वन्यजन्तु

नागपञ्चमीको पर्यावरणीय र सांस्कृतिक महत्व

श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखि परम्परा छ । नागपञ्चमीमा घर घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनाजरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । खानजोत गर्दा नाग, सर्प लगायतका जीवलाई असर गर्ने हुनाले पनि खनजोत नगर्ने गरिएको हो । नाग पूजा गर्नाले वर्षा हुने र बालीनाली राम्रो हुन्छ भन्ने जनविश्वास रहेको छ । नागको प्रतीक घरको प्रवेशद्धवारमा… पुरा पढौ

बबरमहलमा संरक्षण फोटो प्रदर्शनी

काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा सुरु भएको प्रदर्शनी पाँच दिनसम्म सञ्चालन हुनेछ । ‘फोटोग्राफी र फोटो प्रदर्शनीमार्फत चरा संरक्षणमा योगदान’ भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा नेपालमा पाइने विभिन्न प्रजातिका चराहरूका आकर्षक तथा महत्वपूर्ण तस्बिरहरू राखिएका छन् । प्रदर्शनीमा ५२ जना प्रतिस्पर्धीका ६० वटा तस्बिर राखिएका छन् । उद्घाटन समारोहमा प्रदर्शनीका लागि राखिएका तस्बिरहरूमध्ये उत्कृष्ट तीन तस्बिर घोषणा गरिएको थियो । रिजन शिल्पकारले खिचेको कालो चिबेको… पुरा पढौ

पोखरा उपत्यकामा ५४१ प्रजातिका चरा रेकर्ड

पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४ सय ६७ प्रजातिका चरा रेकर्ड भएकोमा पछिल्लो गणनामा नयाँ प्रजातिका चराको रेकर्ड भएको पोखरा पंछि समाजका पूर्व अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । नेपालमा ९ सय ३ प्रजातिका चरा पाइन्छन् ।  पोखरामा पाइने चराहरूमा विश्वमा सङ्कटमा परेका ५ प्रजाति, अति सङ्कटापन्न  ६ प्रजाति, सङ्कटापन्न ४ प्रजाति रहेका छन्  । संवेदनशील प्रजातिका ५ प्रजाति रहेका छन् ।  यसै गरी राष्ट्रिय स्तरमा अति सङ्कटापन्न १६,… पुरा पढौ

बाँदरबाट ५ करोडभन्दा बढीको कृषि क्षति , द्वन्द्वको दीर्घकालीन समाधान के ?

काठमाडौं — खेतबारीमा पाक्न लागेको मकै, फलफूल र अन्य कृषि उपजको नोक्सानीदेखि घर आँगनसम्मै बाँदरको बढ्दो उपद्रवका कारण मध्यपहाडी क्षेत्रका किसानको समस्या गम्भीर बन्दै गएको छ। बाँदरबाट हुने क्षति तत्काल नियन्त्रण गर्न नसक्दा कतिपय क्षेत्रमा किसानहरू बाँदर मार्ने वा अन्य जोखिमपूर्ण उपाय अपनाउने अवस्थामा पुगेका छन्। यही समस्याको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष र त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा हालै गरिएको अध्ययनले नेपालको मध्यपहाडी क्षेत्रमा बाँदरको संख्या, फैलावट र त्यसबाट हुने कृषि क्षतिको अवस्थालाई विश्लेषण गर्दै… पुरा पढौ

ध्वाँसे चितुवा संरक्षणमा जुटे विद्यार्थी

काठमाडौंः विश्वमै दुर्लभ ध्वाँसे चितुवाको संरक्षणका लागि विद्यार्थीहरूले जनचेतना अभिवृद्धि गर्दै यसको सम्भावित वासस्थान क्षेत्रबाट प्लास्टिकजन्य फोहोर सङ्कलन गरेका छन्।भक्तपुर बहुमुखी क्याम्पसको स्नातक तह विज्ञान संकायका दोस्रो, तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले शनिबार शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको नागार्जुन क्षेत्रमा पर्ने फूलबारी गेटदेखि जामाचोसम्म पदयात्रा गरी पदमार्गमा छरिएको प्लास्टिकजन्य फोहोर सङ्कलन गरेका थिए। पदयात्राका क्रममा ध्वाँसे चितुवा संरक्षणसम्बन्धी जनचेतनामूलक अभियानसमेत सञ्चालन गरिएको थियो ।नवौँ अन्तर्राष्ट्रिय ध्वाँसे चितुवा दिवसको पूर्वसन्ध्यामा भक्तपुर बहुमुखी क्याम्पसले नेपालमा ध्वाँसे चितुवा तथा अन्य साना बिराला प्रजातिको अनुसन्धान… पुरा पढौ

