
छिमेकी देश भारतमा नयाँ भेरियन्टको कोरोना ओमिक्रोन पुष्टि भएको छ । पछिल्लो २४ घण्टाभिकै भारतमा दुई जनामा कोरोनाका नयाँ भेरियन्ट संक्रमित भेटिएको पुष्टि भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा ६६ वर्षीय र ४६ वर्षीय दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट फेला परेको बताइएको छ । भारतको स्वास्थ्य मन्त्रालयका सचिज लव अग्रवालका अनुसार दुवै संक्रमित कर्नाटकमा फेला परेको हो ।
यस अघि बुधबार संयुक्त राज्य अमेरिकामा नयाँ भेरियन्टका संक्रमित भेटिएका थिए । डेल्टा भेरियन्टको संक्रमण कम हुँदै गएर जिनजीवन सामान्य बन्ने क्रममा रहेको बेला नयाँ भेरियन्ट देखापरेपछि फेरि विश्वमै चर्चा र त्रास बढेको छे । धेरै मुलुकले खोप लगाउन थाले पछि कोरोन ासंक्रमण पनि कम हुँदै गएपछि विश्वको पर्यटन व्यवसाय पनि चलायमान हुँदै गएको थियो । एक देशबाट अर्को देशमा जाने क्रम सुरुभएको थियो ।
दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको नयाँ भेरियन्ट २९ देशमा फैलिसकेको छ । यो सामान्य कोरोनाभन्दा पाँच गुणा बढी खतरनाक रहेको बताइएपछि विश्वमै चर्चा र त्रास बढेको छ । यसको संक्रमणको गति कति हो भन्ने विस्तृत अध्ययन हुन बाँकी रहेको तर यो निकै संक्रामक रहेको वैज्ञानिकहरुको निष्कर्ष रहेको बताइएको छ ।
अहिले प्रयोगमा आइरहेको कोरोनाविरुद्धका भ्याक्सिनहरुले ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी ढंगले काम गर्न सक्दैनन् कि भन्ने डर रहेको छ । अहिलेका भ्याक्सिनहरुले कति काम गर्न सक्छन् भन्ने विस्तृत अध्इयन हुन भने बाँकी नै रहेको छ । यही त्रासका कारण विभिन्न मुलुकले दक्षिण अफ्रिका र आसपासका मुलुकबाट हुने उडान बन्द गरेका छन् ।
युरोपेली युनियन, अमेरिका, बेलायत लगायतका देशले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्सवानी, अंगोला, मालावी, जाम्बिा, लेसेथोबाट हुने हवाई उडान बन्द गरेका छन् । छिमेकी भारतले पनि नयाँ भेरियन्ट पुष्टि भएका देशबाट आृने यात्रुको राम्रो परीक्षण गर्न निर्देशन दिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले अतिआवश्यक काममा बाहेक विदेश यात्रा नगर्न नागरिकलाई अनुरोध गरेको छ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…