
भारतको चेन्नईस्थित चिडियाखानामा राखिएकाे एउटा ९ वर्षको सिंहको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। चिडियाखानामा राखिएको निला नाम गरेकी सिंहको बिहीबार कोरोना सङ्क्रमणबाट मृत्यु भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।
सिंहको मृत्यु हुनु अघि नाकबाट तरल पदार्थ आएपछि उपचार थालिएको भए पनि सिंहलाई बचाउन नसकिएको बताइएको छ। चिडियाखानामा रहेका अरू ९ वटा सिंहको कोरोना टेस्ट रिपोट पनि पोजेटिभ आएको छ। एकै स्थानमा राखिएका ११ सिंहको कोरोना परीक्षण गरिएको थियो।
कोरोना सङ्क्रमणको थपयकिन गर्न थप अनुसन्धानकालागि हैदरावादस्थिन भारतीय पशु स्वास्थ्य अनुसन्धान संस्थान तथा केन्द्रमा नमुना पठाइएको चिडियाखानाका अधिकारीहरुले बताएका छन्।
कोरोना सङ्क्रमण देखिएसँगै जनावरको भेटेरिनरी चिकित्सक, कर्मचारी र चिडियाखाना कर्मचारी सबैलाई पिपिई अनिवार्य गरेर कोरोना सङ्क्रमण भएका सिंहलाई विशेष निगरानीसहित छुट्टै राखेर उपचार भइरहेको छ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…