वन्यजन्तु

ऋषि बरालले हासिल गरे खैरो भालुमा पीएचडी उपाधि

पोखराका ऋषि बरालले खैरो भालु विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन्। जापानको होक्काइडो विश्वविद्यालय अन्तर्गतको पशु चिकित्सा संकायको वन्यजन्तु जीवविज्ञान तथा चिकित्सा प्रयोगशालाबाट उनले सफलतापूर्वक पीएचडी पूरा गरेका हुन्। नेपालको हिमाली क्षेत्रमा पाइने खैरो भालु तथा अन्य मांसाहारी वन्यजन्तुको आनुवंशिक संरचना, वासस्थान, आहारा र शिकार व्यवहारसम्बन्धी बरालको अनुसन्धान वन्यजन्तु संरक्षणका लागि अत्यन्त महत्वपूर्ण रहेको यस क्षेत्रका विज्ञहरूले बताएका छन्। उनले मुस्ताङ जिल्लाको उपल्लो मुस्ताङ क्षेत्रमा केन्द्रित रहेर खैरो भालुमा अनुसन्धान गरेका थिए। विद्यावारिधिको अन्तिम प्रस्तुति (डिफेन्स) सफलतापूर्वक सम्पन्न गरेपछि… पुरा पढौ

बुद्ध भूमिमा चरा संरक्षण मेला

भगवान बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबारदेखि तेस्रो नेपाल चरा मेला सुरु भएको छ । नेपालसहित भुटान, फिलिपिन्स, ताइवान, सिंगापुर, भारतलगायत विभिन्न ७ देशका चराविद्, संरक्षणकर्मी, नेचर गाइड र वाइल्डलाइफ फोटोग्राफर सहभागी चरा मेलामा चराको संरक्षणका चुनौती र संरक्षणका उपायका बारेमा छलफल भइरहेको छ । कार्यक्रममा नेपाल सहित ७ देशका दुई सयभन्दा बढी चरा अनुसन्धानकर्मी तथा संरक्षणकर्मी लुम्बिनीमा भेला भएका छन् । नेपालमा हालसम्म अभिलेख भएका ९ सय ३ प्रजातिका चरामध्ये करीव १९ प्रतिशत (१७२ प्रजाती) चराका प्रजातीहरु संकटग्रस्त अवस्थामा रहेको विज्ञहरूले… पुरा पढौ

कहिले बन्छ वन्युजन्तु मैत्री विद्युत प्रशारण लाइन

विद्युत् पोल वन्यजन्तुका लागि मृत्युदण्ड नबनोस् : कपिलवस्तु जिल्लाको तौलिहवामा करेन्ट लागेर मृत अवस्थामा गिद्ध । वन्यजन्तुका लागि विद्युत् संरचना अझै पनि घातक बनेका छ । तस्बिर : राजेश ढुंगना पुरा पढौ

हिमाल पार गरेर आइपुगे फेवातालमा खोया हाँस

विश्वको सबैभन्दा अग्लो उडान भर्ने चराहरू मध्येको एक खोया हाँस (बार हेडेड गुज) जाडो छल्न पोखराको फेवातालमा आइपुगेका छन् । हिउँदको समयमा प्रत्येक वर्ष खोया हाँस, चखेवा चखेवी लगायतका चरा पोखराका फेवातालमा पाहुना चराको रुपमा जाडो छल्न आइपुग्छन् । चिसोबाट तातोपन बढ्दै गएपछि खोया हाँस लगायतका पाहुना चरा उडान भरेर आफ्नै थाकथलो तर्फ उडान भर्छन् । पहिले फेवातालमा ठूलो सङ्ख्यामा खोया हाँस लगायतका पाहुना चरा आउने भए पनि पछिल्लो समयमा सिमसार क्षेत्र अतिक्रमणमा परेपछि पाहुना चराको आगमन सङ्ख्या घट्दो छ ।  खोया… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा हिउँ चितुवा गणना सुरु

अन्नपूर्ण संरक्षण क्षेत्रमा हिमालकी रानी भनेर चिनिने हिउँ चितुवाको गणना सुरु भएको छ । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङका ३ हजार देखि ५३ सय मिटर उचाईमा २२५ वटा क्यामेरा राखेर हिउँ चितुवा गणना सुरु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले जानकारी दिए । मनाङ जिल्ला तर्फ क्यामेरा राखिसकिएको र मुस्ताङ तर्फ हिउँ चितुवाको गतिविधि हुने क्षेत्रमा क्यामेरा राख्ने काम भइरहेको डा कडरियाले बताए । नेपाल सरकार र वन तथा वातावरण मन्त्रालयले सन् २०२४ मा सार्वजनिक गरेको तथ्याङ्क… पुरा पढौ

