
‘क्या है जङ्गल के उपकार, मिट्टी, पानी और बयार।
मिट्टी, पानी और बयार, जिन्दा रहने के आधार।’
माथि उल्लेखित वाक्य सुन्दरलाल बहुगुणाले चिप्को आन्दोलन घोषणा गर्दा भनेका हुन्। वातावरण, विशेष गरी वन संरक्षणमा सक्रिय चिप्को आन्दोलनका प्रणेता सुन्दरलाल बहुगुणाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ। भारतीय प्रधानमन्त्री लगायत उच्च अधिकारीहरूले शोक व्यक्त गरेका छन् l
उपचारको क्रममा शुक्रवार ९४ वर्षीय बहुगुणाको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। उनको जन्म सन् १९२७ मा उत्तराखण्डमा भएको थियो। बहुगुणा दश दिनदेखि ऋषिकेश स्थित एम्स अस्पतालमा उपचाररत थिए।
बहुगुणाले रूखलाई अँगालो हालेर संरक्षणको सन्देश दिन सन् १९७० मा चिप्को आन्दोलन सुरु गरेका थिए। उत्तराखण्डबाट सुरू भएको आन्दोलन सन् सत्तरीको दशकमा भारतको हरेक पहाडी क्षेत्रमा फैलिएको थियो।

पर्यावरणलाई स्थायी सम्पत्ति मान्ने उनलाई भारतमा पर्यावरण गान्धी पनि भन्ने गरिन्छ । ‘रुख काट्नेहरूले लगाउन पनि जान्नुपर्छ’ भन्ने गर्थे । चिप्को आन्दोलनको कारण उनी विश्वभर वृक्षमित्र नामले प्रसिद्ध थिए।
भारत सरकारले बहुगुणालाई पद्मश्री (सन् १९८१) र पद्म विभूषण (२००९) पुरस्कार प्रदान गरेको थियो। उनी अमेरिकाको फ्रेंड ऑफ नेचर नामक संस्थाबाट सन् १९८० मा पुरस्कृत भएका थिए। उनी धेरै पुरस्कार र सम्मानबाट सम्मानित भएका थिए ।




हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…