
बेलवास बुटवल निवासी ऋषभ अर्याल जालीमा अल्झिएको सर्प देखेपछि आत्तिए । कसरी उद्धार गर्ने होला भनेर चिन्तित बने । उनले आफ्नो साथी सुमन घिमिरेलाई फोटोसहित सूचना उपलब्ध गराए । साथसाथै उनले बुटवल आसपासमा कोही सर्प उद्धारकर्ताको फोन छ भने दिनुहोस् समेत भने ।
उक्त सूचना घिमिरेले भोइस अफ नेचर नामक फेसबुक समूहमा राखे । सामाजिक सञ्जाल ‘सेभ स्नेक सेभ नेचर’ तथा ‘हप्स नेपाल’ मा समेत पोष्ट भयो । फोटोसहित बुटवल आसपासमा सर्प उद्धारकर्ता भए ऋषभलाई सम्पर्क गर्न अनुरोध पनि गरे । अझ छिटो कोही भेटिन्छ कि भनेर कपिलवस्तु निवासी संरक्षणकर्मी प्रशान्त घिमिरेलाई सम्पर्क गरे र सर्प अनुसन्धानकर्ता कमल देवकोटाको फोन नम्बर फेला पारे ।
देवकोटाले हाल आफू काठमाडौ भएको हुँदा बुटवलमा रहेका खिमलाल पाण्डेलाई सम्पर्क गर्न आग्रह गरे । खिमलाल पाण्डेले अर्का सर्प उद्धारकर्ता विश्वास पाण्डेलाई सम्पर्कमा ल्याउन मद्दत गरे । बन्दाबन्दीको कारणले सार्वजनिक गाडी नचलेकोले ऋषभ आफै उद्धारकर्ता विश्वास पाण्डेलाई लिन गए । पाण्डेले जाली काटी सर्पलाई सकुशल उद्धार गरी नजिकैको जितेश्वरी सामुदायिक वनमा लगेर छाडे ।
उक्त सर्प देखिएको करिब आधा घण्टामा उद्धारकर्तासँग सम्पर्क भए तापनि हालको असहज परिस्थितिका कारण उद्धारकर्ता उक्त स्थानमा पुग्न करिब डेढ घण्टा लागेको थियो । समय लागे तापनि सर्पको सकुशल उद्धार गर्न सफल भएकोमा पाण्डे र अर्याल आफूहरू औधी खुसी भएको बताए ।
जालीबाट छुटाइ जंगलसम्म लाने क्रममा त्यस सर्पले बान्ता गरेको र बान्तामा मुसा देखिएको हुँदा उक्त सर्प शिकारको क्रममा जालीमा अड्केको हुन सक्ने पाण्डेको अनुमान छ । सो सर्प कमन करेत प्रजातिको निकै बिषालु सर्प रहेको अनुसन्धानकर्ता कमल देवकोटाले बताए ।
तस्बिर तथा भिडियो : ऋषभ अर्याल र विश्वास पाण्डे





हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…