वनस्पति

बाँदरले मकै खाँदा हैरान किसानलाई कागुनोले दियो खुशी

पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले जसरी पनि मकै खाइदिने भएकाले केही किसानले त मकै नै लगाउन छाडेका थिए। तर अहिले भने काफलघारीका किसानमा कागुनाेले खुसी दिएकाे छ। कागुनाे बाँदरले नखाने भएकाेले मकैकाे विकल्पमा किसानले कागुनाे खेती गरेका थिए । कागुनाे उत्पादन राम्रो हुनुकाे साथै बाँदरले पनि नखनाएपछि किसानमा खुशी छाएकाे हाे । स्थानीय अम्बिका भण्डारीले आफ्नी आमाबाट सल्लाह पाएपछि २०७४ सालमा माइती गाउँबाट २ माना कागुनोको… पुरा पढौ

खाद्यन्नमा परनिर्भरता बढ्दाे

कृषि प्रधान देश नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गथ्यो । नेपालमा समय अनुसार वैज्ञानिक खेती प्रणाली र भूमिको वर्गिकरण गरेर कृषि भूमि जोगाउन नसक्दा खाद्यन्नमा परनिर्भरता प्रत्येक वर्ष बड्दै गएको छ । दक्षिण कोरियालाई समेत धान, चामल निर्यात गरेको नेपाल अहिलेआफै धान, चालम आयात गर्ने अवस्थामा पुगेको छ । परनिर्भरता हटाउन सरकारले नीति तथा कार्यक्रम ल्याएपनि आधुनिक कृषि र सिंचाइँ सुबिधा पुगेको कृषि भूमि समेत जोगाउन सकेको छैन् । तराईलाई अन्न भण्डार भनिन्थ्यो । तर पछिल्ला वर्षहरुमा… पुरा पढौ

छालबाटो नदी प्रणालीको समाजशास्त्रीय र विज्ञानको लिखत

पोखरा : छालबाटो पुस्तक यात्रावृतान्तमा सीमित नभई नदी प्रणालीको समाजशास्त्रीय, प्राकृतिक र विज्ञानको लिखत बनेको बताइएको छ । पत्रकार तथा लेखक भुसालले कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको विवरण समेटेर लेखेको पुस्तकको विषयमा पोखरामा भएको परिचर्चा कार्यक्रममा कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै साहित्यकार रोशन शेरचनले बताएका हुन् ।  ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा भएको छालबाटो पुस्तक माथिको परिचर्चा कार्यक्रममा  साहित्यकार रोशन शेरचनले पाठकले भौतिक र मानसिक दुवै यात्राको स्वाद पुस्तकबाट पाउने धारणा पनि राखे । लेखक भुसालले कर्णालीको मुहान, तिब्बतको… पुरा पढौ

नेपालकी रेशु बश्यालले जितिन २०२५ को ह्विटली अवार्ड

नेपालकी रेशु बस्यालले विश्वकै उत्कृष्ट मध्येको ह्विटली अवार्ड २०२५ पाएकी छन् । बस्यालले नेपालमा सुनाखरी (अर्किड) को प्रयोग र अवैध व्यापार नियन्त्रणको क्षेत्रमा काम गरेकोमा हरित क्षेत्रको ओस्कार पनि भनिने ह्विटली अवार्ड पाएकी हुन् । बेलायती परोपकारी संस्था, ह्विटली फन्ड फर नेचरले गत वर्ष ३ दर्शक देखि वन्यजन्तु, लाटोकोसेरो संरक्षणमा महत्वपूर्ण योगदान दिएका राजु आचार्यलाई अवार्ड प्रदान गरेको थियो । बाश्याललाई सुनाखरी (अर्किड) को संरक्षण, उपयोगिता र अवैध व्यापार नियन्त्रणका क्षेत्रमा काम गर्दै आएकी छन् । सुनाखरीको औषधीय र सजावटी… पुरा पढौ

पृथ्वी दिवस : पानीका स्रोत संरक्षण गरौंं इकोसिस्टम पुनस्थापना गरौं

माता पृथ्वीको संरक्षणकालागि विश्वभर २२ अप्रिलमा पृथ्वी दिवस मनाइन्छ । पृथ्वीको पर्यावरण संरक्षणकालागि छलफल, योजना र संरक्षण सचेतना लगायतका कार्यक्रम गरेर विश्वभर पृथ्वी दिवस मनाइन्छ । पृथ्वी दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलाद्र्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन्… पुरा पढौ

