । “डिभिजन वन कार्यालय, मौरीपालन विकास कार्यालयले चिउरीको बिरुवा उपलब्ध गराएको छ”, वडाध्यक्ष प्रजाले भन्नुभयो, “ती बिरुवा रोपिए पनि… पुरा पढौ

पारिवारिक तथा निजी वनको नीतिगत यात्रा : इतिहासदेखी वर्तमानसम्म

नेपालमा पारिवारिक तथा निजी वनको विकासको क्रम धिमा गतिमा भइरहेको छ । यसका धेरै कारणहरू मध्ये एक प्रमुख कारण अस्पष्ट, अपर्याप्त तथा झन्झटिला नीतिगत व्यवस्था र संस्थागत अस्पष्टताहरू रहेका छन् । निजी वन विकासका लागि सबै भन्दा पहिलो नीति ‘वन विकास गुरुयोजना २०४७’ ले लिएको थियो । यो निजी वन विकासका लागि नेपालको इतिहासमै सबैभन्दा उत्साहजनक नीति तथा योजना थियो। उक्त गुरुयोजनाले निजी र सामुदायिक वनलाई मुख्य प्राथमिकता क्षेत्र तोकेको थियो । तर विडम्बना मान्नुपर्छ, उपयुक्त कार्यक्रम बिना तथा कानुनी… पुरा पढौ

वनका च्याउले झुक्याउछ सङ्गतै नगरौँ !

वर्षा याममा वन पाखा, बारी, खोला, चौरमा विभिन्न थरीका च्याउ प्रशस्त उम्रन्छन् । यसरी उम्रेका सबै च्याउ खानयोग्य हुँदैनन् । कतिपय निकै विषालु हुन्छन् ।  यसैले च्याउ पाइयो, भेटियो भन्दैमा टिपेर खानु हुँदैन ।  वर्षा याम सुरूसँगै देशका विभिन्न जिल्लामा विषालु च्याउ सेवनबाट ज्यान गुमाएका समाचार आउन थालेका छन् । पोखरा ३३ पुँडीमा असार १२ गते शनिवार एकै परिवारका ६ जना सहित ८ जना विषालु च्याउ खाएपछि बिरामी परे । स्थानीय धारापानी सामुदायिक वनबाट ल्याएको च्याउ खाँदा बिरामी परेको प्रदेश… पुरा पढौ

वृक्षरोपणको नालीबेली : परिणाम र पुनर्स्थापनामुखी वृक्षरोपण आजको आवश्यकता

अङ्ग्रेजी क्यालेन्डरको  जून ५ तारिकको दिन विश्व वातावरण दिवस मनाउँदै गर्दा सामाजिक सञ्जालमा वृक्षरोपण गरेको फोटोहरू प्रशस्तै पोस्ट गरिए । यस्तै पोस्टलाई व्यङ्ग्य गर्दै एक जनाले फेसबुकमा  अर्को पोस्ट गरे ’आज नयाँ बिरुवाको फोटो नहालौँ बरू अघिल्लो  वर्ष रोपेको बिरुवा कस्तो भएछ त्यो देखाऊँ’। यो प्रत्युत्तरले हाम्रो वृक्षरोपण नतिजामुखी भन्दा वातावरणीय योगदानको मानक  बनेको  एक पवित्र  कर्मकाण्डको रूपमा मात्र  देखिएको छ भन्ने कुरा दर्साउँछ। यस्तै पोस्टलाई व्यङ्ग्य गर्दै एक जनाले फेसबुकमा  अर्को पोस्ट गरे ’आज नयाँ बिरुवाको फोटो नहालौँ बरू… पुरा पढौ

जडीबुटीबारे खोज्न जाँदा झन्नै हामीलाई खोज्नु परेको: हुम्ला जिल्लाको लाम्पाटाको यात्रा

२०७२ साल साउन ९ गते शनिवार म र एक जना भाइ चितवनबाट रात्रिकालीन बसमा नेपालगन्ज पुग्यौँl  भोलिपल्ट बिहान ९:३० मा तारा एयरको विमान चढेर १०:१५ बजेतिर सिमकोट पुग्यौँ । करिब ४५ मिनेटमा हामी नेपालकै अग्लो ठाउँमा रहेको विमानस्थल झर्यौंl  चितवनदेखि नेपालगञ्जको गर्मीलाई सिमकोटको विमानस्थल ओर्लनासाथ चिसो हावाले बिर्साइदियो।अनुसन्धान सहायक भाइ मेरो विद्यावारिधिको तथ्याङ्क सङ्कलनका लागि सँगै गएका थिएl मेरो विद्यावारिधिको विषय जडीबुटीको व्यापार भएकोले स्थानीय जडीबुटी व्यापारी विजय लामाको सिमकोटको होटेलमा हाम्रो बस्ने प्रबन्ध पहिले नै मिलेको थियो। सिमकोटमा तीन दिन… पुरा पढौ

रहेनन् रुखका मित्र सुन्दरलाल बहुगुणा

‘क्या है जङ्गल के उपकार, मिट्टी, पानी और बयार। मिट्टी, पानी और बयार, जिन्दा रहने के आधार।’ माथि उल्लेखित वाक्य सुन्दरलाल बहुगुणाले चिप्को आन्दोलन घोषणा गर्दा भनेका हुन्।  वातावरण, विशेष गरी वन संरक्षणमा सक्रिय चिप्को आन्दोलनका प्रणेता सुन्दरलाल बहुगुणाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ। भारतीय प्रधानमन्त्री लगायत उच्च अधिकारीहरूले शोक व्यक्त गरेका छन् l उपचारको क्रममा शुक्रवार ९४ वर्षीय बहुगुणाको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।  उनको जन्म सन् १९२७ मा उत्तराखण्डमा भएको थियो।  बहुगुणा दश दिनदेखि ऋषिकेश स्थित… पुरा पढौ

गाँजा गन्थन

जमानीमा खाएको गाँजा अहिले मलाई ला छ नमजा कालिकोट जिल्लाका कुना कन्दरामा यो गीत खुबै चर्चित छ अझैपनि। धेरै गाँजा खाएर असर गरेका केही मानिसहरूले गाएको यो गीत जस्तो गाँजा भने छैन। यसलाई अमृत मान्नेहरु धेरै छन्। संसारभर गाँजाका तीन प्रजातिहरू अभिलेख गरिएका छन्। यो प्रजाति रोप्न नपर्ने तर खेत, बारी, पाखो तथा वन जङ्गलमा  जताततै प्रशस्तै उम्रन्छन् । तीन दशक अघिसम्म कालिकोटका केही मानिसको जीविकोपार्जनको सहयोगी थियो।  कालिकोटमात्र नभै कर्णाली क्षेत्रकै नगदे बाली जस्तै थियो।  कालिकोटका स्थानीय प्रभाकर बराल भन्छन् '… पुरा पढौ