
मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कार लेखक चन्द्रप्रकाश बानियाँलाई पाेखरामा शनिबार हस्तान्तरण गरेको छ । महारानी उपन्यासका लागि लेखक बानियाँलाई पुरस्कृत गरिएकाे हाे । लेखक बानियाँ ७ वर्ष देखि पोखरामा बस्दै आएका छन् ।

कोरोना भाइरस रोग कोभिड १९ का कारण पुरस्कार निर्धारित समय अर्थात दसैं घटस्थापनामा अर्पण हुन सकेको थिएन । गुठीका अध्यक्ष कुन्द दीक्षितले लेखक बानियाँलाई आरती गर्दै ताम्रपत्र अर्पण गरेका थिए । बानियाँले स्वास्थ्यका कारण काठमाडौं पुग्न असमर्थता देखाएपछि गुठीले पोखरामै पुरस्कार अर्पणको निर्णय गरेका दीक्षितले सुनाए । गुठीले प्रदान गरेको जगदम्बा श्री सम्मान पनि शनिबार नै भारत सिलगुढीमै पुगेर शान्ति ठटाललाई अर्पण गरिएको उनले सुनाए ।
‘कोरोना भाइरसले गुन लगायो । मलाई पुरस्कार दिन पोखरा आउनुहुन्छ भन्ने थाहा पाएको भए त म बेनी नै आउनुस् भन्थें नि ! पोखरा किन भन्थें ?’ बानियाँले भने । म्याग्दीको बेनी नगरपालिकाका स्थायी बासिन्दा बानियाँ केही वर्षयता भने पोखरा बस्दै आएका छन् । उनले लेखेको उपन्यास पर्वत राज्यको इतिहास सम्बन्धी हो । बानियाँले उपन्यास पनि पोखरामै बसेर लेखेको सुनाए । महारानीबाहेक बानियाँका भौंज्याहासहित ४ वटा कृति प्रकाशित छन् ।
गुठीका अध्यक्ष कुन्द दीक्षितले लेखककै सहरमा पुरस्कार अर्पण गर्न पाएकोमा खुसी प्रकट गरे । पोखराका कवि तीर्थ श्रेष्ठले कार्यक्रमका लागि विद्वत प्रवचन प्रेषित गरेका थिए । पत्रकार अमृत सुवेदीले उनको प्रवचन बाचन गरेर सुनाए ।
यसअघि पोखराका सरुभक्तले २०४८ सालमा पागल बस्तीका लागि मदन पुरस्कर जितेका थिए । ‘मंगली कुसुम’ कीर्तिका लागि पोखराकै धर्मराज थापाले २०२५ सालम उक्त पुरस्कार पाएका थिए भने सबैभन्दा पहिला मदन पुरस्कार पाउने पोखरेली लेखक मुकुन्दशरण उपाध्याय हुन् । उनको कृति प्राकृत पोखरा २०२१ सालमा पुरस्कत भएको थियो । गण्डकी प्रदेशबाट मदन पुरस्कार पाउने बानिया चौंथो लेखक हुन्।




यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…