
वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासङ्घले वैज्ञानिक वन कार्यविधि कायम गर्न माग गरेको छ । महासङ्घको प्रतिनिधिमण्डलले आज नयाँबानेश्वरस्थित सम्पर्क कार्यालयमा पुगी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई भेट गरी वन कार्यविधि तत्काल बहाली गराउन लागि सहजीकरण गर्न ध्यानाकर्षण गराएको होे ।
सोही अवसरमा उपसभापति निधिले वैज्ञानिक वनकार्यविधि बहाली गराउन आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष रेनु सेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हचुवाका भरमा निजी स्वार्थका लागि वैज्ञानिक वन कार्यविधि खारेज गरेको जानकारी दिनुभयो ।
तत्कालीन वनमन्त्री महेश आचार्यको पालामा वैज्ञानिक वनकार्यविधि २०७१ जारी गरिएको तर ओली नेतृत्वको सरकारले सामुदायिक वन उपभोक्ता महासङ्घको दबाबमा २०७७ जेठ १५ मा कार्यविधि खारेज गरेको थियो । प्रतिनिधिमण्डमा महासङ्घका जयप्रकाश पाण्डे, डिल्लीराज रेग्मी, पदमलाल अधिकारी, हरिकला थारु र गौरीशङ्कर तिमला रहेका थिए ।
यसअघि नेपाल संस्थागत विद्यालय शिक्षक सङ्घ (निष्ठा) का अध्यक्ष भोला चालिसेको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले संस्थागत विद्यालय शिक्षक सङ्घका समस्यासहित संस्थागत मान्यताका लागि उपसभापति निधिको ध्यानाकर्षण गराएको थियो । रासस



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…