साहित्य

पोखरामा 1974 AD व्याण्डले लाइभ कन्सर्ट गर्दै

पोखरा : नेपाली रक ब्याण्ड 1974 AD व्याण्डले पोखरामा लाइभ कन्सर्ट गर्ने भएको छ ।  पोखराको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा मंसिर २३ गते लाइभ कन्सर्ट गर्ने भएको हो । कन्सर्टमा नयाँ तथा पुराना गीत सुनाउँदै व्याण्डले चिसो मौसममा संगितको माध्यमबाट न्यानो माहोल तयार गर्ने भएको छ ।   पोखरामा ज्ञढठद्ध ब्म् को लाइभ कन्सर्ट हुने भएपछि फ्यान उत्साहित भएछन् । व्याण्डमा एड्रियन प्रधान, सञ्जय श्रेष्ठ, फिरोज स्याङदेन, निराकार याक्यथुम्बा र मनोजकुमार केसी रहेका छन् । यो व्याण्ड १९९० को प्रारम्भमा… पुरा पढौ

गण्डकी प्रज्ञा उत्सव : साहित्य कला क्षेत्रका पाँच जना सम्मानित

गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जना व्यक्ति सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित गण्डकी प्रज्ञा उत्सवको अन्तिम दिन शनिबार साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समर्पण गरिएको हो । जस अनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट… पुरा पढौ

संरक्षण कविता : सायद यतै कतै थियो टेथिस सागर

सायद यतै कतै थियो टेथिस सागर म त्यसैको कोखबाट जन्मिएँ कोख किंवदन्ती बन्यो म अझै छु जीवन्त तर छु हुँडारहरुबीचको सिकार जस्तोलाखौं वर्ष खोँचहरु काटेर तिम्रा अहमका पहाडहरु ताछेर म बगिरहेछु कहीँ गर्जन गर्जन कहीँ शान्त सुललित प्रवाह म बगिरहेछु मैले आफै बनाएको हुँ मेरा किनारहरु विशाल-विशाल फाँटहरु हजारौं वर्ष ननिदाएर परिश्रमको गीत गाएर बगाउँदै हिँडेको हुँ शालिग्राम र शिलाहरुसाधनाको उत्कर्षमा पुगेकाहरुको पाउ धोएको पनि हो तिनका अनन्त तिर्खा मेटेको पनि हो म कालीगण्डकी कालको सीमा अतिक्रमण गरेर बगेको छु… पुरा पढौ

ओ कालीगण्डकी

सृष्टिको उद्भव र निरन्तरताको ब्रह्मसूत्र आफूभित्र समाहित गरेरपवित्रताको अमृतमय सुवास छर्दै गतिशीलताका औंलाहरुलेछङछङ र कलकलको अनुपम संगीत भर्दै बगिरहेकी प्रिय कालीगण्डकी तिम्रै पानीका थोपाहरुसँग मेरा आँसुले लिएका हुन् रङको सापटी ओ प्रिय कालीगण्डकी तिम्रा तिनै गहिरा छालहरुबाटैसिकेर जिन्दगीको दर्शनशास्त्र मेरा खुसीहरुले हालेका हुन् पखेटा तिमीले सिँचेर नै हराभरा भएको हो यो प्रकृतिको भूगोल चराहरुले गाइरहेका हुन् हर्षको चिरबिरर जलचरहरुले हानेका हुन् तृप्तिको बाँकटे तिम्रै बुई चढेर मुक्तिनाथ पुगीमैले देखेको हुँ परम मोक्षको सपना कागबेनीको किनारमा सुस्ताउँदैफेरेको हो मैले शान्तिको श्वासतिम्रै… पुरा पढौ

पाेखराकाे फेवाताल किनारमा छठ पर्व

दसैं र तिहार पर्व नेपालीले मनाए संगै अर्को पर्व छठ सुरु भएको छ । सोमबारदेखि छठ पर्व सुरु भएको हो । सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने, सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा छठ पर्वलाई लिइन्छ । तराईमा धुमधामका साथ छठ पर्व मनाइन्छ । कात्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइने छठ पर्वको पहिलो दिनलाई ‘नहाए खाएके दिन’ पनि भन्ने गरिन्छ । छठको पहिलो दिन छठका व्रतादुहरुले खोला, नाला, नदी, पोखरी, तलाउलगायतका जलाशयमा नुहाइधुवाइ गरेर शुद्ध भइ लसुन,… पुरा पढौ

