वन्यजन्तु

अमेरिकाको मिनेसोटामा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको तयारी 

अमेरिकाको मिनेसोटामा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको तयारी गरिएको छ । लाटोकोसेरो संरक्षणमा जनचेतना जगाउने उद्देश्यले महोत्सव हुँदै आएको आयोजकले बताएका छन् । मार्चको १ गते देखि ३ तारिख सम्म मिनेसोटाको हुस्टनमा महोत्सवको तयारी गरिएको हो ।  अमेरिकामा सन् २००६ बाट अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव हुँदै आएको छ । महोत्सवमा लाटोकोसेरोको आवाज निकाल्ने प्रतियोगिता, जिउँदा लाटोकोसेरोको प्रदर्शनी, विश्वभरिका लाटोकोसेरोको अध्ययन र संरक्षणमा लाग्नेलाई पुरस्कार समेतको व्यवस्था गरिएको छ ।  नेपालमा हुँदै आएको लाटोकोसेरो तथा हुचील उत्सव पनि यहाँ हुँदै आएको उत्सवको प्रेरणाको स्रोत… पुरा पढौ

लाटोकोसेरा र नेपाल चरा संरक्षण उत्सव वन्यजन्तु संरक्षणकै लागि ऐतिहासिक

पृथ्वीमा करोडौँ जीव छन् । ती सबै आफ्नो अस्थित्व कायम गर्न सङ्घर्षरत छन् । मानिस पृथ्वीको एउटा यस्तो प्राणी हो जसले आफू बाँच्न धेरै जीवहरूको विनाश गर्दै आएको छ । मानिसका व्यवहारका कारण पृथ्वीबाट कति जीवहरू हराए होलान् भन्ने अनुमान पनि लगाउन सकिँदैन । मान्छेका व्यवहारका कारण पानीका स्रोतहरू सुक्दै, फोहर हुँदै गएका छन् । सजीव प्राणीकालागि सबैभन्दा पहिला आवश्यक पर्ने पानी मात्र होइन शुद्ध हावा, तापक्रम सबैमा मानिसका व्यवहारका कारण बढोत्तरी हुँदै गएको विभिन्न वैज्ञानिकहरूले अध्ययनबाट पत्ता लगाएका छन् । यसको… पुरा पढौ

पर्वतमा ११ औं लाटोकोसेरो संरक्षण उत्सव (फोटो फिचर)

पर्वतको जलजला गाउँपालिकाको लकेफाँटमा लाटोकोसेरो संरक्षण उत्सव गरिएको छ । मुसा लगायत अन्नबालीमा क्षति पुर्‍याउने जीवहरूलाई आहारा बनाएर अन्नबाली जोगाउने र पर्यावरण सन्तुलन राख्न लाटोकोसेरोले योगदान दिने गर्दछन् ।  मानिसहरूले विभिन्नतवरले यसको अवैध चोरी सिकारी गरिरहेका छन् ।  लाटोकोसेरो तथा हुचीलको अवैध चोरी  सिकारी गरेर विदेशमा समेत निर्यात हुने गरी व्यापार बढेपछि संरक्षणमा स्थानीय समुदायलाई लाग्न प्रेरणा दिन उद्देश्यले उत्सव हुँदै आएको आयोजक संस्थाका निर्देशक राजु आचार्यले बताए । माघ १९ र २० गते पर्वतको जलजला गाउँपालिका स्थित २३ सय… पुरा पढौ

लाटोकोसेरो संरक्षणमा जनचेतना जगाउन उत्सव

पोखरा : देश भर बिभिन्न व्यापारिक महोत्सव भइरहेको अवस्थामा चरा संरक्षणकालागि पर्वतमा संरक्षण उत्सव हुने भएको छ । लाटोकोसेरो तथा हुचील संरक्षणमा जनचेताना जगाउन पर्वतको जलजला गाउँपालिका ५ लेखफाँट लोप्रेमा माघ १९ गते देखि दुई दिने उत्सव हुने भएको छ । लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गरौं भन्ने नाराका साथ पर्वतमा ११ औं संस्करणको, ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८०’ हुन लागेको हो ।संरक्षण उत्सव लोप्रे स्थित मालीका आधारभुत विधालयमा हुने छ । प्राकृतिक सम्पदा संरक्षण संस्था र प्रकृतिका साथीहरु… पुरा पढौ

बाघ संरक्षणमा चुनौती : पासोमा परेको अवस्थामा मृत भेटियो पाटे बाघ

टीकारपुर :अमरावती सामुदायिक वनमा पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको छ । कैलालीको जानकी गाउँपालिका  स्थित अमरावती सामुदायिक वनमा पाटे बाघ मृत भेटिएको हो । आइतबार पासोमा परेको अवस्थामा बाघ मृत भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सामुदायिक वन भित्र थापेको काँडेतारको पासोमा परेर मरेको अवस्थामा बाघ भेटिएको डिभिजन वन कार्यालय लम्कीले जनाएको छ । मृत भेटिएको झण्डै १७/१८ वर्ष उमेरको पोथी पाटेबाघ रहेको बताइएको छ । घट्नाको प्रकृति हेर्दा केही दिन अघि देखि नै काँडेतारको पासो बाघको… पुरा पढौ

