साहित्य

हरियो पैताला

पृष्ठभूमि  वन प्राविधिकहरूको पैतालामा हरियो कोठी हुन्छ क्यार, जीवनभर हिँडिरहनु पर्ने । कर्मले हिँड्नु पर्ने । यद्यपि अफिस कोठामै घुम्न मन गर्ने वनकर्मीहरू पनि नभएका होइनन् । आजभोलि सामाजिक संजालमा घुम्नेहरु पनि छन् l  तर ती अपवाद हुन् । नर्सरी व्यवस्थापन, वन संवर्द्धन कार्य, वन नाप जाँच, समुदाय सङ्गठन परिचालन र गस्तीमा धेरै यात्रा गर्नु पर्छ। वन क्याम्पसको शैक्षिक भ्रमण यस आजन्म यात्राको प्रस्थान विन्दु हो, जसले अल्लारे उमेरमा विद्यार्थीलाई भ्रमणको चस्का लगाइदिन्छ । बि.सं २०४२–४४ सालमा वन क्याम्पसले प्रति विद्यार्थी… पुरा पढौ

बिराली, भँगेरी र म

रातिको लगभग ११ बज्दै थियो l म सुत्ने तयारी गर्दै थिएँ l  यतिकैमा ढोका बाहिर चरा कराएको जस्तो अनौठो अवाज आयो l  के रहेछ भनेर हेर्न जाँदा त हाम्रो घरमा बस्दै आएकी माउ बिरालीले भँगेरी पो समातेर ल्याएकी रहेछ l  उसले आफ्नो शिकार रमाइलो मान्दै खेल्दै थिई र आफ्नी सानी छोरी बिरालीलाई शिकार हेर्न र खेल्न बोलाउँदै थिई । "भँगेरी घाइते भैसक्यो होला, मर्यो कि बा ?” म अकमक्क परी सोच्दै थिएँ l त्यो भँगेरीले पखेटा फट्फटाएको देखेँ l  जिउँदै… पुरा पढौ

लकडाउनले रोक्दैन अप्सराको सुसारेहरूलाई, भन्छन् बाहुबलीको गीतमा गोरु बोकेर टिकटक पनि बनाउने

तलतिर गर्मी भए पनि रारामा चिसो नै छ l हो म रारा तालको कुरा गरिरहेको छु l त्यही रारा ताललाई समेटेर स्थापित रारा राष्ट्रिय निकुञ्जमा काम गरिरहेका हामी सुसारेको बारेमा पनिl अर्थात् निकुञ्ज प्रशासन अनि निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको टुकडीl  हामीलाई पोहर साल जस्तै यसपाली पनि लकडाउनले रोकेको छैनl अत्यधिक जाडोको कारण ढिला उठे पनि फटाफट नित्यकर्म सकी सुसारेहरुको गस्ती सुरु हुन्छl बाटोमै फोनको घण्टी बज्छl अहो घण्टी बज्यो त, म मनमनै खुसी हुन्छुl यतातिरको नेटवर्क नै कमजोर, फोन आउँदा… पुरा पढौ

खोलाको माग

जब विभिन्न भौगोलिक संरचनाकोउत्पत्ति भयो ,त्यसमा म पनि छानिएँवरिपरिका सबै पानी जम्मा गरेरअलि ठूलो खोलामा पुर्‍याउनेजलचर र उभयचरलाई बास दिनेअनि ,थलचरलाइ बेला बेलामा विहारर आहारको व्यवस्था गर्नेजमिन रसाउनेअनि रुखलाई पानी दिनेमेरो काम कर्तव्य र अधिकार तोकियोमैले, सहर्ष स्वीकार गरेँ ।बदलामा मागेत्यो पहाडले वन हुर्काउनु पर्छमलाई पानी बिस्तारै दिनु पर्छ ।पछि,मान्छे तिमी आयौसुरुमा खान पानी माग्यौहुन्छ भनेँ ,अनि , सिँचाइको लागि पानी माग्यौत्यो पनि हुन्छ भनेँ ।त्यसपछिसोध्दै नसोधीगिटी बालुवा झिकेर कुरूप बनायौत्यो सहेँमुलमा वन मास्यौमेरो आकार सानो बनायौअलि दच्किएँअझ ,पहाडमा डोजर… पुरा पढौ

