
दक्षिण अफ्रिकामा काेभिडकाे नयाँ भेयरिन्ट देखिएको छ । यो भेरियन्ट हालसम्म बनेको खोप प्रभावकारी नहुने र संक्रमण दर पनि बढ्ने भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् ।
दक्षिण अफ्रिकामा कोभिडका नयाँ भेरियन्ट देखिएछि कोरोना नियन्त्रण गर्न भन्दै अमेरिका, अष्ट्रेलिया लगायतले दक्षिण अफ्रिकी मुलकका नागरिकमाथि प्रतिबन्ध लगाएका छन् । विश्व श्वास्थ्य संगठनले अफ्रिकामा देखिएको उत्परिवर्तित भाइरसको नाम ओमिक्रोन नामाकरण गरेको छ । ओमिक्रोन दक्षिण अफ्रिकी मुलुकलगायत हङकङ, इजरायल, बोत्स्वाना, बेल्जियममा समेत संक्रमण फैलिएको बताएको छ ।
गत नोभेम्बर २४ मा पहिलो पटक दक्षिण अफ्रिकामा उत्परिवर्तित भाइरस देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बताएका छन् । दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट पत्ता लगेसंगै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत सबै नाकामा हेल्थ डेस्कलाई सतर्क अवस्थामा राखेको जनाएको छ । विश्वभर याे भेरियन्ट फैलन थालेपछि चिन्ता बढेकाे छ ।
छिमेकी देश भारतमा पनि यसबाट जोगिन कडा नियम लागू गर्नुपर्ने माग अघि सारिएको छ । दिल्लीका मुख्यमन्त्री अरिवन्द केजरिवालले प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रभावित देशबाट हुने सबै प्लाइट दद्द गर्न माग गरेका छन् । भारतका काेराेना संक्रमण दर बढे नेपालमा पनि यसकाे असर छिटाे देखिन्छ । पहिलो र दोस्रो संक्रमण भारतमा फैलिएपछि भारत हुँदै नेपालमा फैलिएको थियो ।
खुला सीमा, धेरै नेपाली भारतमै काम गर्ने भएकोले पनि भारतमा फैलनु नेपालकालागि जोखिम हुनु हो । यसैले बिगतबाट पाठ सिकेर नेपाल सरकारले यस तर्फ ध्यान दिनु पर्ने स्वास्थ्य क्षेत्रका विज्ञले बताएका छन् । यसैले पनि नेपाल सरकराले काेराेना संक्रमण फैलन नदिने विशेष तयारी गर्नु पर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…