कोटीहोम महायज्ञ प्रकरण : उच्च अदालतको कारण देखाऊ आदेश

फेवाताल किनारमा गर्न लागिएको कोटीहोम रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिटमा कारण देखाऊ आदेश जारी भएको छ । अधिवक्ता भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यले फागुन २ मा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश दीपेन्द्र अधिकारीको इजलाशबाट मंगलबार कारण देखाऊ आदेश जारी भएको हो । रिटमा कोटीहोम आयोजक मानव सेवा फाउन्डेसन सहित १० जनालाई प्रतिवादी बनाएको छ । यसअघि आयोजक मानव सेवा फाउन्डेसनले कोटीहोम नरोक्न माग गर्दैै दायर गरेको रिटमा भने कारण अन्तरिम आदेश जारी भएको छ ।… पुरा पढौ

फेवाताल किनारमा कोटीहोम रोक्न माग गर्दै रिट

पोखरा : फेवाताल किनारमा वैशाख महिना देखि हुन लागेको कोटीहोम रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । कोटीहोमले फेवातालको जैविक विविधता, प्राकृतिक संरचना, पर्यावरणीय सन्तुलन, सार्वजनिक सम्पत्ति संरक्षणसम्बन्धी काुननी व्यवस्था उल्लंघन गर्ने भन्दै तत्काल रोक्न माग गर्दै अधिवक्ता भगवती पहारी, मिनाकुमारी रानाभाट र गीता आचार्यले शुक्रबार रिट दायर गरेका हुन् । कोटीहोम हुन लागेको क्षेत्र सिमसार क्षेत्र र फेवातालको ६५ मिटर मापदण्डभित्रै पर्ने भएकोले तालको जैविक विविधतामा नकरात्मक असर पर्ने भएकोले रोक्नुपर्ने माग रिट निवेदनमा गरिएको… पुरा पढौ

ऐतिहासिक चौताराका वर, पिपल काट्नेलाई कारबाही गर्न पोखराका संरक्षणकर्मीको माग

पोखरा : पोखराका ऐतिहासिक चौताराका वर, पिपल, समी लगायतका रुख काट्ने क्रम बढेको भन्दै पोखराका संरक्षण कर्मीले रुख काट्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । पछिल्लो समयमा महायज्ञको नाममा पोखरा १३ र १४ का ऐतिहासिक चौताराका वर, पिपल, समीका रुख काटीएको थियो । पोखरामा बिहीबार बसेको संरक्षणकर्मीको भेलाले पोखराका ऐतिहासिक चौताराका वर, पिपल, समीजस्ता रुख काटिएकोप्रति चिन्ता व्यक्त गर्दै कारबाहीको माग गरेका हुन् । जैविक विविधताकालागि महत्वपूर्ण मानिने वर, पिपल, समी, आँपका रुख मास्ने उद्देश्यले ठुटो बनाएर काटीएको प्रति संरक्षणकर्मीले चिन्त… पुरा पढौ

कोटिहोमकालागि काटिएका वर पिपलका रुखका काठ दाउरा पोखरा महानगरले ग¥यो जफत

पोखरा ः कोटिहोम गर्नकालागि पोखराका चौताराका वर पिपलका रुख काटेर जम्मा गरेका काठ दाउरा पोखरा महानगरपालिकाले जफत गरेको छ ।  अनुमति बिना वर पिपलका रुख ठुटो बनाएर काटेर पोखराको बैदाम स्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको रत्नमन्दिर परिसर भित्र जम्मा गरेर राखिएका काठ, दाउरा पोखरा महानगरपालिकाले बुधबार जफत गरेको हो । मानव सेवा फाउन्डेसनले पोखरामा कोटिहोम चलाउने भन्दै पोखरा १४ का चौताराका रुख मुठारेर ट्रस्टको स्वामित्वमा रहेको बैदाम स्थित फेवाताल किनारको नेपाल ट्रस्टका जमिनमा चाङ बनाएर राखेको थियो ।  सांस्कृतिक महत्वका… पुरा पढौ

पोखरामा चौतारा जोगाउँन सकस : वर पिपलका रुख काटेर ठुट्टै

 पोखरा ः पोखरामा सहरीकरण बढेसँगै प्रकृति, वातावरण र सांस्कृतिकरुपमा पनि महत्त्वपूर्ण  चौतारा, पोखरी, सार्वजनिक धारा मासिँदै गएका छन् । परापूर्व काल देखि पर्यावरणीय र सांस्कृतिक महत्त्व समेत रहेका चौतारा, पोखरी मासिने क्रम बढेको हो ।पोखरा उपत्यकाका हरेक बस्ती वरपर सार्वजनिक धारा, पधेरा, कुवा नजिकै वर,पीपल, समीकाे रुख रोपेर चौतारा, पोखरी निर्माण गरिएको हुन्थ्यो । यसरी निर्माण गरिएका चौतारा बटुवाकालागि आराम स्थल हुन्थ्यो । चौतारो संगैको धारा, कुवा, तिर्खा मेट्न प्रयोग हुन्थ्यो । त्यही चौतारा र धारा नजिकैको पोखरी वन्यजन्तु, चराचुरुङ्गी चौपायाकालागि पानीका… पुरा पढौ