समाचार

पोखरामा धेरै कोदो फलाउने किसानलाई सम्मान गरेर कोदो दिवस मनाइयो

 पोखरा : पोखरामा धेरै  कोदो वर्गका बाली फलाउने किसानलाई सम्मान गरेर प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको छ । “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” मूल नाराका साथ कोदो दिवस मनाइएको हो ।   कार्यक्रममा महानगरपालिकामा धेरै कोदो बाली लगाउने चार जना कृषकलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यबाट नगद पुरस्कार सहित सम्मान गरेका थिए । कार्यक्रममा कोदो बालीका जातहरू, कोदोका विभिन्न परिकारहरू समेत प्रदर्शन गरिएको थियो । कार्यक्रम स्थलमै कोदाका परिकारहरूको खाजा व्यवस्था गरिएको यस कार्यक्रममा कोदो बाली तथा जातहरूको प्रदर्शन… पुरा पढौ

पोखरामा सर्प संरक्षणकर्मी सम्मानीत

पोखरामा सर्प संरक्षणमा योगदान दिँदै आएका संरक्षणकर्मीलाई सम्मान गरिएको छ । सर्प संरक्षण समाज नेपालले ८औँ वार्षिक साधारण सभामा सर्प संरक्षण पुरस्कार वितरण गरेको हो ।  देशभरि सर्प संरक्षण, उद्धार तथा जनचेतनामूलक कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरू र संस्थाहरूलाई सम्मान गर्न आयोजित उक्त कार्यक्रममा सर्पको उद्धार गरेर सर्प संरक्षणमा जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका संरक्षणकर्मीलाई सम्मान गरिएको हो ।  सर्प संरक्षण समाज नेपालसँग आबद्ध १० जना सर्प उद्धारकर्ताहरूलाई सर्प उद्धार, जनचेतना तथा संरक्षण अभियानमा विशेष योगदान पुर्‍याएकोले सम्मान गरिएको… पुरा पढौ

बाँदरले मकै खाँदा हैरान किसानलाई कागुनोले दियो खुशी

पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले जसरी पनि मकै खाइदिने भएकाले केही किसानले त मकै नै लगाउन छाडेका थिए। तर अहिले भने काफलघारीका किसानमा कागुनाेले खुसी दिएकाे छ। कागुनाे बाँदरले नखाने भएकाेले मकैकाे विकल्पमा किसानले कागुनाे खेती गरेका थिए । कागुनाे उत्पादन राम्रो हुनुकाे साथै बाँदरले पनि नखनाएपछि किसानमा खुशी छाएकाे हाे । स्थानीय अम्बिका भण्डारीले आफ्नी आमाबाट सल्लाह पाएपछि २०७४ सालमा माइती गाउँबाट २ माना कागुनोको… पुरा पढौ

रसुवामा भोटेकोशीको कहर : पूर्व सूचना पाउँदा पनि ठूलाे क्षति

रसुवाको नेपाल चीन नाका क्षेत्रमा मंगलबार बिहान आएको भोटेकाशीको बाढीले ठूलो धनजनको क्षति पु¥याएको छ । रातको समयमा आएको बाढीले अकल्पनीय क्षति पु¥याएको हो । हालसम्म ७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । २० जना अझै सम्पर्कविहीन रहेको पनि प्रहरीले जनाएको छ । हराइरहेका मध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण रहेको जनाइएको छ । अहिले सम्म ५५ जनाका सकुशल उद्धार गरिएको पनि जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार रसुवा क्षेत्रमा भारी… पुरा पढौ

खाद्यन्नमा परनिर्भरता बढ्दाे

कृषि प्रधान देश नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गथ्यो । नेपालमा समय अनुसार वैज्ञानिक खेती प्रणाली र भूमिको वर्गिकरण गरेर कृषि भूमि जोगाउन नसक्दा खाद्यन्नमा परनिर्भरता प्रत्येक वर्ष बड्दै गएको छ । दक्षिण कोरियालाई समेत धान, चामल निर्यात गरेको नेपाल अहिलेआफै धान, चालम आयात गर्ने अवस्थामा पुगेको छ । परनिर्भरता हटाउन सरकारले नीति तथा कार्यक्रम ल्याएपनि आधुनिक कृषि र सिंचाइँ सुबिधा पुगेको कृषि भूमि समेत जोगाउन सकेको छैन् । तराईलाई अन्न भण्डार भनिन्थ्यो । तर पछिल्ला वर्षहरुमा… पुरा पढौ