उज्यालो पर्व तिहारमा झिलीमिली पोखरा

चरा, वन्यजन्तुलाई संरक्षण गर्न सन्देश दिने नेपालीको दोस्रो ठूलो पर्व तिहार प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुन्छ । तिहारमा दिदी – भाई, दाजु–बहिनी बिच एक अर्काको जीवन स्वस्थ्य र दिर्घायुको कामना गरि मनाउने पर्व हो ।   तिहार पर्व झिलीमिलीको चाड पनि हो । तिहारका अवसरमा एक हप्ता अघिदेखि नै पर्यटकीय राजधानी पोखराका बजारमा थरीथरीका बत्ती बाल्न सुरु हुन्छ । साँझ परेलगत्तै बालिने थरीथरीका बत्तीको उज्यालोले पोखराको सुन्दरता थप सुन्दरता देखिन्छ ।  पोखराको न्यूरोड, पृथ्वीचोक, महेन्द्रपुल, लेकसाईड तिहारमा अझै बढी… पुरा पढौ

तिब्बती शरणार्थीको यथार्थ तस्बिर हो ‘दुङाल’

आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको सभा हलमा आज भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उपन्यास दुङालले उठान गरेको विषयबस्तुमाथि छलफल गर्नुभएको थियो।  कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त मोहना अन्सारीले लेखकले उपन्यास भित्रका पात्रहरूलाई न्याय गरेको बताउनुभयो । उहाँले हरेक व्यक्तिलाई आफ्नो भूमि, भाषा, संस्कृतिको माया हुने भन्दै यस उपन्यासले तिब्बती शरणार्थीको मुद्दालाई उठान गरेको बनाउनुभयो।  नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले नेपालले तिब्बती शरणार्थीका बारेमा बिर्सिसकेको भन्दै यस उपन्यासले तिब्बतीको समस्या… पुरा पढौ

मेरो एकान्तको साथी कोचलगाँडे

म हिजो आज एकान्त प्रेमी भएको छु। तर एकान्त मन पर्दछ भनेर भिडदेखि भाग्न खोजेको चाहिँ होइन है। म भिड पनि मन पराउँदछु। तर किन हो कुन्नि भिडमा पनि म एक्लो महसुस गर्दछु। हिजोआज एकान्त हुँदाको क्षणमा मेरा साथीहरू धेरै बनेका छन्। प्रकृति नै मेरो साथीहरू हुन् । तर पनि मेरो खास साथी चाहिँ कोचलगाँडे बनेको छ। कोचलगाँडे यानेकी लाटोकोसेरो। सानो आकारको लाटोकोसेरो । मानिसले खिसिट्युरी गर्ने प्रजाति पनि हो यो l   अङ्ग्रेजीमा यसलाई Spotted owlet भनिन्छ। ल्याटिन भाषामा Athene… पुरा पढौ

सम्पन्नताकी देवीको पूजा आरधाना गरी यस वर्षको दसैं सकियाे

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने काजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधाना गरी रातभर जाग्राम बसेर मनाइँदै छ । दसैं आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएर कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसेपछि समापन हुन्छ । कोजाग्रत पूर्णिमाको दिन पोखराको फेवातालको बिचमा रहेको तालबाराही मन्दिरमा पूजा गर्नेको भिड नै लाग्दछ । फेवाताल किनार बाराहीघाटमा प्रत्येक वर्ष पूर्णिमाको दिन मेला लाग्ने गर्दछ । मेला लाग्ने भएपछि व्यवसायीहरु विभिन्न सामाग्री लिएर व्यापार गर्न पुग्ने गर्दछन् । कोभिडको कारण यस वर्ष भने… पुरा पढौ

टीकाको साइत शुक्रबार १० बजेर २ मिनेटमा

नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको उत्तम साइत सार्वजनिक गर्दै असोज २९ गते शुक्रबार बिहान १० बजे र २ मिनेटमा परेको जनाएको छ । पञ्चांग निर्णायक समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दर्गाभवानीको प्रसाद लगाउन सकिन्छ । बिहीबार मानवमी पर्व मनाइन्छ । वियजादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाको दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने साइत रहेको बताइएको छ । पुरा पढौ