नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट : तत्काल लकडाउन हुँदैन कोभिडको प्रोटोकल पालना गरौं स्वास्थ्य मन्त्रालय


     नेचर न्युज    
     मंसिर २० गते २०७८ मा प्रकाशित


नेपालमा पनि दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको ओमिक्रोन भेरिन्ट भित्रिएको छ । विश्वस्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्नमा राखेको ओमिक्रोन नेपालमा पनि भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले सोमबार पुष्टि गरेको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरी २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको जानकारी दिएको हो ।

मंसिर ३ गते नयाँ भेरियन्ट भेटिएको देश हुँदै नेपाल आएका ६६ वर्षीय विदेशी नागरिकमा कोरोनाको नयाँ भेरियन्ट देखिएको हो । उनको सम्पर्कमा आएका एक जना व्यक्तिमा मंसिर ७ गते कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । परीक्षण गर्दा दुबैमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालले जनाएकाे छ ।

सरकारले तत्काल लकडाउन नहुने स्पष्ट पार्दै कोभिडको प्रोटोकल पालना गर्न अनुरोध गरेको छ । नयाँ भेरियन्ट पुष्टि भएपछि नेपालमा लकडाउन हुने चर्चा चलिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल लकडाउन नहुने स्पष्ट पारेको हो । भोतिक दूरी, मास्कको समुचित प्रयोग र व्यक्तिगत सरसफाइमा ध्यान दिन विज्ञहरुले सझाएका छन् ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले लकडानबारे छलफल नभएको बताएका छन् । अहिले तत्काल लकडाउन नहुने र त्रास पार्ने काम नगर्न उनले अनुरोध गरे । सरकारको ध्यान खोप अभियानमा केन्द्रीत रहेको पनि उनले बताएका छन् ।