वन्यजन्तु

खियालो बिरालोको अनुसन्धान र संरक्षणमा चुनौती

२८ मार्च, सन् २०१२ बर्दिया राष्ट्रिय निकुञ्ज l क्लिफार्ड नाम गरेका पर्यटक स्थानीय प्रकृति पथप्रदर्शक  रामजन चौधरीसँग जिप सफारीमा निस्किएका थिए । जिपमै पनि लामो यात्रा गरे पछि थाकिने, उनी पनि थाकेl जङ्गलको बिचमा एक छिन जिप रोकियो l उनले झाडीतिर खस्र्याक गरेको सुने l क्यामेरा तेर्साए, क्लिक क्लिक l बिरालो जस्तो देखिने त्यो तस्बिर ‘खियालो बिरालो’को  रहेछl नेपालमा पाइने वन बिरालाहरूको सङ्ख्या यो सँगै १२ पुगेको थियो l उनीहरू निकै खुसी भएका थिए l  प्राय रुखहरूमा  बस्न रुचाउने यो… पुरा पढौ

गाइने किराका कुराहरु

सानोमा यसको पछिल्लो भागमा मसिनो धागो बाँधेर छोड्दा आनन्द लाग्थ्यो। यसलाई हेलिकप्टर भन्यो अनि पछि पछि दगुर्‍यो। तर आजभोलि गाइने किराहरु देख्न पनि गाह्रो भैसक्यो। यसलाई नचिन्ने मानिसहरु सायदै होलान्। यिनको लामो शरीर, पारदर्शी पंखेटाहरु तथा ठूलाठूला आँखाहरु हुन्छन्। यिनीहरु किरा हुन्। यसलाई खेतारी,पानी टिपुवा, टुकली, फिरफिरे, झ्यालिन्चा आदि नामले समेत चिनिन्छ। टाउको ठूलो भएको कारणले कसै-कसैल घन टाउके किरा समेत भन्दछन्। यिनीहरु तातो मौसममा तथा पानी आसपासको क्षेत्रमा बस्न रुचाउने गर्दछन्। यिनीहरुले मानिसलाई कुनै नोक्सानी गर्दैनन्। आउनुस् यसका केही… पुरा पढौ

गैँडा तस्करीमा संलग्न पक्राउ

चितवन: चितवन राष्ट्रिय निकुञ्जले गैँडा चोरी सिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ । पछिल्लो पटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेस गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र अधिकारीले जानकारी दिए ।  उनका अनुसार पक्राउ पर्नेमा धादिङका ४५ वर्षीय राजकुमार श्रेष्ठ भनिने कविराज श्रेष्ठ रहेका छन् । उनलाई यही वैशाख २३ गते चितवनको कविलासबाट पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ गरिएका उनलाई जिल्ला अदालत पेस गरिएको र अदालतले २ लाख ५० हजार… पुरा पढौ

यस कारण मलाई मन पर्ने चरा गिद्ध

नेपाली युवा पछिल्लाे समयमा चरा हेर्ने, चराकाे तस्बिर खिच्न तर्फ आकर्षित हुँदै गएका छन् । युवाहरु फरक फरक चराकाे तस्बिर खिच्न रुचाउँछन् । काेही युवा भने आफूलाई मनपर्ने कुनै चरा हेर्न टाढा टाढासम्म पुग्छन् । मान्छेलाई आ-आफ्नै कारणले फरक फरक चरा मन पर्छ । सबै मान्छेलाई एउटै चरा मन पर्ने कुरै भएन । विदेशी पर्यटक पनि नेपालमा चरा हेर्न आउँछन् । युराेप, अमेरिकन पर्यटक चरा हेर्न बढी रुचाउँछन् । पछिल्लाे समयमा चिनियाँ पर्यटक पनि चराकाे तस्बिर खिच्न मात्र पनि नेपालमा… पुरा पढौ

हिउँ चितुवाको आक्रमणबाट ५७ भेडा, च्यांग्रा मरे

जोमसोम । मनाङ र मुस्ताङमा हिउँ चितुवाकाे आक्रमणबाट ५७ वटा भेडा र च्यांग्रा मरेका छन् । हिउँ चितुवाकाे आक्रमणबाट वैशाख ८ गते मनाङमा ४५ वटा र मुस्ताङमा वैशाख १९ गते १२ वटा च्यांग्रा मारेकाे इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख ऋषि बरालले जानकारी दिए । मुस्ताङकाे तेताङ गाउँका किसान नसाक्या गुरुङले पालेकाे खोरमा हिउँ चितुवा पसेर १२ च्यांग्रा मारेको हाे। ११ वयस्क भाले र एउटा वयस्क पोथी गरी १२ च्यांग्रा मारेको स्थानीय किसानले बताएका छन्। पाठापाठी छुट्टै खाेरमा राखिएकाेले हिउँ चितुवाकाे आक्रमणबाट बचेका… पुरा पढौ

गिद्ध मर्दा सबै चिन्तित !