लाटोकोसेरो तथा हुचील संरक्षण उत्सव माघ १९ देखि पर्वतको जलजलामा

पोखरा : लाटोकोसेरो तथा हुचिल उत्सव २०८० पर्वतको जलजला गाउँपालिका ५ लेख फाँट लाप्रेमा हुने भएको छ । माघको १९ र २० गते १४ औँ संस्करणको लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव हुन लागेको हो ।  प्रकृतिका साथी नामक संस्थाले देशमा हुने विभिन्न महोत्सव भन्दा पृथक् चरा संरक्षण उत्सव गर्दै आएको हो । उत्सवमा लाटोकोसेरो चराको संरक्षणका साथै अन्य वन्यजन्तु, वनस्पतिको संरक्षणका विषयमा छलफल, बहस, सांस्कृतिक कार्यक्रम मार्फत संरक्षण सन्देश दिनुको साथै स्थानीय युवा, आमा, बुवाहरुलाई लाटोकोसेरो लगायत वन्यजन्तुको महत्त्व र… पुरा पढौ

मान्छे र वन्यजन्तु दुवै बाँच्ने वातावरण बनाउँ

संरक्षित जीवको सूचीमा रहेको जङ्गली हात्ती र मानव द्वन्द्व बढेको छ । यसले गर्दा मान्छे र हात्ती दुवैको ज्यानै गएका समाचार आइरहेका छन् । मानव बस्तीमा हात्ती पसेर किसानका बालीनाली खाने मात्र होइन बास नै ध्वस्त पार्ने र मान्छेलाई समेत आक्रमण गरेर ज्यान समेत जाने घट्ना राष्ट्रिय निकुञ्ज वरपर घट्ने गरेका छन् । तराईका जिल्लामा हात्ती मानव बस्तीमा पसेर बस्ती भत्काउने घट्ना पनि भइरहेका छन् । यसरी मानव र हात्तीको द्वन्द्वका कारण जनधनको क्षति नहोस् र हात्ती पनि नमर्ने गरी वन्यजन्तुको व्यवस्थापन… पुरा पढौ

इलामको जौबारीमा मृत अवस्थामा भेटियो रेडपान्डा

इलाम : इलामको सन्दुकपुर गाउँपालिका ५ जौबारीमा लोपोन्मुख वन्यजन्तु रेडपान्डा मृत अवस्थामा फेला परेको छ । गौरीबास सडक नजिक वृक्षरोपण गरिएको क्षेत्रमा पोथी रेडपाण्डा मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । मृत रेडपान्डाको पोस्टमार्टम रिपोटकालागि भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र इलाम पठाइएको सन्दकपुर गाउँपालिका पशु शाखा प्रमुख सविन भट्टराईले बताएका छन् । लजाुल स्वाभावको वन्यजन्तु रेडपान्डाको वासस्थान निगालोको जंगल भएको क्षेत्र हो । निगालोको टुसा र पात खाने रेडपान्डाको बासस्थान समेत संकटमा पर्दै गएका छन् । रेडपान्डा जोगाउन… पुरा पढौ

जिम्बाब्वेमा खडेरीका कारण पानी खान नपाएर एक सय हात्ती मरे

कहिले अति वर्षा त कहिले खडेरीका कारण विश्वका मान्छे मात्र होइन जनावर पनि समस्यामा पर्दै गएका छन् । यस्तै समस्या अहिले जिम्बाब्वेमा खडेरीका कारण हात्ती मरेका समाचार आइरहेको छ । जिम्बाब्वेमा खडेरीका कारण कम्तीमा एक सय वटा हात्ती मरेका छन् । जिम्बब्वेस्थित ह्याङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तराष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले जनाएको छ । पशु कल्याणको लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञत्ति अनुसार हाल सो खडेरीकाा कारण ग्रीष्मकालीन… पुरा पढौ

गोही संरक्षणको सन्देश दिन मेला

गोही संरक्षणको सन्देश दिन सौराहाको चित्रसारी मैनाह खेलमैदानमा नेपाल गोही संरक्षण मेला २०८० आयोजना गरिएको छ । केयर फर नेचको आयोजनामा गोही संरक्षणका साथै खोलाको संरक्षण गर्दै पर्यटन विकासमा जोड दिदैं मेला आयोजना गरिएको हो । मंसीर २२ र २३ गते दुई दिन चलेको मेलामा नदी किनार सरसफाई जनचेतना मुलक ¥याली पनि गरिएको थियो । मेलामा बालबालिकाले गोहीको मुकुट लगाएर संरक्षणको सन्देश दिएका थिए । बालबालिकाले गालामा सेभ घडियाल, सेभ गोही जस्ता सन्देशमुलक सन्देश फेस पेन्टिङ गरेका थिए । सौरहा… पुरा पढौ