वन्यजन्तु

१६ वर्षपछि बाघको छाला किनबेचमा संलग्न पक्राउ

बाघको छाला किनबेचमा संलग्न रहेको फैसला गरिएका एक व्यक्ति १६ वर्षपछि पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले २०६२ सालको असोज १४ गते सौराहा नजिकैबाट १ थान बाघको छाला सहित दुई जनालाई पक्राउ गरेको थियो । छालाको किनबेछमा संलग्न भएको फैसला भएर पनि लामो समयदेखि फरार रहँदै आएका २ जना मध्ये तनहुँको देवघाट गाउँपालिकाका विष्णुबहादुर गुरुङलाई भरतपुर १ लिलाचोकबाट नियन्त्रणमा लिएको निकुञ्जले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा पक्राउ गरेर जिल्ला कारागार भरतपुरमा बुझाइएको बताइएको छ… पुरा पढौ

नरभक्षी बाघ नियन्त्रणमा

बाँकेमा लामो प्रयासापछि नरभक्षी बाघ नियन्त्रणमा आएको छ । राप्तीसोनारी गाउँपािलकामा नरभक्षी बाघ नियन्त्रणमा आएको अधिकारीले बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीले बुधबार बिहान साप्तीसोनारी स्थित सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिएको कोषले जनाएको छ । पाडा राखेर बाघलाई नियन्त्रणको प्रयास गरिएको थियो । राति बाघले पाडो खाएको थियो । त्यही पाडो फेरि बिहान खान आएको बेलामा नियन्त्रणमा लिन गरिएको डार्टकाे (बेहोस बनाउने) प्रयास असपल भएपछि दोस्रोपटकको प्रयास सफल भएको हो । राप्तीपारी मात्र एक वर्षको अवधिमा बाघको… पुरा पढौ

जहाजमा लाटोकोसेरो ठोक्किएपछि

यात्रु लिएर काठमाडौं उडेको गुण एयरलाइन्सको जहाजमा लाटोकोसेरो ठोक्किएको छ । यात्रु लिएर विराटनगरबाट काठमाडौंका लागि उडेको जहाज चरा ठोक्किएपछि फर्काएर विराटनगर विमास्थलमै अवतरण गरिएको थियो । धावनमार्ग छाड्ने क्रममा लाटोकोसेरो ठोक्किएपछि ३० सिटे जहाजलाई आइतबार साँझ विराटनगर फर्काइएको हो । साँझ साढे ६ बजेतिर काठमाण्डौंकालागि उडेको जहाजमा लाटोकोसेरो ठोक्किएपछि गन्तव्यमा पुग्न नसके पछि ५ मिनेटमै फर्काएर जहाजलाई सुरक्षित रुपमा विराटनगरमा अवतरण गरिएको विमानस्थल प्रमुख उत्सवराज खरेलले बताएका छन् । ७२४ उडान नम्बर रहेको जहाजमा ३० जना यात्रु र ३… पुरा पढौ

वन्यजन्तुको मार्ग अवरोध नगर

सडक फराकिलो बनाउन खनेर छाडेको खाल्डोमा परी आइतबार (माघ ९ गते ) दिउँसो एउटा भाले गैंडाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गको भरतपुर गोद्राङ खण्डलाई ६ लेन बनाउन खनिएको खाल्डो नपुर्दा त्यसमा परेर करिब ११ वर्षको भाले गैंडा मारिएको छ ।  वन्यजन्तु ओहोरदोहोर भइरहने क्षेत्रमा वन्यजन्तुलाई पासो थापे जस्तो गरेर खनिएको खाल्डो बेलैमा नपुर्दा यस्तो दुर्घटना भएको देखिन्छ । काम सकिएपछि पासो जस्तो खाल्डो पुरेको भए दुर्लभ गैंडा यसरी मारिने थिएन । वन्यजन्तु ओहोरदोहोर गर्ने संवेदनशील क्षेत्रको अवस्थालाई बुझेर त्यसैअनुसार निर्माणको काम गरिनु पथ्यो… पुरा पढौ

वन्यजन्तुको काल बन्दै मानव निर्मित संरचना : नालीमा परेर गैंडाको मृत्यु

मानव निर्मित संरचना वन्यजन्तुकालागि काल बन्दै गएको छ । अव्यवस्थित रुपमा निर्माण भएका संरचनामा परेर बेलाबेलामा वन्यजन्तु मर्ने गरेका छन् । यस्तै आइतबार घटना भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैंडाको मृत्यु भएको हो । आइतबार दिउँसो तीन बजे अन्दाजी वाषर््को भाले गैडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तारको काम भइरहेको पूर्वपश्चिम महेन्द्रराजमार्गको निर्माणाधीन नालामा खसेर भाले गैंडाको मृत्यु भएको हो । यो स्थान राजमार्गको भरतपुर गोन्द्राङ… पुरा पढौ

