प्रतिविम्ब वाङ्मय प्रतिष्ठान, पोखरा–१९ को आयोजनामा वसन्त काव्य महोत्सव सुरु भएको छ । जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको सभाहलमा शुक्रबारदेखि दुई दिने काव्य महोत्सव भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश नेपाली भाषा, साहित्य र संस्कृतिको उर्वरभूमि भएको बताए । गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा आयोजित महोत्सवको सफलताको कामना गरे । सो अवसरमा नेपाली भाषा, साहित्य, कला क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै भाषाविद् मुकुन्दशरण…
पुरा पढौ