स्वास्थ्य

नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट : तत्काल लकडाउन हुँदैन कोभिडको प्रोटोकल पालना गरौं स्वास्थ्य मन्त्रालय

नेपालमा पनि दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको ओमिक्रोन भेरिन्ट भित्रिएको छ । विश्वस्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्नमा राखेको ओमिक्रोन नेपालमा पनि भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले सोमबार पुष्टि गरेको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरी २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको जानकारी दिएको हो । मंसिर ३ गते नयाँ भेरियन्ट भेटिएको देश हुँदै नेपाल आएका ६६ वर्षीय विदेशी नागरिकमा कोरोनाको नयाँ भेरियन्ट देखिएको हो । उनको सम्पर्कमा आएका एक जना व्यक्तिमा मंसिर ७ गते कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएको… पुरा पढौ

जनताको सुरक्षा गर्न नाकामा खोप र कोरोना परिक्षण गरेर मात्र आवतजावतकाे व्यवस्था गर : स्वास्थ्य समिति

प्रतिनिधिसभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले नयाँ भेरियन्टको ओमिक्रोनबाट जनताको सुरक्षा गर्न आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडासहित आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो । भारतमा कोरोनाको नयाँ भेरिन्ट पुष्टि भइसकेकोले नेपालमा पनि नेपालमा पनि आवातजावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति घर्तीले जनस्वास्थ्यलाई ध्यानमा दिएर नाकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्र खावतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन् । नेपालमा ओमिक्रोनको खतरा… पुरा पढौ

कोरोना त्रास : ९ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि सरकारले ९ वटा देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ । मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाबे, नामिबिया, इसबाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका एक सदस्यका अनुसार शुक्रबार रातिदेखि लागू हुनेगरी ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई समेत नेपाल प्रवेशमा रोक लगाइएको छ । गृह मन्त्रालयले यस अघि नै दक्षिण अफ्रिकाबाट आउने यात्रुहरुलाई,अनअराइभल भिसा… पुरा पढौ

भारतमा नयाँ भेरियन्टको कारोना ओमिक्रोन पुष्टि : खुला सीमा नाकाको कारण नेपालमा भित्रिने चिन्ता

छिमेकी देश भारतमा नयाँ भेरियन्टको कोरोना ओमिक्रोन पुष्टि भएको छ । पछिल्लो २४ घण्टाभिकै भारतमा दुई जनामा कोरोनाका नयाँ भेरियन्ट संक्रमित भेटिएको पुष्टि भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा ६६ वर्षीय र ४६ वर्षीय दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट फेला परेको बताइएको छ । भारतको स्वास्थ्य मन्त्रालयका सचिज लव अग्रवालका अनुसार दुवै संक्रमित कर्नाटकमा फेला परेको हो । यस अघि बुधबार संयुक्त राज्य अमेरिकामा नयाँ भेरियन्टका संक्रमित भेटिएका थिए । डेल्टा भेरियन्टको संक्रमण कम हुँदै गएर जिनजीवन सामान्य बन्ने… पुरा पढौ

कोभिडकाे नयाँ भेरियन्ट देखियो : हालसम्म बनेको खोप प्रभावकारी नहुने

दक्षिण अफ्रिकामा काेभिडकाे नयाँ भेयरिन्ट देखिएको छ । यो भेरियन्ट हालसम्म बनेको खोप प्रभावकारी नहुने र संक्रमण दर पनि बढ्ने भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । दक्षिण अफ्रिकामा कोभिडका नयाँ भेरियन्ट देखिएछि कोरोना नियन्त्रण गर्न भन्दै अमेरिका, अष्ट्रेलिया लगायतले दक्षिण अफ्रिकी मुलकका नागरिकमाथि प्रतिबन्ध लगाएका छन् । विश्व श्वास्थ्य संगठनले अफ्रिकामा देखिएको उत्परिवर्तित भाइरसको नाम ओमिक्रोन नामाकरण गरेको छ । ओमिक्रोन दक्षिण अफ्रिकी मुलुकलगायत हङकङ, इजरायल, बोत्स्वाना, बेल्जियममा समेत संक्रमण फैलिएको बताएको छ । गत नोभेम्बर २४ मा पहिलो… पुरा पढौ

