वनस्पति

चुरे संरक्षण दिवसको अवसरमा वृक्षाराेपण

चुरे संरक्षण दिवसको अवसरमा चुरे उत्थानशील आयोजना र कमल सामुदायिक वनको अायोजनामा इलामको कमल सामुदायिक वनमा वृक्षारोपण गरिएको छ ।  चुलाचुली–१ स्थित कमल खोला किनारको बाँझो जमिनमा ९चुरे पहाडको फेदमा० बाँस, अम्बा, अमला, जामुन, लगायतका रैथाने प्रजातिका १००० बिरुवा रोपिएको बताइएको छ । सब डिभिजन वन कार्यालय चुलाचुली, सब डिभिजन वन कार्यालय बेलबारी, र डिभिजन वन कार्यालय त्रिवेणी, उदयपुरले सहयोगमा भएको वृक्षारोपण कार्यक्रममा चुरे उत्थानशील आयोजनाले बिरुवा उपलब्ध गराएको थियो । आधा जनसङ्ख्या बस्ने तराई क्षेत्र जोखिममा छ । चुरे… पुरा पढौ

गण्डकीमा गाँजा खेतीकालागि आवश्यक कानून बन्ने, कृषि उत्पादन जाेड

औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थको उत्पादन प्रयोजनको लागि गण्डकी प्रदेशमा गाँजाखेतीको आवश्यक कानूनी व्यवस्था गदै कार्यान्वयनको मार्गचित्र बनाइने गण्डकी प्रदेश सभामा अर्थमन्त्री डा टकराज गुरुङले बताएका छन् । खाद्यन्न, माछामाुस, आलुमा आत्मनिर्भर बनाउन १२ करोड ६२ लाख बजेट कृषिलाई व्यवसायीक रुपमा विकास गर्न प्रदेशस्तरीय भू उपयोग योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइने शनिबार प्रदेश सभामा अर्थमन्त्री गुरुङले बताए । गण्कडी प्रदेशलाई खाद्यान्न, तरकारी, फलफुल, माछामासु र आलु उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रमकालागि १२ करोड ६२ लाख ७५ हजार बजेट व्यवस्था गरेको अर्थमन्त्रीले बताएका… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रबाट ३९० किलो सुनाखरी सहित एक जना पक्राऊँ

पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्रबाट ३९० किलो आलो सुनाखरीको गानो सहित एक जना पक्राउ परेका छन् । यो परिमाण अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले सम्मकै सबैभन्दा धेरै परिमाण हो ।  मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ खुदीमा सुनाखरी गाडीमा लोड गर्ने क्रममा प्रहरीले मर्स्याङ्दी गाउँपालिका वडा ४ कालाघिरिङका श्रीप्रसाद लामालाई पक्राउ गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई बुझाएको छ । उनि संकलन गर्ने व्यक्ति रहेको बताइएको छ । सुनाखरी साइसिट अनुसूची दुईमा भएकोले यसको ओसारपोसार गर्न पाइँदैन । यसको राजश्व नै किलोको ५ सय रुपैयाँ… पुरा पढौ

निजगढ फैसलामा गठबन्धनका नेताबाट सर्वोच्चको मानहानि – पूर्वन्यायाधीश र वातावरण संरक्षणकर्मी

सर्वोच्चले निजगढमा विमानस्थल निर्माण गर्ने सरकारी निर्णयलाई बदर गरिदिएपछि पनि त्यहीं विमानस्थल बनाउने अडान राख्नु फैसलाको अवज्ञा भएको विज्ञहरुले बताएका छन् । बाराको निजगढमा विमानस्थल निर्माणसम्बन्धी सम्पूर्ण निर्णय बदर गरिदिने फैसलापछि पनि सरकार र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मानहानि गरेको विज्ञहरुले बताएका हुन् । सरकारले अदालतको फैसला कार्यान्वयन गर्नुपर्नेमा गठबन्धनका प्रधानमन्त्री र शीर्ष नेताले निजगढमै पुगेर त्यहीँ विमानस्थल बनाउने अडान दोहो¥याउनुलाई पूर्वन्यायाधीश, वातावरण संरक्षणकर्मी र कानुन व्यवसायीहरुले अदालतको मानहानिका रुपमा अथ्र्याएका हुन् । वातावरण कानुन समाज नेपाल, जनहित संरक्षण मञ्च… पुरा पढौ

निजगढ विमानस्थल फैसला : दुई न्यायाधीशको फरक राय

बाराको निजगढ विमानस्थलसम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायाधीशबीच राय बाझिएको छ । यस विमानस्थलमा सरकारले गरिरहेको काम रोक्ने गरी जेठ १२ गते सर्वोच्च अदालतबाट भएको आदेशमा बृहत पूर्ण इजलासका ५ मध्ये २ न्यायाधीशले फरक राय दिएका हुन् । न्यायाधीहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको इजलासमा न्यायाधीश कार्की र शर्माले फरक राय दिएका हुन् । उनीहरुले निजगढमा हाल प्रस्ताव गरिएको क्षेत्रको दक्षिणतर्फको सरकारी स्वामित्वको खाली जमीन र सोसँग जोडिएको व्यक्तिगत जग्गाहरु समेतलाई जोडेर वा सो… पुरा पढौ