अधिकारमा आधारित संरक्षणको माग

पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण र समुदायमा आधारित अनुगमन तथा सूचना प्रणाली विषयक अन्तरक्रिया कार्यक्रममा लो— घेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङका अध्यक्ष लोप्साङ छोम्पेल बिस्टले आदिवासी जनजातिले परापूर्वकालदेखि नै प्रकृति, वन्यजन्तु, वनस्पति र वातावरण संरक्षणमा योगदान दिएको बताउँदै यसैमा आधारित भएर संरक्षणको नीति नियम र कानुन बन्नु पर्ने जोड दिए ।  मुस्ताङको लोमान्थाङ क्षेत्रका आदिवासी ३५ सय वर्ष अघि देखि बस्दै आएको आफ्नै परम्परागत संस्कृति अनुसार नै… पुरा पढौ

बाघको अवस्था पत्तालगाउन क्यामेराको सहयोगमा गणना सुरु

बाघको वर्तमान अवस्था पत्ता लगाएर संरक्षणको योजना बनाउन नेपालका बाघ पाइने क्षेत्रमा गणना सुरु भएको छ । नेपाल सरकारले पुस १ गतेदेखि बाघ गणना गर्ने घोषण गरेअनुसार गण्ना सुरु भएको हो । प्रत्येक ४ वर्षमा बाघ गणना हुँदै आएको छ । बाघको गणना पुसको १ गने चितवन पर्वाबाट सुरु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ । चितवन पर्सा पछि बाँके बर्दियामा पनि गणना सुरु हुने छ । बाघको गणना क्यामेरा ट्रयापिङ गरेर गरिएको छ । ठाउँ ठाउँमा क्यामोको… पुरा पढौ

वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन

वन कुकुरको वासस्थान सुधारकालागि कास्कीको पर्यटकीय गाउँ ताङ्तिङका स्थानीय समुदायले वन क्षेत्रबाट करिब २५० केजी प्लास्टिक संकलन गरेका छन्। संकलित प्लास्टिक पुनःप्रयोग गरी उपहार सामग्री बनाइने र छिट्टै बिक्री गरिने स्थानीयले बताएका छन् । गाउँदेखि परको वन क्षेत्रमा भएको यस सरसफाइ अभियानमा करिब ६८ जना आमा समूह, संरक्षण क्षेत्र व्यवस्थापन समिति, युवा क्लब, पर्यटन उपसमिति, टोल सुधार समिति, होमस्टे, होटल व्यवसायी लगायतको सक्रिय सहभागिता रहेको थियो। नौजु, सिक्लेस जाने बाटो तथा आसपासका क्षेत्रमा फोहोर संकलन गरिएको हो। संकलित फोहोर अन्नपूर्ण… पुरा पढौ

बन्यजन्तु संरक्षणकालागि नेपाल प्रहरी अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बिच समझदारी पत्रमा हस्ताक्षर

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका अतिरिक्त महानिरीक्षक डा मनोजकुमार केसी र डब्लु डब्लु एफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो समाझदारीले वन्यजन्तु संरक्षण, चोरीशिकार नियन्त्रण, प्राकृतिक स्रोत, वनस्पतीको संरक्षणमा महत्वपूण रहने डब्लु डब्लु एफका अधिकारीले बताएका छन् । यस अघि १८ जुन २०१४ मा दुबै पक्ष बीच समझदारी पत्रमा हस्ताक्षर भएर सहकार्य भएको थियो । पहिलो… पुरा पढौ

नेपालका संरक्षणकर्मी आचार्य भारतमा पुरस्कृत

भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा एला फाउन्डेसनले नेपालको लाटोकोसेरो संरक्षणमा महत्त्वपूर्ण योगदान दिएको भन्दै लाटोकोसेरो उत्सवमा पुरस्कृत तथा सम्मान गरेको हो । संरक्षण उत्सवमा आचार्य सहित अन्य तीन जना अनुसन्धानकर्ता, संरक्षणकर्ता र संस्था पनि पुरस्कृत भएका छन् ।   तीन दर्शक देखि वन्यजन्तु संरक्षण र अनुसन्धानमा क्रियाशील संरक्षणकर्मी आचार्य यस अघि एसियाका सय उत्कृष्ट साइँटिष्टमा परेका थिए । एसियन साइँटिष्ट नामक पत्रिकाले प्रकाशित गरेको एसियाका उत्कृष्ट सय… पुरा पढौ