पुच्छर

साँझकाे बत्तीमा झुम्मिएर कीरा टिपिरहेका माउसुलीराेजि/राेजि सन्तुष्ट हुनलालायित छन्मानाैँ शुभ सन्ध्याकाेस्पर्श जीवन निलेरसुरुआत हुन्छ।एकछाके व्रतकोभंग मांसाहारीआन्दाेलनले गर्छएडेसिब प्याडलेसिलिङमा दाैडनुहर्कुलसलेपृथ्वी थामेझैँतिनलाई पनिसिलिङ थामेकाेभ्रमले आक्रान्तपारिरहन्छ। ****पुच्छर लुकाउनेखाेलेर राख्ने गर्दाकहिलेकाहीँकमिलाकाे जिब्रोलेमिठास लिन्छहाम्रो सरकारझैँ यिनकाे निसरकार बन्छपुच्छर लुकाउनेपुच्छर जाेडेरबलियाे सावितहुने प्रतिस्पर्धाहुन्छसत्ताकाे समयनष्ट गरेरभएकाे स्राेतभ्रष्ट्राचार गरेरसुइ माग्दैहिड्ने बानी परेकाहामीलाई अनाैठाेलाग्दैनकिनकि हाम्रोप्रतिष्ठाकाे मापकछर्लंंग छ। ****हामी पुच्छरनजाेडी सफलहुनै सक्दैनाैंपुच्छर जाेड्नेनाउँमा हामीलेहाम्रो रंग ‌नै फेरिसक्याैंपुच्छर जाेड्नु नैसफलताकाे सूचकबनाएका हामीलेसानाेतिनाे पुच्छरलेकामै चलाउदैनाैँलामाे पुच्छरजाेडेर भुँइ सफा गर्नेकर्मले तखतरानभएका हामीलाईदुनियाँ हाँस्नेबाँदरकाे पुच्छरजाेडेर देखाउनु छहाम्रो सत्ता रशासन गर्नेअनुहार। (अमृत देवकोटा अर्थशास्त्र र… पुरा पढौ

आहा कस्तो राम्री रारा

मौन शान्त दृश्यको साथमा चम्किरहेका ताराजुनेली रातको मधुरतामा मुस्कुराउने उनको पारान त केही बोल्छिन् उनी, न गुनासो गर्छिन् कतैकति सुशील,कति ज्ञानी, आहा ! कस्तो राम्री रारा ।। छायाँनाथ धामको झल्को मेटिएझैँ हुन्छउन्लाई भेट्दा स्वर्ग पनि भेटिएझैँ हुन्छअप्सराले परिचित छिन् परी भन्छन् साराकति सुशील,कति ज्ञानी, आहा! कस्तो राम्री रारा ।। (सरोज खड्का रारा राष्ट्रिय निकुञ्जमा रेन्जर पदमा कार्यरत हुनुहुन्छ l वहाँ वन्यजन्तुको संरक्षण र फोटोग्राफीमा रुची राख्नु हुन्छ) पुरा पढौ

यो गिद्धले कहिल्यै पनि भनेको मान्ने भएन !