पोखरा वडा नम्बर २५ को वडा पन्छी गोठे लाटोकोसेरो र वडा सर्प राजगोमन

सर्पमा पनि अति विषालु सर्पको प्रजाति राजगोमन र नेपाली समाजमा होच्याउन प्रयोग हुने पन्छीको प्रजाति लाटोकोसेरो संरक्षणकालागि पोखरा वडा नम्बर २५ ले वडा सर्प र पन्छी घोषण गरेर संरक्षणको थालनी गरेको छ । मानिस, पर्यावरण र जैविक विविधतामा महत्वपूर्ण योगदान दिने सर्प र चराको संरक्षणको साथै पर्यापर्यटनको विकास गर्न वडाले वडा सर्प र वडा पन्छी घोषणा गरेको हो । पोखरा महानगरपालिका वडा नम्बर २५ ले शनिबार वडा पन्छी गोठे लाटोकोसेरो र वडा सर्प राजगोमनलाई घोषणा गरेको हाे । पोखरा २५… पुरा पढौ

बमबारी, मिसाइल आक्रमण सहितका युद्धले वातावरण र जैविक विविधतामा गम्भीर असर

यति बेला इजरायल र इरानबीच बढ्दो द्वन्द्वचलेकाे छ । जहाँसुकै हुने बमबारी, मिसाइल आक्रमण सहितका यस्ता युद्धले केवल मानव जीवनमा मात्र होइन वातावरणमा पनि गहिरो प्रभाव पार्ने विज्ञले बताएका छन् । युद्धका कारण प्राकृतिक स्रोत, वन्यजन्तु, जलस्रोत, वायु र माटोमा दीर्घकालीन असर पर्ने विज्ञहरू बताउँछन्। यस्ताे युद्धले कहाँ कस्ताे असर गर्छ त ? प्राकृतिक प्रणालीमा विनाशयुद्धका क्रममा गरिने बमबारी, मिसाइल आक्रमण र सैन्य कारबाहीले वनजङ्गल, मरुभूमि तथा जैविक विविधतायुक्त क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याउँने विज्ञ बताउँछन् । यसले वन्यजन्तुहरूको बासस्थान विनाश… पुरा पढौ

अत्याधिक गर्मीले स्वास्थ्यमा यस्तो पर्न सक्छ असर ?

यति बेलो गर्मी माैसम हो । बिहानै देखि चर्को घाम लाग्ने र खलखली पसिना आउने समस्या यति बेला सबैले झेल्दै आएका छाै । नेपालको हिमाली र पहाडी क्षेत्र भन्दा धेरै गर्मीको असर तराई क्षेत्रमा छ । अत्यधिक गर्मीले दिमागमा पार्ने असरबारे एक नयाँ रिपोर्टमा चासो देखाइएको छ। तातो मौसममा मानिसहरूले सोच्ने क्षमतामा कमी, एकाग्रता गुमाउने, वा मिजास परिवर्तन हुने स्वास्थ्य विज्ञले बताएका छन् । डाक्टर तारा पहरीका अनुसार  शरीरको तापक्रम नियन्त्रण गर्न कठिन हुँदा दिमागले ठीकसँग काम गर्न सक्दैन, जसले… पुरा पढौ

पानी खोज्दै भौतारिन्छन गाँबी भालु

गॉबी भालु—एशियाको एक दुर्लभ र संकटग्रस्त वन्यजन्तु हो । यो विश्वकै सबैभन्दा कठोर मरुभूमिहरूमध्ये एक, गॉबी मरुभूमिमा सकस पूर्ण रुपमा बाँचेका छन् । पछिल्लो तथ्यांकअनुसार, केवल ४० भन्दा कम गॉबी भालुहरू मात्र बाँकी रहेको बताइएका छ । पानीको अभावमा यी भालुहरू पानीको खोजीमा १६० किलोमिटर सम्म यात्रा गर्न बाध्य छन्। गॉबी मरुभूमि वर्षौंदेखि अत्यन्त सुक्खा तथा जलविहीन क्षेत्रको रूपमा चिनिन्छ। यसले गॉबी भालुहरूको जीवनलाई झनै कठोर बनाएको छ । यसले गर्दा उनीहरू जीवित रहनका लागि पानी, झाडीहरूमा उम्रिने जरा, बेरी,… पुरा पढौ

सिङ्गो पृथ्वी र मानव स्वास्थ्यकालागि योग

पोखरा  ः“सिङ्गो पृथ्वी र मानव स्वास्थ्यकालागि योग” भन्ने नाराका साथ विश्वभर योग दिवस मनाइएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा पनि योग दिवस मनाइएको छ । भारतीय दूतावासको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय योग दिवस योग अभ्यास गरेर शनिबार मनाइएको हो । पोखरा रङ्गशालाको फुटबल मैदानमा योग दिवस मनाउन ठूलो संख्यामा पोखरेली सहभागी भएका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा पर्यटन विकासमा योग पर्यटन पनि एक महत्त्वपूर्ण रहने बताए । पछिल्लो समय खानपान, व्यवहारले स्वास्थ्यमा असर गरिरहेको अवस्थामा योगले स्वास्थ्य रहन सहयोगी… पुरा पढौ