साहित्य

चौतारो प्रेम र डोजर

कुनै समय यो चौतारोमन्दिर थियो, मैदान थियोप्रतीक्षालाय थियो, प्रेक्षालय थियो।यहाँ हरेक बिहानपूजा अर्चना गर्नेका भीड हुन्थे,हरेक दिन बाल्यकालको स्मृतिमाबुढेसकालका गफहरु चलिरहन्थे,हरेक साँझ केटाकेटीहरुलुकामारी खेलिरहन्थे,हरेक रात चराहरुआश्रय लिइरहन्थे। बटुवाहरु यहि बाटो हिँड्थे,भरियाहरु यहिँ भारी बिसाउँथे,परदेशिएका प्रेमीहरु यसैलाईदेउराली सम्झेरफर्की आउने वाचा गर्थे।तर आज समय उस्तै रहेन।श्रद्दालु भक्तजनहरु एक लाइक गरेरफेसबुकमै भगवानको दर्शन गर्न थालेका छन्केटाकेटीहरु बिस्तारा मै सुतेरबम र बारुदका खेलहरु खेल्नथालेका छन्,आज बटुवाले पनि बाटो बिर्सिसके,ती अमर प्रेमिका वाचा पनिधेरै बाँच्न सकेनन्।त्यसैले होला सायदआजभोलि कताकता सुन्दैछुयहाँ अब छिट्टै नगरपालिकालेडोजर लगाउँदै छ… पुरा पढौ

म कसरी लाटोकोसेरो ?

म कसरी लाटोकोसेरो ?जब तपाई अँध्यारोमा छामछुम गरिरहेका हुन्छौम प्रस्ट देखिरहेको हुन्छुम कसरी लाटोकोसेरो ? जब अँध्यारो बढ्दै जान्छम देख्छुअचम्मका दृश्यनेताको झन्डावाल पजेरोप्रवेश गरेको –न्यायधिशको निवासमार व्यापारीको बङ्गलामाम उड्दै झ्यालबाट नियाल्छुर देख्छुदशकौँपछि भेटिएका सहपाठीझैँअङ्कमाल गरिरहेकाकानेखुसीमा बात मारेकाफाइलका ठेलीमा हेर्दै निधार खुम्च्याएकासाथै देख्छुचियर्स गर्दैर दोबारेर सुटुक्ककोटको गोजीमा चेक घुसारेका त्यसो तथुप्रै पटकतारे होटेलबाटमात्तिएर ढुन्मुनिदै निस्केको पनि देखिन्छ तपाईँको नेतातपाई त आदर्श नै मानेरउनैको फोटो टाँगेर कोठामाउनको एक शब्दमा बलिदान हुन तैयार हुनेछु भन्छौउनकै कारण हामीजस्ता श्रमजीवीको सपना जिउँदा छन् भन्छौँनारायण नारायणअब… पुरा पढौ

तीन मुक्तक

evolution
चोक चोकमा चाँप बनाएरउस्तै रँग र नाप बनाएरए मुर्ख ! भोक मेटिँदैन तिम्रोप्लास्टिकका आँप बनाएर वन डढेको डढ्यै छकोरोना बढेको बढ्यै छभेन्टिलेटर कहाँ छ हजुरप्रकृति मरेको मर्‍यै छ उल्लुहरू मुर्ख हुँदैनन्गिद्धहरू दुष्ट हुँदैनन्मान्छे हो असन्तुष्ट सधैँप्रकृतिका स्वार्थ हुँदैनन् (अमृत पौडेल, वातावरण संरक्षण विषयमा जर्मनमा स्नातकोत्तर गरिरहेका छन् l उनी वन, वन्यजन्तुको अनुसन्धान र संरक्षणमा रुचि राख्छन् ) पुरा पढौ

धिक्कार छ तिमीहरूलाई !

कालो छाते टोपीआँखामा चस्माहातमा कलम बोकेरकुनै दिन हाम्रा सन्तान डार्विन बन्न निस्कने छन्किन भने उनीहरू बसिरहेको पृथ्वीहामी बसे जस्तो हुने छैनउनीहरूले लगाउनु पर्नेछ अक्सिजन मास्करपिठ्युँमा बोक्नु पर्ने छ सिलिन्डरत्यस दिन उनीहरू सँग हुने छन् अनेक प्रश्नहरूजस्तो कि,पहाडको छाती फोडेर मेरा बा कता जान निस्केका थिए ?जङ्गलमा लगाएर आगो कसलाई बेचेका थिए खरानी ?उनीहरूले पक्कै सोध्ने छन्हाम्रा पुर्खाले बनका साल काटेरकिन स्याहार गरेका थिए गमलाको गुलाफ ?त्यो बेला उनीहरूले पक्कै भेटाउने छन्आलमारीमा राखिएको सर्पको छालाले बनेको बेल्टभित्तामा टाँगिएको बाघको छालाअनि पक्कै… पुरा पढौ

महारानी उपन्यासका लेखक बानियाँलाई मदन पुरस्कार हस्तान्तरण

मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कार लेखक चन्द्रप्रकाश बानियाँलाई पाेखरामा शनिबार हस्तान्तरण गरेको छ । महारानी उपन्यासका लागि लेखक बानियाँलाई पुरस्कृत गरिएकाे हाे । लेखक बानियाँ ७ वर्ष देखि पोखरामा बस्दै आएका छन् । कोरोना भाइरस रोग कोभिड १९ का कारण पुरस्कार निर्धारित समय अर्थात दसैं घटस्थापनामा अर्पण हुन सकेको थिएन । गुठीका अध्यक्ष कुन्द दीक्षितले लेखक बानियाँलाई आरती गर्दै ताम्रपत्र अर्पण गरेका थिए । बानियाँले स्वास्थ्यका कारण काठमाडौं पुग्न असमर्थता देखाएपछि गुठीले पोखरामै पुरस्कार अर्पणको निर्णय गरेका दीक्षितले सुनाए… पुरा पढौ