माल्टामा नयाँ कानुन : गाँजाका ४ बोट घरमा लगाउन पाइने, सात ग्राम बोक्न पाइने

युरोपेली मुलुक माल्टामा घरमा ४ बोट गाँजा रोप्न पाइने र सात ग्राम गाँजा बोक्ने पाइने गरि गाँजासम्बन्धी नयाँ कानुन पारित भएको छ । यो संगै माल्टा व्यक्तिगत प्रयोगकालागि गाँजा लगाउन र बोक्न पाइने पहिले यसरोपेली मुलुक बनेको हो । माल्टाको संसदले मंगलबार गाँजासम्बन्धी नयाँ कानुन पारित गरेको बीबीसीले जनाएको छ । संसदमा नयाँ कानुन पक्षमा ३६ र विपक्षमा २७ मत परेको हो । नयाँ कानुनले सार्वजनिक स्थलमा गाँजा तान्न प्रतिबन्ध लगाएको छ । उमेर हद पनि कानुलले तोकेर १८ वर्षमूनिका… पुरा पढौ

वनस्पति र नदीलाई पूजा गर्ने पर्व हरिबोधिनी एकादशी

हरिबोधिनी एकादशी औषधीय गुण भएको वनस्पति तुलसी र नदीलाई पूजा गर्ने पर्व हो । यो पर्वमा हिन्दू धर्मावलम्बीले घर घरमा तुलसीको मठ बनाएर तुलसी रोपेर पूजा गर्ने गर्दछन् ।  तुलसी औषधीय गुण भएको वनस्पति हो । तुलसीको पात, डाँठ, फूलको रस रुघाखोकी लगायत रोगका लागि औषधी हुने आयुर्वेदका चिकित्सक बताउँछन् । तुलसीको रस शरीरमा लगाएमा लामखुट्टेले टोक्दैन । तुलसीको हावाले विषालु कीटाणुलाई नष्ट गर्ने विज्ञ बताउँछन् । हरिबोधिनी एकादशीमा नदीलाई पूजा गरेर फूल तार्ने परम्परा रही आएको छ । हरिबोधिनी एकादशीमा… पुरा पढौ

विश्वकाे नमुना सामुदायिक वन व्यवस्थापनमा समस्या देखियाे : मुख्यमन्त्री पोखरेल

वनमाथिको अधिकारमा संघ सरकारको हस्तक्षेप रहेकाे गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले बताएका छन् । वन व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि आवश्यक नीति निर्माणका लागि गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिले तनहुँको बन्दीपुरमा भएकाे क्लोज क्याम्पमा बाेल्दै मुख्यमन्त्री पाेखरेलले । प्रदेशलाई अधिकार हस्तान्तरण गर्ने सवालमा संघ उदार हुन नसकेकाे बताएका हुन् । वन ३ तहकै सरकारको साझा अधिकारको सूचीमा छ । ३ तहका सरकारबीच समन्वय हुनुपर्नेमा त्यसो हुन सकेको छैन । संघले २०७६ मा वन ऐन ल्यायो । जुुुन… पुरा पढौ

हिमाली क्षेत्रमा नयाँ भ्यागुता र हाब्रेहरू

हिमाली क्षेत्रका वैज्ञानिकहरूले आनुवंशिक प्रविधिको प्रयोग गरेर नयाँ प्रजातिहरू पत्ता लगाउँदै छन् र आनुवंशिक विविधताको उजागर पनि गर्दैछन् । उनीहरूले पत्ता लगाएका कुराहरूले हिमाली क्षेत्रमा पाइने जैविक विविधताको संरक्षणसित सिधा सम्बन्ध राख्दछन् । सन् २०१५को गर्मी याममा वन्यजन्तु वैज्ञानिक जनक खतिवडाले नेतृत्व गरेको टोलीले अरुण नदीको किनारैकिनार उत्तरतर्फ चार हप्ता हिँडेर नेपालको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने उच्च पहाडी क्षेत्रसम्म यात्रा गरेको थियो । टोलीको उद्देश्य नेपालको पूर्वी क्षेत्रमा रहेका ‘हेरेप्टोफाउना’ (घस्रने जीव तथा उभयचरहरू) को सर्वेक्षण गर्नु थियो । यात्रामा… पुरा पढौ

वन किसानको गुनासो ‘आफ्नै वन प्रयोग गर्दा हामी तस्कर ?’

गलकोट: विगत २५ वर्षदेखि फर्निचर व्यवसायमा लाग्नुभएका बागलुङका दुर्गा विश्वकर्माले अहिले फर्निचर उद्योगमा १० जनालाई रोजगारी दिँदै आउनुभएको छ । विसं २०५२ मा तीन हजार तलब खाएर फर्निचर व्यावसाय थाल्नुभएका दुर्गाले अहिले बागलुङ नगरपालिका–४ कुँडुलेमा आफ्नै फर्निचर उद्योग सञ्चालनमा ल्याएका हुन् । आफूले राज्यलाई कर तिरेर उद्योग चलाउँदासमेत पटक/पटक काठ तस्करीको आरोप सामना गर्दै आएको उहाँको गुनासो छ । “आफ्नै पारिवारिक वनबाट समेत काठ ल्याउँदा काठ तस्कर भनेर जेल हालियो, के हामीले राज्यको निकायमा दर्ता गरेर कर तिरेरसमेत उद्योग सञ्चालन… पुरा पढौ