कुनै समय यो चौतारोमन्दिर थियो, मैदान थियोप्रतीक्षालाय थियो, प्रेक्षालय थियो।यहाँ हरेक बिहानपूजा अर्चना गर्नेका भीड हुन्थे,हरेक दिन बाल्यकालको स्मृतिमाबुढेसकालका गफहरु चलिरहन्थे,हरेक साँझ केटाकेटीहरुलुकामारी खेलिरहन्थे,हरेक रात चराहरुआश्रय लिइरहन्थे। बटुवाहरु यहि बाटो हिँड्थे,भरियाहरु यहिँ भारी बिसाउँथे,परदेशिएका प्रेमीहरु यसैलाईदेउराली सम्झेरफर्की आउने वाचा गर्थे।तर आज समय उस्तै रहेन।श्रद्दालु भक्तजनहरु एक लाइक गरेरफेसबुकमै भगवानको दर्शन गर्न थालेका छन्केटाकेटीहरु बिस्तारा मै सुतेरबम र बारुदका खेलहरु खेल्नथालेका छन्,आज बटुवाले पनि बाटो बिर्सिसके,ती अमर प्रेमिका वाचा पनिधेरै बाँच्न सकेनन्।त्यसैले होला सायदआजभोलि कताकता सुन्दैछुयहाँ अब छिट्टै नगरपालिकालेडोजर लगाउँदै छ…
पुरा पढौ