'यो गिद्धले कहिल्यै पनि भनेको मान्ने भएन l' उपरोक्त वाक्यमा प्रयोग भएको ‘गिद्ध’ शब्दले प्रकृतिका कुचीकार र  मांसाहारी चरालाई होइन, सधैँ मलाई इङ्गित गर्दथ्यो । त्यो मेरो हजुरबुवा (म उहाँलाई बा भन्छु) को थेगो हो l त्यो ‘गिद्धे’ शब्दको  हप्काइ खाएरै मेरो बाल्यकाल रामपुर, पाल्पामा बित्यो। कुरा के भने, म सानैदेखि अलि चञ्चल  र चकचके स्वभावको थिएँ । घरबाट भागेर बल खेल्ने , काली गण्डकीमा पौडिने, जङ्गलतिर गई अमारो, अमला, आँप खाने, घरकै बगैँचाको लिची, अम्बा, भूइँकटहर आदि चोरी साथीहरूसँग… पुरा पढौ

भ्यागुता खाने साथी, जसको जीवन सर्पले खायो

रातभर मुसलधारे पानी परिरहेको थियो, म त्यो रात अझै पनि सम्झन्छु। पानी पर्नासाथ मैलोले कट्कटिएको गन्जी खोलेर जस्ताबाट धारो हालेको पानीमा भिज्ने मेरो बानी थियो।माटो, हिलो खेलेर, माछा समातेर आएको सुगन्ध त्यो पानीले पखाल्थ्यो। यस्तो पानीमा नुहायो भने ढाडमा आएको घमौरा भाग्छ ममी भनेर घरको बरन्डा छाडेर चौरतिर दौडन्थें।पानी परे परेपछि रातभर घरपछाडिको घोलमा भ्यागुता ट्वार्र-टवार्र गरेर कराउँथे । त्यतिबेला यो कसरी कराएको होला भन्ने मेरो मनमा जिज्ञाशा हुन्थ्यो l अनि भोलिपल्ट उठेर म त्यही हेर्न पुग्थें । खेतको आलीमा,… पुरा पढौ

गिद्धहरूको देश ..

गिद्धहरूको देशमा दसैँ आएको छपटाङ्गिनीबाटमरिरहेका लास हेर्दैबच्चाहरू र्‍याल काढी रहेका छन् ।पख नआत्तिऊहाम्रो पनि धर्म हुन्छयिनीहरू मर्न देऊहिजोका लासहरूडिफ्रिजबाट झिकेर फिल्म हेर्दै लुछ्दै गर ।गिद्धहरूको राजा छानिँदै छपापा बैठकबाट फर्किञ्जेलताजा सिनोहरूको पहाड लाग्नेछचिताका धुवाँहरूको हिमाल हेर्दैलुछ्दै गरौँला । (बिश्व सिग्देल राजनैतिक विश्लेषक तथा सामाजिक अभियन्ता हुन्) पुरा पढौ

चौतारो प्रेम र डोजर

कुनै समय यो चौतारोमन्दिर थियो, मैदान थियोप्रतीक्षालाय थियो, प्रेक्षालय थियो।यहाँ हरेक बिहानपूजा अर्चना गर्नेका भीड हुन्थे,हरेक दिन बाल्यकालको स्मृतिमाबुढेसकालका गफहरु चलिरहन्थे,हरेक साँझ केटाकेटीहरुलुकामारी खेलिरहन्थे,हरेक रात चराहरुआश्रय लिइरहन्थे। बटुवाहरु यहि बाटो हिँड्थे,भरियाहरु यहिँ भारी बिसाउँथे,परदेशिएका प्रेमीहरु यसैलाईदेउराली सम्झेरफर्की आउने वाचा गर्थे।तर आज समय उस्तै रहेन।श्रद्दालु भक्तजनहरु एक लाइक गरेरफेसबुकमै भगवानको दर्शन गर्न थालेका छन्केटाकेटीहरु बिस्तारा मै सुतेरबम र बारुदका खेलहरु खेल्नथालेका छन्,आज बटुवाले पनि बाटो बिर्सिसके,ती अमर प्रेमिका वाचा पनिधेरै बाँच्न सकेनन्।त्यसैले होला सायदआजभोलि कताकता सुन्दैछुयहाँ अब छिट्टै नगरपालिकालेडोजर लगाउँदै छ… पुरा पढौ