
पोखरा ः पोखरामा सहरीकरण बढेसँगै प्रकृति, वातावरण र सांस्कृतिकरुपमा पनि महत्त्वपूर्ण चौतारा, पोखरी, सार्वजनिक धारा मासिँदै गएका छन् । परापूर्व काल देखि पर्यावरणीय र सांस्कृतिक महत्त्व समेत रहेका चौतारा, पोखरी मासिने क्रम बढेको हो ।पोखरा उपत्यकाका हरेक बस्ती वरपर सार्वजनिक धारा, पधेरा, कुवा नजिकै वर,पीपल, समीकाे रुख रोपेर चौतारा, पोखरी निर्माण गरिएको हुन्थ्यो ।
यसरी निर्माण गरिएका चौतारा बटुवाकालागि आराम स्थल हुन्थ्यो । चौतारो संगैको धारा, कुवा, तिर्खा मेट्न प्रयोग हुन्थ्यो । त्यही चौतारा र धारा नजिकैको पोखरी वन्यजन्तु, चराचुरुङ्गी चौपायाकालागि पानीका स्रोत हुन्थे । स्थानीय किसानले पोखराका कुनै पोखरीहरू त अझै पनि सिँचाइकालागि पनि प्रयोग गर्दै आएका छन् । यसरी सार्वजनिक धारा, कुवा, मानिसकालागि मात्र होइन चौपाया, वन्यजन्तु र चराचुरुङ्गीकालागि पनि पानीका स्रोतहरू थिए । सहरीकरण बढेसँगै पोखरा बजारमा रहेका चौतारा, पोखरी र सार्वजनिक धारा मासिँदै गएका छन् ।
यसरी मासिने क्रममा पहिले पोखरी मासिँदै गएका छन् । त्यसपछि सार्वजनिक धारा र पोखरा बजारमा रहेका चौतारा मासिँदै गएका छन् । यसरी मिसिने क्रममा सडक चक्ल्याउँदा, कतै घाम छेक्यो ओसेप प¥यो भनेर पनि चौताराका रुख काटिएका छन् । यसरी चौताराका रुख काट्ने क्रममा कतै त चरा बसेर विष्ट्यो र फोहोर ग¥यो भनेर पनि टुट्टै बनाइएको संरक्षणकर्मी हेमन्त ढकाल बताउँछन् । धेरै पुराना रुख आफै पनि ढल्ने र नोक्सान गर्ने जोखिम हुने रुख हटाएर नयाँ बिरुवा रोप्नु जायज हो तर राम्रो अवस्थाका चौताराका रुख ठुटै बनाउनु गलत भएको पृथ्वीनारायण क्याम्पस पोखराका प्राणाीशास्त्रका प्राध्यापक समेत रहेका ढकाल बताउँछन् । पोखरामा पुस, माघ महिनामा यति बेला चौताराका हाँगा काट्ने लहर चलेको छ ।
पोखरा १४ मझेरीपाटनमा यति बेला चौतारीका वर, पिपलका रुख टुट्टै बनाएर काटिएको उनले सुनाए । पोखरा १४ देउरालीका मात्र ७ वटा चौताराका रुख टुट्टै बनाएर काटिएको ढकालले बताए । रुख पलाउन सक्नेगरी हाँगा छिमल्न बारम्बार अनुरोध गर्दा पनि सुनुवाई नभएको उनले बताए । कुनै जोखिम नभएका चराका वासस्थान समेत रहेका रुख मर्ने गरी टुट्टै बनाउनु गलत प्रवृत्ति भएको उनले बताए । पोखराको फेवाताल किनार गौरीघाटमा गत वैशाख १७ गते बिहान बुढो वरको रुखको हाँगा लछारिएर पार्कमा हुँदै तालमा ढल्यो । संयोगले बिहान रुखको हाँगा ढलेकोले कुनै मानवीय क्षति भने भएन । रुखको अवस्था हेरेर रुखका हाँगा छिमल्नु छुट्टै विषय हो तर रुख नै मार्ने नियतले रुख टुट्टै बनाउने क्रम पोखरामा बढेको उनले सुनाए । पोखरा १४ का वडा अध्यक्ष बोधबहादुर कार्कीले यसरी जथाभाबी रुख काट्ने अनुमति वडाले नदिएको बताए । बस्तीमा जोखिम रहेका रुखका हाँगा काटछाँट गर्न अनुमति लिएर काट्न सकिने भएपनि रुख नै ठुटो बनाउने गरी काटिनु गलत भएको र यस विषयमा बैठक बसेर उचित निकास निकाल्ने पनि उनले सुनाए ।
बस्ती नजिकैको ठूला रुख हावाहुरी आउँदा ढलेर जोखिम हुने अवस्थाका मात्र काटछाँट गर्न अनुमति दिइने तर अहिले अनुमति नै नलिई काटिएको उनले सुनाए । पोखरा महानगरपालिकाका प्रवक्ता मोती तिम्सीनाले महानगरपालिकाले चौतारा, वर, पिपलका रुख, पोखरी संरक्षण गर्ने अभियानमा लागिरहेकोले यस्ता कार्य नियन्त्रण गरिने सुनाए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…