मुस्ताङमा कोभिड— १९ सँग सम्बन्धित स्वास्थ्य सामाग्री वितरण

हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना सङ्क्रमण पुनः देखिएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जिल्ला अस्पताल र स्वास्थ्य चौकीहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । एक्याप जोमसोमले मुस्ताङ जिल्ला अस्पताललाई  बुधबार स्वास्थ्य सामाग्री हस्तान्तर गरेको हो ।  मुस्ताङका पाँच गाउँपालिका स्वास्थ्य चौकीहरूलाई पनि कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामाग्री स्वास्थ्य कार्यालय मुस्ताङ मार्फत उपलब्ध गराउने गरी हस्तान्तरण गरिएको एक्याप जोमसोमका प्रमुख ऋषि बरालले जानकारी दिए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त कार्यालय प्रमुख टिकाराम भण्डारीलाई स्वास्थ्य सामाग्री… पुरा पढौ

पर्वतमा निः शुल्कआँखा शिविर : ७७ जनाकाे अप्रेशन गरियाे

पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वतमा निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । पर्वतको ढोरपाटन नगरपालिका वडा नम्वर १ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरेको शिविर आँखाको परिक्षण पछि समस्या देखीएकाहरुको अप्रेशन समेत गरिएको थियो । क्लबले जर्मनीका माईकल बाउर र साथिहरु सगै बाडेन बाडेनको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा तीनदिने शिविर सम्पन्न गरेको हो । शिविर संचालनको लागि स्थानिय रुपमा ढोरपाटन नगरपालिका, लायन्स क्लब अफ… पुरा पढौ

मेडिकल कलेज स्थापना सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा मेडिकल कलेज सञ्चालन सरकारको प्राथमिकताको विषय भएको भन्दै यसको अगुवाई गण्डकी विश्वविद्यालयले अगुवाई गर्नुपर्ने बताएका छन् । सबै प्रदेशमा सरकारीस्तरको कम्तीमा पनि एउटा मेडिकल हुनुपर्ने प्रावधान छ । युग सुहाउँदो जनशक्ति उत्पादनका लागि २ वर्ष अगाडि सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयले यस अघि नै मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरिसकेको छ । गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कन्फरेन्स प्रोसिडिङ्स विमोचन कार्यक्रममा मंगलबार मुख्यमन्त्री पोखरेलले नागरिकलाई सर्बसुलभ स्वास्थ्य सेवा दिलाउन र स्वास्थ्यमा दक्ष… पुरा पढौ

भारतमा वायु प्रदूषण : नेपालमा पनि पर्न सक्छ असर – विज्ञ

भारतमा यति बेला वायुप्रदूषण चरम स्तरमा पुगेको छ । वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले आकस्मिक उपायहरुका रुपमा भारतको दिल्लीमा विद्यालयहरु बन्द गर्ने, निर्माणको कार्य बन्द गराउने र कर्मचारीलाई घरैमा बसेर काम गर्ने वातावरण मिलाउन सरकारी र निजी कार्यालयलाई आदेश दिने जस्ता उपाय अपनाइएको छ । भारतमा भएको वायुप्रदूषणको असर नेपालमा देखिन सक्ने विज्ञहरुले बताएका छन् । यस अगाडि भारतमा प्रदूषण देखिँदा काठमाण्डौ उपत्यका लगायत विभिन्न स्थानमा वायु प्रदूषणको असर देखिने गरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको… पुरा पढौ

पछिल्लाे २४ घण्टामा थप ३ सय ७७ जनामा कोरोना संक्रमण , ४ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा ३ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ४९ नमूनामध्ये पीसीआर विधिबाट ३३९ र एन्टिजेन विधिबाट ३८ गरी ३ सय ७७ जनामा संक्रमण पृष्टि भएको हो । नेपालमा हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १७ हजार ६७२ संक्रमित र एन्टीजेन विधिबाट परीक्षण गर्दा ९५ हजार १ सय ७४ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप १ सय ७० जना कोरोनामुक्त… पुरा पढौ