
वर्षा याममा वन पाखा, बारी, खोला, चौरमा विभिन्न थरीका च्याउ प्रशस्त उम्रन्छन् । यसरी उम्रेका सबै च्याउ खानयोग्य हुँदैनन् । कतिपय निकै विषालु हुन्छन् । यसैले च्याउ पाइयो, भेटियो भन्दैमा टिपेर खानु हुँदैन ।
वर्षा याम सुरूसँगै देशका विभिन्न जिल्लामा विषालु च्याउ सेवनबाट ज्यान गुमाएका समाचार आउन थालेका छन् । पोखरा ३३ पुँडीमा असार १२ गते शनिवार एकै परिवारका ६ जना सहित ८ जना विषालु च्याउ खाएपछि बिरामी परे । स्थानीय धारापानी सामुदायिक वनबाट ल्याएको च्याउ खाँदा बिरामी परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
२० वर्षदेखि च्याउको अनुसन्धान गरिरहेका पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक टिकाराम अर्याल वनका च्याउको सङ्गतै नगर्न सुझाउँछन् ।
अर्याल च्याउ अनुसन्धानमा २० वर्षदेखि लागिरहेका छन् । उनको हिमालय च्याउ फर्ममा विशेष प्रविधिमार्फत यार्सागुम्बा विकास गरेको ४ वर्ष भयो । यार्सागुम्बासहित उनले ५० थरीका च्याउको बिउ उत्पादन गर्दै आएका छन् । विभिन्न प्रजातिका च्याउ उत्पादन गरेर विक्री वितरण पनि गर्दै आएका छन् ।
खान हुने र नहुने च्याउ हेर्दा उस्तै उस्तै हुन्छन, ९५ प्रतिशत त उस्तै देखिन्छन् । तर शतप्रतिशत खान हुने हो भन्ने एकीन नै गर्न नसकिने उनले सुनाए । यसैले जङ्गलका च्याउ खाँदा ज्यान जाने गरेको उनी बताउँछन् । जङ्गलका च्याउले झुक्याउँछ, यसैले सङ्गतै नगर्न च्याउ विज्ञ अर्याल सुझाउँछन् ।
वन, बारी पाखाका च्याउ कुन खानु हुने हो कुन विषालु हो छुट्टाउनै गार्हो पर्छ । हेर्दा खान हुनेजस्तो लाग्छ । झुक्याउने खालको हुन्छ। यसैले ज्यान नै जोखिममा पर्ने गरी अनुमानको भरमा वन, बारी पाखामा फलेका च्याउ नखान पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया सुझाउँछन् । च्याउ किसानले उत्पादन गरेका बजारमै पाइन्छन् । बजारकै खान उनी नागरिकलाई सुझाउँछन् ।








हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…