बाघ गणनाको नतिजा सार्वजनिक : संख्या बढेर ४२९ पुग्यो

काठमाडौं : नेपालमा बाघ गणनाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको नतिजा अनुसार नेपालले बाघ संरक्षणमा अर्को ऐतिहासिक सफलता हासिल गरेको छ। नेपाल सरकारले बुधबार सार्वजनिक गरेको राष्ट्रिय बाघ तथा आहारा प्रजाति गणना–२०२६ अनुसार नेपालमा जंगली पाटेबाघको अनुमानित संख्या ४२९ पुगेको छ। सन् २०२२ मा ३५५ बाघ रहेकोमा पछिल्लो चार वर्षमा ७४ वटा (करिब २०.८ प्रतिशत) ले वृद्धि भएको हो। सन् २००९ मा १२१ बाघ रहेको नेपालले करिब डेढ दशकमा बाघको संख्या तीन गुणाभन्दा बढी पुर्‍याएर विश्वमै उदाहरणीय संरक्षण… पुरा पढौ

राङभाङ, भैसेगौंडाको बायोडाइभरसीटी प्रोफाइल सार्वजनिक 

पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र स्याङ्जाको पुतलीबजार नगरपालिका २ स्थित भैँसेगौडामा रहेको मिलेनियम भैँसेगौंडा सामुदायिक होमस्टेले गाउँको जैविक विविधता समेटिएको बायोडाइभरसीटी प्रोफाइल प्रकाशन गरेको हो ।  चरा, वनस्पति, वन्यजन्तु विज्ञले गाउँमा पाइने वन्यजन्तु, चरा, जैविक विविधताको विषयमा अध्ययन गरेर पुस्तक तयार पारेका हुन् । अध्ययनमा गाउँमा २२९ प्रजातिका चरा र १२६ प्रजातिका पुतली पाइएको गाउँको बायोडाइभरसीटी समेटेर तयार पारिएको पुस्तकमा उल्लेख गरिएको छ ।  भैँसेगौडा पर्यटकीय… पुरा पढौ

खुल्यो चिडियाखाना

बर्ड प्लू संक्रमण फैलिएपछि बन्द रहेका ललितपुरको जावलाखेलपस्थित सदर चिडियाखाना शुक्रबारदेखि खुलेको छ । असार ५ गते देखि बन्द रहेको चिडियाखाना २७ दिनपछि शुक्रबार खुलेको हो । निःसंक्रमण, नमुना परीक्षण र निगरानीपछि चिडियाखानाको वातावरणीय नमुनासमेत नेगेटिभ आएपछि पशु सेवा विभाग, केन्द्रिय प्रयोगशाला तथा सम्बन्धित निकायको सिफारिसमा चिडियाखाना पुःन सञ्चालनमा ल्याइएको चिडियाखानाका अधिकारीले बताएका छन् । चिडियाखाना प्रशासनले आगन्तुकलाई बाहिरबाट खाखेकुरा नल्याउन, जनावरलाई नखुवाउन तथा संवेदनशील खोर आसपास आनाजश्यक भिड नगर्न अनुरोध गरेको छ । पुरा पढौ

सदर चिडियाखाना परिसरमा बर्डफ्लु पुष्टि, अनिश्चितकालका लागि बन्द

ललतिपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु पुष्टि भएको चिडियाखानाका अधिकारीले पुष्टि गरेका छन् । बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखानाले सूचना जारी गर्दै शुक्रबार देखि अनिश्चितकालकालागि बन्द गरिएको जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना सञ्चालन गर्दै आइरहेको छ । संक्रमण थप फैलिन नदिन र आगन्तुकहरको सुरक्षाकालागि शुक्रबार देखि लागु हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधिहरु स्थगित गरिएको छ । गत चैतमा कोशी प्रदेशमा देखिएको बर्डफ्लु संक्रमण अहिलेसम्म १० जिल्लामा फैलिएको बताइएको छ । पुरा पढौ

‘अन्नपूर्णको स्याहार’ नेपाली संस्करण पोखरामा लोकार्पण

स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’ को नेपाली संस्करण ‘अन्नपूर्णको स्याहार’ पोखरामा लोकार्पण गरिएको छ। पृथ्वी नारायण क्याम्पस परिसरमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना संग्रहालयमा आयोजित कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्रका संरक्षणकर्मी, विभिन्न गाउँपालिका प्रतिनिधि, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका नयाँ तथा पुराना कर्मचारी, समुदायका अगुवा तथा शुभचिन्तकको उपस्थितिमा पुस्तक लोकार्पण भएको हो । कार्यक्रममा पूर्व संघीय सांसद तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर गुरुङले स्वर्गीय डा चन्द्र… पुरा पढौ