नवलपरासी, ८ वैशाख । पश्चिम नवलपरासीमाको  रामग्राम नगरपालिका ४, जितपुरमा गिद्धहरु मरेको अवस्थामा फेला परेका हुन्।पंक्षी संरक्षण संघको गिद्ध संरक्षण परियोजनाका अधिकृत देउबहादुर रानाका अनुसार ६७ वटा  गिद्धहरु मरेका अवस्थामा फेला परेका छन् । स्थानीय सुरेश यादवका अनुसार विष खुवाएर मरेको कुकुरको सिनो खाएका कारण यति ठूलो संख्यामा गिद्ध मरेको बताए । प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षणमा लागेका संरक्षणकर्मीलाई यो घटनाले ठूलो नोक्सान पुर्‍याएको छ। संरक्षणकर्मिहरुले उक्त घटनाको छिटो भन्दा छिटो छानबिन गरी कारबाही गर्न माग गरेका छन् l  पुरा पढौ

भालुको आक्रमणबाट बाँचेकाहरु संरक्षणमै क्रियाशील

कास्की : माछापुच्छ्रे गाउँपालिकाका टेकबहादुर लामिछाने  जंगलमा एक्लै घाँस काट्न जाँदा आक्रमणमा परे। वनको बीचमा एक्कासि गरिएको आक्रमणले उनको घाँटीमा मुटु आएजस्तो भयो । घाँस काट्दै गर्दा  झाडीबाट निस्किएको भालुले टोकेपछि बल्ल भालु भन्ने भेउ पाए । अब के गर्ने भन्ने निर्णय गर्न नपाउँदै ५० मिटर गहिरो खोल्सामा खसे  । उनीसँगै भालु पनि खोल्सामै पुग्यो। फेरि  भालुले देब्रे हातको औलामा टोक्यो । टेकबहादुरले अर्को हातले ढुंगा समात्न पुगेछन् र त्यही भालुको नाकमा हान्न भ्याए । भालु नाकमा लागेपछि करायो र… पुरा पढौ

सहर झर्न थाले घाेरल र थार

पोखरा । हिमाली क्षेत्र आसपासका वनमा पाइने हिमाली घोरल र थार सहर पस्न थालेका छन् । वन्यजन्तु सहर पस्न थालेपछि डिभिजन वन कार्यालय कास्कीले उद्धार गरेर वनमा छाड्ने गरेकाे छ । पोखरा ३२ राजाको चौतारामा शनिबार स्थानीयले नयाँ प्रजातिका जनावर देखेपछि उद्धार गरेर डिभिजन वन कार्यालय कास्कीमा खवर गरेका थिए । डिभिजन वन कार्यालय कास्कीले सञ्चालनमा ल्याएको वाइल्ड एम्बुलेन्समा घोरललाई उद्धार गरेर ल्याइएको थियो । समुन्द्र सतहदेखि ३ सय मिटर उचाई देखि ३५ सय मिटर उचाई सम्म पाइने घोरल कास्की… पुरा पढौ

संरक्षण क्षेत्रमा लागेकाे डढेलाेले दुर्लभ वन्यजन्तुका बासस्थान विनास

हिमाल पारीको जिल्ला मनाङमा पटक पटक गरी २८ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । संरक्षण क्षेत्रको वनमा डढेलो लाग्दा जैविक विविधतामा ठूलो नोक्सान पुगेको छ । उच्च हिमाली क्षेत्रको ३२ सय मिटर उचाईको वन क्षेत्र सम्म आगो लागेको हो । मनाङमा लागेकाे डढेलाे निभाउदै सुरक्षाकर्मी । पछिल्लो पटक माघ २९ गते पिसाङ र घ्यारु बिचको जंगलमा लागेको आगो आइतबार दिउँसो देखि नियन्त्रणमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी,… पुरा पढौ

कलेजको प्रयोगशालाबाट चोरी भएको वन्यजन्तुका अखेटोपहार जंगलमा भेटियो

पोखरा ः वन बिज्ञान अध्ययन संस्थान पोखराको प्रयोगशालाबाट चोरी भएको वन्यजन्तुका ओखटोपहार जंगलमा फेला परेको छ । पोखरा १५ टुटुङ्गामा रहेको वन बिज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट माघ ९ गते अखेटोपहार चोरी भएको थियो । प्रयोगशालाबाट चोरी भएको वन्यजन्तुका ओखटोपहार फेला परेपछि । तस्बिर : जिल्ला प्रहरी कार्यालय कास्की । प्रयोगशालाबाट चितुवाको छाला ४ थान, चितुवाको दाँतहरु, अन्य हाड अखेटोपहार चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबराजबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा मंगलबार (माघ २०… पुरा पढौ