अवैध वन्यजन्तुका अङ्ग र बन्दुक सहित पोखराबाट एक जना पक्राउ

पोखरा २२ पुम्दिभुम्दीमा अवैध रूपमा वन्यजन्तुको छाला घरमा लुकाई छिपाई राखेको अवस्थामा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वन्यजन्तुको छाला घरमा लुकाई राखेको छ भन्ने सूचनाको आधारमा प्रहरीले पुम्दीभुम्दीका २८ वर्षीय खो बहादुर थापालाई पक्राउ गरेको जनाएको छ ।  थापाको घरबाट ७ फिट लामो चितुवाको छाला, विभिन्न आकारका डल्लो पदार्थ ३ थान, सानो पटका रहेको रातो रङ्गको पत्ता १ थान फेला परेपछि उनलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ । पक्राउ परेका थापालाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा… पुरा पढौ

गैँडाको आक्रमणबाट दुई जना घाइते

पश्चिम चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिकाको पाछिहानीमा दिउँसो गैँडाको आक्रमणबाट दुई जना घाइने भएका हुन् । दिउँसो साढे तीन बजे गैँडाको आक्रमणबाट स्थानीय ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महतो घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घर अगाडी घाम तापेर बसिरहेका स्थानीयलाई गैँडाले आक्रमण गरेको बताइएको छ । गैँडाको आक्रमणमा परेका दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्ब जना खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्… पुरा पढौ

एसियामा बाघभन्दा ध्वाँसे चितुवा दुर्लभ हुनसक्छ

संरक्षण अवस्थाबारे गरिएको एउटा नयाँ अध्ययनमा विश्वभर ३७ सयदेखि ५५ सय ८० वटा परिपक्व अवस्थाका ध्वाँसे चितुवा रहेको अनुमान गरिएको छ । यस आकलनको तल्लो विन्दुलाई आधार मान्ने हो भने बाघभन्दा ध्वाँसे चितुवा दुर्लभ देखिन्छ किनभने अनुमानित तथ्यांकअनुसार अहिले विश्वभर ४ हजार बाघ जीवित रहेको मानिन्छ । नेपालका हिमाली शृंखलाका फेदीदेखि दक्षिण चीन र मलेसियाको दक्षिणसम्म पाइने यो चितुवा विरलै देखिने मांसाहारी हो जसले आफ्नो अधिकांश समय रुखमै बिताउँछ । सुमात्रा र बर्निओमा पाइने सुन्डा ध्वाँसे चितुवा र यो बाघ… पुरा पढौ

बाघले फेरि लियो एकको ज्यान : त्रासमा सर्वसाधारण

बाँकेमा बाघको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं ६ हवल्दारपुरकी ३२ वर्षीया चाँदनी थारुको पाटे बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । माघीको लागि पात टिप्न भनेर बाँके राष्ट्रिय नजिकैको सामुदायिक वनमा पात टिप्न गएकी थारुको बाघले अक्रमण गरी ज्यान लिएको हो । माघीकालागि पात टिप्न गएका ६÷७ जनाको समूहमा बाघले थारुलाई झम्टिएर मारेको प्रहरीले बताएका छन् । बाघले आक्रमण गरेर मृत्यु भएकी थारुको शव जंगलमा भेटिएको छ । समूहमा रहेकी थारुलाई… पुरा पढौ

कावासोतीको जटायु रेष्टुरेन्टमा अहिले सम्मकै धेरै गिद्ध

नवलपरासीको कावासोतीमा रहेको जटायु रेस्टेरेन्टमा अहिले सम्मकै धेरै गिद्ध देखा परेका छन् । एसियामै गिद्ध संकटमा परेको समयमा गिद्धलाई शुद्ध आहारा उपलब्ध गराउने उद्देश्यले सन् २००६ मा नवरपरासीको पिठौलीमा जटायु रेस्टुरेन्ट संञ्चालनमा आएको हो । यो रेस्टुरेन्ट समुदायद्धारा सञ्चालनमा आएको विश्वकै पहिलो जटायु रेस्टुरेन्ट हो । पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनक औषधिको अत्याधिक प्रयोगले गिद्धको विनाश भएपछि डाइक्लोफेनक रहित शुद्ध आहारा उपलब्ध गराउन रेस्टुरेन्ट संञ्चालनमा आएको हो । पशु उपचारमा डाइक्लोफेनक खुवाइएका पशु उपचारका क्रममा मरेपछि गिद्धले त्यो सिनो खाँदा… पुरा पढौ